Presidential

युवाले आफ्नो क्षमता अनुरुपको रोजगारी देशभित्रै पाउनुपर्छः उपराष्ट्रपति पुन

युवाले आफ्नो क्षमता अनुरुपको रोजगारी देशभित्रै पाउनुपर्छः उपराष्ट्रपति पुन

१५ साउन । उप–राष्ट्रपति नन्दबहादुर पुनले सबै युवाले आफ्नो क्षमता अनुरुपको रोजगारी देशभित्रै पाउनु पर्नेमा जोड दिएका छन् ।

शनिबार प्रेसिडेन्सियल विजनेश स्कुलले आयोजना गरेको दिक्षान्त समारोहमा सम्बोधन गर्दै उपराष्ट्रपति पुनले यस्तो जोड दिएका हुन् । ‘म आशावादी छु र विश्वस्त छु, आज दिक्षित सबै युवा साथीहरुले आफ्नो क्षमता बमोजिम देशभित्रै रोजगारी पाउनुहुने छ,’ उनले भने, ‘सम्भव छ – हामीमा देशभित्रै केही गर्छु भन्ने सकारात्मक सोंच हुनुपर्दछ ।’

उनले राज्यले मेरा लागि केही गरेन, देशले मलाई केही दिएन भन्ने नकारात्मक मनोभावनालाई त्याग्दै देशका लागि मैले के गरेँ भन्ने सकारात्मक सोँचका साथ काम गर्न पनि उत्प्रेरणा दिए ।

‘हामीले संविधानसभाबाट संविधान जारी गरेर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्ययमबाट नेपाललाई संमृद्धिको दिशामा अगाडि बढाउने बाटो रोजेका छौँ,’ उनले भने, ‘संविधानको कार्यान्वयन, प्रदेशहरुको कार्यान्वयनसँगै रोजगारीका थुप्रै ढोकाहरु इहि खुल्नेछन् । हाम्रो संमृद्धिको लक्ष्य पूरा गर्न तपाईं जस्तै क्षमता र प्रतिभावान जनशक्तिको हामीलाई खाँचो छ ।’

उनले संमृद्धिको यात्रासँगै रोजगारीका असंख्य अवसरहरु खुला हुने भन्दै प्राप्त गरेको प्रमाणपत्र बाकसमा थन्काएर वैदेशिक रोजगारीमा नजान सुझाव दिए । ‘संमृद्ध नेपाल निर्माणमा हातेमालो गर्दै अगाडि बढ्नुपर्छ,’ उनले भने, ‘तपाईंहरुजस्ता ज्ञान, सीप, क्षमता भएका जोशिला युवाहरुले नै हो संमृद्ध नेपाल बनाउने ।’ उनले भौगलिक अखण्डता, राष्ट्रिय स्वाधिनता, नेपाली जनताको स्वतन्त्रताको रक्षा गर्दै राष्ट्रिय एकता कायम गर्ने कुरामा पनि अघि बढ्न सुझाव दिए ।

समारोहमा मध्यपश्चिामाञ्चल विश्व विद्यालयका उप–कुलपति प्रा. डा. उपेन्द्र कोइराला, विजनेश स्कुलका कार्यकारी निर्देशक लक्ष्मण के.सी. लगायतले पनि महत्वपूर्ण विचारहरु राख्नुभएको थियो । उनीहरुले सम्पूर्ण विद्यार्थीहरुलाई स्वदेशका लागि केही गरौं भावनाको विकास गर्न प्रेरित गरे ।

दिक्षान्त समारोहमा यस विजनेश स्कुलबाट विविए तथा एमविए उपाधी प्राप्त गर्ने १ सय ४६ मध्ये उपस्थित १ सय ५ जना विद्यार्थीहरुलाई उप–राष्ट्रपति पुनले उपाधीको प्रमाण पत्रहरु प्रदान गरी दिक्षित गरेका थिए ।

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार