Presidential

तामाकोसी आयोजनाको बस दुर्घटनामा दुई जनाको मृत्यु, २३ जना घाईते


तामाकोसी आयोजनाको बस दुर्घटनामा दुई जनाको मृत्यु, २३ जना घाईते

दोलखा/दोलखाको बिगु गाँउपालिका वडा नम्बर १ नयाँबाटोमा शुक्रवार (आज) तामाकोसी आयोजनाको मजदुर ओसारपसार गर्ने बस दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ भने २३ जना घाईते भएका छन् ।
शुक्रवार (आज) विहान माथिल्लो तामाकोसी आयोजनाको ठेकेदार कम्पनि सिनो हाईड्रो प्रोजेक्टको कामदार बोकेको रोलवालिङ यातायातको बा ४ ख ४५७३ नम्बरको बस दुर्घटना हुदा सुर्खेत जिल्ला चौकुने गाँउपालिका वडा नम्बर ३ का ३८ बर्षिय दिनेश थापा र लम्जुङ जिल्ला मरस्याङदी गाँउपालिका वडा नम्बर ३ का ४४ बर्षिय हिराप्रसाद मिजार घाईते भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक बासुदेव पाठकले बताए ।
दुर्घटनामा २३ जना मजदुर घाईते भएको जिल्ला प्रहरी कार्यालय दोलखाका सुचना अधिकारी प्रहरी निरीक्षक प्रदीप महतले बताए । घाईते मध्य सात जनाको स्थानिय रोल्वालिङ अस्पतालमा उपचार भै रहेको र बाँकी घाईतेहरुको सदरमुकाम चरिकोटको प्रस्तावित चरिकोट अस्पताल र च्छोरोल्पा अस्पतालमा उपचार भै रहेको प्रहरीले जनाएको छ ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार