Presidential

भ्रष्टाचारमा शून्य सहनशीलताको बाटोमा सेना


भ्रष्टाचारमा शून्य सहनशीलताको बाटोमा सेना

काठमाडौं, २५ भदौ । नेपाली सेनालाई भ्रष्टाचार मुक्त र संगठनलाई अझै विश्वसनीय बनाउन भन्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक इतिहासमै पहिलोपटक सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । प्रधानसेनापति थापाले कार्यभार सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार जंगीअड्डाबाट सकल दर्जालाई सम्बोधन गर्दै नेपाली सेनाको वेबसाइटमार्फत सम्पत्ति सार्वजनिक गरेको घोषणा गरेका हुन् ।

‘मैले आजैका मितिमा वेबसाइटमार्फत सम्पत्ति विवरण सार्वजनिक गरेको छु, सेनाभित्र सुधार र परिवर्तन ल्याउन यो कदम चालिएको हो,’ प्रधानसेनापति थापाले सम्बोधनका क्रममा भने । प्रधानसेनापति भएलगत्तै सेनाभित्रका विकृति सुधार गर्ने योजनाअनुसार ‘प्रधानसेनापति मार्ग निर्देशन कमान्ड २०७५’ लागू गरेका थापाले सेनाभित्रको क्यान्सरलाई आफ्नो कार्यकालमा निको पारेरै छाड्ने प्रतिबद्धतासमेत जनाए ।

‘सेनाप्रति आमनागरिकको विश्वास र भरोसा छ, मैले त्यो भरोसालाई अझ उच्च बनाउन आफ्नो कार्यकालमा सेनाभित्रको क्यान्सरलाई निको पारेर त्यो लक्ष्य पूरा गरेर निस्कन्छु,’ प्रधानसेनापति थापाले भने ।
थापाले सेनामा आबद्ध अधिकृत तथा रथीवृन्दहरूले समेत आफूले चाहेमा सम्पत्ति विवरण सार्वजनिक गर्न सक्ने जनाए । थापाले सेनाभित्र भ्रष्टाचार छानबिन नहुने अनियमितता हुन्छ भन्ने आरोप लाग्ने गरेकाले त्यस्ता आरोप लाग्न नदिन अब छानबिनको सुरुवात हुने जनाए ।

प्रधानसेनापतिद्वारा पहिलोपटक सम्पत्ति सार्वजनिक
सेनामा व्याप्त ‘क्यान्सर’ निको पार्ने अठोट

उनले गलत प्रवृत्तिलाई भत्काउन ढिला गर्दा पछि परिने भन्दै आफूले गरेका काम हिरो बन्न नभएको र अझै कहीँ कतै कमजोरी भए सबै तहका सैनिकलाई औंल्याइदिन पनि आग्रह गरे ।

प्रधानसेनापति थापाले नेपाली सेनामा गरिएको सर्वेक्षणबाट आफूले एक वर्षको अवधिमा गरेको काम ७० प्रतिशत बढी सफल
भएको दाबी गरे । शान्ति सेनाको कोटाबारे आफूले चालेको कदम चुनौतीपूर्ण भएको तर सेनामा घट्दो आकर्षणलाई आफ्नो सो कदमले फाइदा पुगेको उनले जनाए ।

प्रधानसेनापतिको सम्पत्ति कति ?

प्रधानसेनापति थापाले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार थापाको काठमाडौं महानगरपालिका–२६ मा घर छ भने काठमाडौं, नवलपरासी र लमजुङमा केही पैतृक र केही आफूलेकिनेका जग्गा छन् । यस्तै, ५५ तोला सुन, ५९० तोला चाँदी, करिब १० लाख रूपैयाँको हार, नेपाल इन्भेस्टमेन्ट बैंकको खातामा २३ लाख नगद, ग्लोबल आईएमई बैंकको खातामा ४२ हजार र श्रीमतीको नाममा ५० हजार नगद रहेको उनको सम्पत्ति विवरणमा उल्लेख छ । यस्तै, श्रीमती र छोरीको नाममा ४३ लाखबराबरको सेयर रहेको विवरणमा देखाइएको छ ।
यस्ता छन्, थापाले गरेका महइभ्वपूर्ण कार्य

प्रधानसेनापति थापाले आफ्नो एक वर्षे कार्यकालमा संगठनको समस्याका रूपमा रहेको भर्ना प्रक्रियामा भनसुनको अन्त्य भएको तथा पारदर्शी पारिएको, रासनमा हुने विभेदको अन्त्य गरिएको र राष्ट्रिय सुरक्षा नीति पारित भएको जानकारी दिए ।त्यस्तै, सेनाका हरेक युनिटहरूलाई पेपरलेस बनाइएको, आर्थिक अनुशासनमा कडाइ गरिएको, घरकाज, अपारदर्शी खर्च,
कमसल भौतिक संरचनाका साथै सेनाको चरित्रहरण गनै विषयमा समते आफलू ेराके के ो थापाले दाबी गरे । संगठनका लागि आफू अझ कठोर हुने पनि उनले बताए । ‘अरूले गरेको गल्ती, कमजोरी वा अनैतिक लाभको पापको भारी मैले किन
बोक्ने रु एकाध व्यक्तिले गरेको अपराधका कारण सेनाको प्रतिष्ठामा आँच आउन किन दिने रु एकाध व्यक्तिका कारण संगठन किन बदनाम हुने ?’ उनले प्रश्न गरे ।

‘केही समय अझै अनिश्चिितता’

प्रधानसेनापति थापाले छिमेकी राष्ट्रहरूको उन्नतितर्फको यात्रा र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय परिदृश्यका कारण आगामी केही समय नेपालमा अझै अनिश्चितताको अवस्था रहिरहने संकेत गरे । उनले अन्तर्राष्ट्रिय परिस्थिति जे–जस्तो भए पनि आन्तरिक राजनीतिक परिवेश, विकासको आवश्यकता र सम्भावनाका कारण नेपाल समृद्ध हुनेमा भने आशा व्यक्त गरे । त्यसका लागि विश्वसनीय आन्तरिक सुरक्षा व्यवस्था र प्रतिरक्षा प्रणाली हुनुपर्ने उनले बताए ।‘सृमद्ध नेपाल सुखी नेपालीको परिकल्पना विश्वसनीय प्रतिरक्षा प्रणाली र आन्तरिक सुरक्षा व्यवस्थाबिना म सम्भव देख्दिनँ,’ सम्बोधनकै क्रममा थापाले भने । सेना मजबुत भए राष्ट्र पनि मजबुत हुने भन्दै उनले सेना कमजोर भए राष्ट्र पनिकमजोर हुने बताए । यसका लागि बाह्य प्रभावबाट हरेक तप्का सतर्क रहनुपर्ने उनलेजनाएका हुन् ।

समस्याको प्रकृतिबमोजिम आन्तरिक सुरक्षा चुनौतीका विषयलाई सम्बोधन गर्न सरकारले लिएको नीति सफल भएको भन्दै उनले संक्रमणकालका केही अवशेष बाँकी रहेकाले त्यसको व्यवस्थापनमा समेत सेना बाधक नहुने र व्यवस्थापनमा सरकारलाई सेनाले सघाउने जनाए । यद्यपि, संक्रमणकाल पार गर्ने क्रममा बढ्दो जनआकांक्षा र अन्योलले सुरक्षा चुनौती थपिन सक्ने यथार्थलाई भने सेनाले सतर्क भएर हेर्ने प्रधानसेनापति थापाले बताएका छन् ।(राजधानी दैनिकबाट)

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार