Presidential

माधव नेपाल स्वदेश फिर्ता

माधव नेपाल स्वदेश फिर्ता

१७ भदौ । दुई साता लामो भ्रमण सम्पन्न गरी नेकपा (एमाले) का बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल शुक्रबार स्वदेश फर्किएका छन् । चीन भ्रमणका क्रममा नेपालमा जन्मिएका गौतम बुद्धका बारेमा चीनका विभिन्न प्रान्तमा आयोजित कार्यक्रममा भाग लिनुका साथै बुद्धको जन्मस्थल लुम्बिनीका बारेमा प्रान्तीय सरकार, नगर र जनस्तरमा विविध कार्यक्रम सम्पन्न भएका छन् ।

इन्टरनेसनल बुद्धिस्ट सेन्टरको निमन्त्रणामा गत भदौ २ गते चीनको गोन्जाओ हुँदै चाङ्सा प्रान्त प्रस्थान गर्नुभएका पूर्वप्रधानमन्त्री नेपाल छङ्तु हुँदै भदौ १७ गते विहान नेपाल फर्किएका हुन् । साथमै गएकी पत्नी गायत्री नेपाल, स्वकीय सचिव मोहन गौतमलगायत भने तीन दिनअघि नै स्वदेश फर्किएका थिए ।

चीनमा रहँदा बरिष्ठ नेता नेपालले चीनले महत्वाकांक्षी योजनाका रुपमा अघि बढाएको वान बेल्ट, वान रोडसम्बन्धी कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

चाइना इन्टरनेसनल तेक्वान्दो ओपन च्याम्पियनसिपको उद्घाटन गर्नुका साथै पूर्वप्रधानमन्त्री नेपालले प्रमुख अतिथिका रुपमा सम्बोधन गरेका थिए । भ्रमणका क्रममा उनको टोली चीनको अन्तरिक्ष विकाससम्बन्धी सहरका रुपमा विकसित सियान पनि पुगेको थियो ।

पूर्वप्रधानमन्त्री नेपालले पहिलो नेपाल–चीन अन्तर्राष्ट्रिय साँस्कृतिक महोत्सवको उद्घाटन गर्नुका साथै महोत्सवका मार्सल आर्ट कला, स्थानिय संगीत कला, कलिला बच्चाहरुलाई बौद्ध पढाउने बौद्ध शिक्षा कक्षा, चित्रकला, प्रकाशन तथा उत्पादन कला जस्ता विषयहरुको अवलोकन पनि गरेका थिए ।

740 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार