Presidential

सरकारलाई राजदूत नियुक्तिको बाटो खुल्ला, पुरानाको माग खारेज


सरकारलाई राजदूत नियुक्तिको बाटो खुल्ला, पुरानाको माग खारेज

१९ भदौ । अघिल्लो सरकारले गरेको राजदूत नियुक्तिको सिफारिशलाई वर्तमान सरकारले उल्ट्याएपछि सर्वोच्च अदालत पुगेका सात जना आकांक्षीले आज निराश हुनुपरेको छ । यसअघि राजदूत नियुक्ति प्रक्रिया रोक्नू भनेको सर्वोच्च अदालतले आज आफ्नो त्यो आदेश खारेज गरेसँगै सरकारलाई राजदूत नियुक्त गर्न बाटो खुलेको छ ।

आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय गोपाल पराजुली र डा. आनन्दमोहन भट्टराईको इजलाशले सरकारलाई बाटो खुल्ला गरिदिएको हो । एमाले कोटाबाट नियुक्त युवराज कार्की, खड्गबहादुर केसी, शिवमाया तुम्बाहाम्फे र नारद भारद्वाजले सिफारिश भइसकेपछि सुनुवाइ हुने बेलामा सरकारले बदननियतपूर्वक नाम फिर्ता लिएको भन्दै सर्वोच्चमा रिट हालेका थिए । उनीहरुको माग अनुसार तत्काल अरुलाई नियुक्त गर्ने प्रक्रिया अघि नबढाउनू भन्ने आदेश भएपछि राप्रपा नेपालका तर्फबाट नियुक्त निरञ्जन थापा, खगेन्द्र बस्न्यात र भरत रायमाझीले पनि रिट निवेदन दिएका थिए ।

तर आइतबार सर्वोच्चले नयाँ सरकारलाई राजदूत नियुक्तिको सिफारिश गर्ने गरी उनीहरुको माग खारेज गरिदिएको छ । नयाँ सरकारले भारतका लागि दीपकुमार उपाध्याय र चीनका लागि लीलामणि पौडेललाई राजदूतमा सिफारिश गर्ने निर्णय गरेको छ । उनीहरुको नाम अब संसदीय सुनुवाइमा जाने क्रममा छ ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार