Presidential

आज भारतको ७० औं स्वतन्त्रता दिवस, ओलीद्वारा हार्दिक शुभकामना


आज भारतको ७० औं स्वतन्त्रता दिवस, ओलीद्वारा हार्दिक शुभकामना

३१ साउन । आज छिमेकी भारतले ७० औँ स्वतन्त्रता दिवस मनाइरहेको छ । सन् १९४७ अगस्त १५ मा बेलायती उपनिवेशबाट मुक्त भएयता भारतले अगस्त १५ लाई स्वतन्त्रता दिवस मनाउँदै आएको छ ।

भारतको स्वतन्त्रता दिवसका अवसरमा निवर्तमान प्रधानमन्त्री तथा नेकपा –एमाले) का अध्यक्ष केपी शर्मा ओलीले हार्दिक शुभकामना तथा बधाई दिनुभएको छ । एक प्रेस विज्ञप्ति निकालेर ओलीले भन्नुभएको छ, ‘मित्रराष्ट्र गणतन्त्र भारतको ७० औं स्वतन्त्रता दिवसको अवसरमा हाम्रो पार्टी नेकपा एमालेको तर्फबाट म भारत सरकार र भारतीय जनतामा हार्दिक शुभकामना र बधाई व्यक्त गर्दछु । यस अवसरमा म नेपाल र भारतबीच शदियौंदेखि रहिआएको जनता —जनता र सरकार —सरकारबीचको सम्बन्ध आउँदा दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गर्दछु । हाम्रा दुई देशको लोकतन्त्रले निर्देशित गरेको नेपाल भारत सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुने विश्वास म यस अवसरमा व्यक्त गर्दछु ।’

ओलीको भनाइ छ, ‘१५ अगस्त सन् १९४७ मा भारतले प्राप्त गरेको स्वतन्त्रता विश्वभरिका मुक्तिकामी जनताका लागि प्रेरणाको स्रोत रहेको छ । स्वतन्त्रता पश्चातको भारतीय लोकतान्त्रिक व्यबस्थाप्रति हामी उच्च सम्मान व्यक्त गर्दछौँ ।’

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार