Presidential

शुदूर पश्चिमेली महिलालाई दर खुवाउने तयारीमा कलाकारहरु


शुदूर पश्चिमेली महिलालाई दर खुवाउने तयारीमा कलाकारहरु

बसन्त बिश्वकर्मा
१७ भदौ  । हिन्दु नेपाली महिलाहरुले मनाउने हरितालिका तीजको अवसरमा सध्यमा सुदूर पश्चिमका युवाहरु आफ्नो क्षेत्रका महिलाहरुलाइ दर खुवाउने भएका छन् । जन्मथलो सुदूरपश्चिम भएर कर्मथलो राजधानीलाइ बनाएका महिलाहरुलाई पहिलो पटक दर खुवाउने तयारी गरिएको आयोजकले बताएको छ ।

तीजको अवसरमा आयोजना गरिने यो कार्यक्रम शुदूर पश्मिमेली युवा तथा कलाकारहरुले पहिलो पटक मनाउन लागिएको हो । यसलाई धार्मिक आस्था भन्दा सदभाव साँटासाँट गर्नकालागि महत्वपुर्ण हुने संगितकार बिनोद बाजुरालीले बताए । उनले भने ‘ शुदूर पश्चिम राज्यको नजर बाट अहिले पनि टाढाछ हाम्रो क्षेत्रका काला संस्कृतिहरु लोप हुन थालेका छन् । त्यसैले यस्ता कार्यक्रमहरुले हाम्रो क्षेत्रमा कला सँस्कृतिलाई जगेर्ना गर्न सहयोग पुग्छ । ’

तीजलाई मध्यनजर गरिकार्यक्रम हुने भएपनि डेउडा, छलिया नाच, हुड्केली लागयतका शुदुर पश्चिमका मौलिक सँस्कृतिको प्रस्तुति प्रस्तुत गरिने डेउडा गायक सुर्य बिरही साँउदले बताए । साउदले भने ‘हरितालिका तिज भन्ने बित्तिकै रत्यौली तिहरु साउन्ड बक्समा बजाएर नाँच्नु मात्र हैन तिजलाइ अवसर बनाएर हाँमी हाम्रा मौलिक पहिचान काला संस्कृतिको जर्गेना पनि गर्न सक्छौँ । ’

भदौँ १८ गते आयोजना गरिने यस कार्यक्रममा माध्य तथा शुदूर पश्चिमका स्थानिय कलाकारहरुले आआफ्ना प्रस्तुतिहरु प्रस्तुत गर्ने भएका छन् । शुदूर पश्चिमेलीहरुको उल्यख्य सहभागिता रहने यस कार्यक्रमको संयोजन बसी बियालो म्यूजिक प्रालिले गर्ने भएको छ ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार