Presidential

कोरियामा दुर्घटनामा एक नेपालीको मृत्यु

कोरियामा दुर्घटनामा एक नेपालीको मृत्यु

१८ साउन । दक्षिण कोरियामा कार्यरत एक नेपालीको सवारी दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा पाल्पाका हेमन्त आचार्य रहेका छन् । यस्तै दुर्घटनामा परेर पाँचथर रानीटार–६ पौवा भन्ज्याङका ३० वर्षीय सुवास मुखिया गम्भीर घाइते भएका छन् ।

उनको अहिले खङ्वन्दो वन्जुसिकै खिदोक हस्पिटलमा उपचार भइरहेको त्यहाँबाट भीमराज चेम्जोङले जानकारी दिए ।

गत शुक्रबार कार दुर्घटना हुँदा आचार्यको घटनास्थलमै मृत्यु भएको र उनका साथी मुखिया गम्भीर घाइते भएको कुसुम बास्कोटाले जानकारी दिए । आचार्य भर्खरै मात्रै र मुखिया एक वर्ष अघि कोरिया पुगेका थिए । रासस

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार