Presidential

आलमले पोलिग्राफ टेस्ट गर्न मानेनन्


आलमले पोलिग्राफ टेस्ट गर्न मानेनन्

काठमाडौं, ५ कार्तिक । बम विष्फोटका घाइतेहरुलाई उपचारको सट्टा ज्यूँदै इँटाभट्टामा जलाएर मारेको आरेपमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद मोहम्मद अफताब आलमले पोलीग्राफ (साँचो वा झुटो बोलेको) परीक्षण गर्न अस्वीकार गरेका छन् ।

आफूहरुले पोलिग्राफ परीक्षणका लागि आलमको समहति खोजेको भए पनि उनी नमानेको प्रहरी स्रोतले जानकारी दिएको छ । पोलिग्राफले कुनै पनि घटनाका विषयमा साँचो वा झुटो के बोले भन्ने पत्ता लगाउने गर्छ । आलमको सरकारी वकिल समक्षको बयान सकिएको छ । बयानका क्रममा उनले १२ वर्ष अगाडि घटेको सो घटना घट्दै नघटेको बताएका छन् ।

यसक्रममा सोधिएका सबै प्रश्नमा आलमले इन्कारी बयान दिंदै आफूले घटनामा मारिएका र जाहेरीवालाहरूलाई चिन्दै नचिन्ने बताएको प्रहरी स्रोतले जानकारी दिएको छ । तर, प्रहरी समक्ष संकलन भइरहेका विवरण, घटनाका पीडितहरुको बयान र प्रमाण कागजातका कारण उक्त घटनामा आलमको संलग्नता देखिएको छ ।

यसैबीच रौतहटका पीडितहरुमा भने कतै आम छुट्ने पो हुन् कि भन्ने चिन्ता बढेको छ । उनीहरुले यस पटक पनि आफूहरुले न्याय नपाए आफूहरु अझ असुरक्षित हुने बताइरहेका छन् ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार