Presidential

नेवानि सुधार गर्न समितिले बुझायो १३ बुँदे प्रतिवेदन,पब्लिक लिमिटेड मा जान सुझाव


नेवानि सुधार गर्न समितिले बुझायो १३ बुँदे प्रतिवेदन,पब्लिक लिमिटेड मा जान सुझाव

काठमाडौं, १ असोज । नेपाल वायुसेवा निगमको अवस्था सुधारका लागि गठित समितिले निगम सुधारका लागि १३ बुुँदे प्रतिवेदन बुझाएको छ ।

समितिले बुधबार सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई निगम सुधारका लागि सुझाव प्रतिवेदन बुझाएको हो ।

पूर्व सचिव सुशील घिमिरे नेतृत्वको पाँच सदस्यीय समितिले तयार पारेको प्रतिवेदन बुझ्दै मन्त्री भटराईले समितिको प्रतिवेदन अधययन गरेर तत्काल कार्यान्वयनमा लैजाने प्रतिवद्धता जनाएका छन् ।

प्रतिवेदनमा निगम आर्थिक रुपमा धरासायी भएकाले पब्लिक लिमिटेडमा लैजान सुझाव दिइएको छ । जसमा सरकार र पब्लिकको समेत लगानी हुनेछ ।

त्यस्तै प्रतिवेदनमा निगमले प्रतिष्पर्धा गर्न नसक्नुमा आर्थिक रुपमा कमजोर हुनुका साथै वित्त व्यवस्थापन प्रणाली कमजोर बनेको, वित्तीय संरचनामा परिवर्तन जरुरी रहेको, ऋण महंगो व्याज दरमा लिएको, व्यवस्थापकीय पुनर्संरचना आवाश्यक देखिएको, संस्थागत पुर्नसंरचनामा विमान उडान तथा व्यवस्थापनमा कमजोर देखिएकोलगायत सुझाव छन् ।

त्यस्तै निगमसँग थरिथरिका विमान भएकाले मर्मत लगायतमा खर्च बढेको, जहाजसंख्या थोरै भएको, भएका जहाज पनि अधिकांश ग्राउण्डेड हुने गरेको, निगमका ६ वटा जहाजबाट मात्रै गत आर्थिक बर्षमा ९१ करोड रुपैयाँ घाटा व्यहारेको उल्लेख छ ।

प्रतिवेदन बुझ्दै मन्त्री भट्टराइले प्रतिवेदन मनत्रालयको वेभसाइडमा राखेर त्यसमा सर्वसाधारण र अन्य विज्ञको समेत सुझावलाई ध्यानमा राखेर कार्यन्वयनमा जाने बताएका छन् । मन्त्री भट्टराइले पर्यटन मन्त्रालय सम्हालेको पहिलो साता नै निगम सुर्धान सुझाव दिन पाँच सदस्यीय समिति गठन गरेका थिए ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार