Presidential

‘प्रचण्डले रक्सी खाएर जथाभावी बोल्थे, अरुले त्यही सिकेर मलाई गाली गर्थे’

‘प्रचण्डले रक्सी खाएर जथाभावी बोल्थे, अरुले त्यही सिकेर मलाई गाली गर्थे’

कारबाही गरेर बन्दी बनाइएपछि पनि ‘बाबुराम भाग्न सक्छ अथवा दुस्मनले हेलिकप्टर लिएर लैजान सक्छ’ जस्ता ‘उटपट्याङ’ हल्ला चलाइयो । जनसेनालाई थप सतर्क गराइयो । ठाउँ–ठाउँमा पूरै चेक गर्न लगाइयो । बाबुरामलाई पीएलएभित्र माया गर्ने पनि थिए, उनीहरुले यस्ता सूचना दिन्थे ।

‘तपाईंको हतियार खोस्न भनेको छ हामीलाई, भाग्न सक्छ वा दुस्मन लिन आउन सक्छ, सतर्क हुनुपर्छ भनेका छन्’ भन्दै जनमुक्ति सेनाका केही लडाकूले सुनाएपछि बाबुरामको जवाफ हुन्थ्यो– ‘अहिले बुद्धिमा बिर्को लागेको छ, पछि बुझ्छन् ।’ कारबाही गरेपछि बैठकबाट निस्केका बाबुरामलाई मिरुल पुर्‍याइयो । बैठक सकेर प्रचण्डहरु आएपछि बाबुराम, हिसिलालगायतलाई दुम्लानजिकै पुर्‍याइयो ।

‘बाबुराम भट्टराई आफ्नै पार्टीको बन्दी बनिसकेका थिए । जुन पार्टीमा उनले २० वर्षभन्दा बढी लगानी गरेका थिए, जीवन अर्पेका थिए, अन्तत: त्यही पार्टीले उनलाई थुन्यो । दीनानाथ शर्मा र हिसिला यमीको हालत उस्तै थियो । एउटा कुर्सी र एक बाकस किताब साथमा लिएर हिँडेका बाबुरामलाई हिउँले ढाकेका पहाडहरु छिचोल्दै २०६१ माघ २५ मा रोल्पाको मिरुल गाउँ पुर्‍याइयो ।’ (शर्मा, २०७०)

प्रचण्डले बाबुरामलाई कहिल्यै कटु शब्द बोलेनन् । प्रचण्डको आफैँले केही नभन्ने तर अरूलाई उचाल्ने शैली थियो । ‘बुलुकी रक्सी खाएर मनपरी बोल्ने प्रचण्डको बानी छ, उनका नजिककाले त्यही सिकेर त्यसै अनुसार व्यवहार गर्थे । झट्ट हेर्दा प्रचण्डले अति शिष्ट व्यवहार गरे भन्ने देखिने तर उनका नजिकका मान्छे वा परिवारका सदस्यले अत्यन्त दुस्मनीपूर्ण टिप्पणी गरेको देखिने, यो कसरी भयो भन्ने शङ्का गर्थें, पछि थाहा भयो । प्रचण्ड रक्सी खान्छन्, मनपरि बोल्छन्, अरू त्यही सिक्छन् । तर, प्रचण्ड र मेरो प्रत्यक्ष त्यसरी कटु कुराकानी भएन,’ बाबुराम भन्छन्– ‘उनी दोहोरो व्यवहार गर्थे ।’

यसबारेमा प्रचण्डको भनाइ फरक छ– ‘साँचोचाहिँ त्यति धेरै होइन । उहाँसँग वैचारिक मतभेद सुरुदेखि नै भयो । तर, फेरि उहाँ चाहिन्छ आन्दोलनमा भनेर बढी सोच्ने मै थिएँ । बाबुरामलाई जसरी पनि लिएर जानुपर्छ भन्ने मैले हो । मैले नै उहाँलाई बढीभन्दा बढी संरक्षण गर्न बल गर्थें ।’ प्रचण्ड भन्छन्– ‘मैले नजिकका साथीहरुसँग अलिकति वैचारिक कुरा गर्दा ‘अलिकति हुने’ त सामान्य भयो होला तर त्यही कारणले उहाँलाई प्रताडित गरियो भन्ने सत्य होइन ।’

‘म एउटा सिनियर लिडरलाई त्यसरी कारबाही गरिने होइन, पहिले त त्यो गलत हो, दोस्रो कुरा युद्धमा दुस्मनको घेराबन्दीमा छौँ, मलाई त प्रचण्डकै हाराहारीमा मान्थे मान्छेहरुले, अझ कैयौँले त मलाई बढी चिन्थे, मलाई ठूलो खतरा थियो । मलाई त प्रचण्डकै हाराहारीको सुरक्षा दिनुपथ्र्यो । यसै पनि उनको भन्दा कम सुरक्षा दिइएको थियो, त्यो पनि झिकियो,’ बाबुराम भन्छन्– ‘कुनै पनि मान्छेले मारिदिन सक्थे मलाई, त्यो त चरम लापरबाही थियो ।’

बाबुरामलाई बन्दी बनाएको खबर बाहिर आएपछि प्रचण्डले ‘होइन’ भनेर समाचारको खण्डन गर्न बाबुरामलाई दबाब दिए । बाबुराम भन्छन्– ‘होइन भनौँ, त्यत्रो अपमान गरेको छ, बन्दी बनाएको छ, हो भन्दा पनि उपयुक्त नहोला भनेर बीचको बाटो अपनाएर वक्तव्य निकालेँ । अश्वत्थामा हतोहत: शैलीको वक्तव्य दिन बाध्य भएँ ।’ 

बाबुरामलाई कारबाही गरेपछि राष्ट्रिय/अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा खबर फैलियो । यसै बेला माओवादीले खारा आक्रमणको तयारी गरिरहेको थियो । आक्रमणको तयारीका लागि दुम्लावरिपरि अभ्यास भइरहेको थियो । यसैबेला बाबुरामलाई बन्दी बनाएको खबर बाहिर आएपछि प्रचण्डले ‘होइन’ भनेर समाचारको खण्डन गर्न बाबुरामलाई दबाब दिए । बाबुराम भन्छन्– ‘होइन भनौँ, त्यत्रो अपमान गरेको छ, बन्दी बनाएको छ, हो भन्दा पनि उपयुक्त नहोला भनेर बीचको बाटो अपनाएर वक्तव्य निकालेँ । अश्वत्थामा हतोहत: शैलीको वक्तव्य दिन बाध्य भएँ ।’

‘म सुरक्षित छु, खतरा छैन भनेर वक्तव्य निकाल्न प्रचण्ड र उनी नजिकका नेताहरुले दबाब दिइरहेका थिए । यत्रो आक्रमण गर्न गइरहेका छौँ, जनसेनाको मनोबल उठाउनुपर्छ, समाचारको खण्डन गर्नुपर्‍यो भन्ने निर्देशन थियो । आन्दोलनलाई घाटा पार्न म पनि चाहँदैनथेँ । प्रचण्डले मूर्खता गरेका छन्, धैर्य गर्नुपर्छ, बेलामा चेत्छन् भन्ने मेरो बुझाइ भएकाले बीचको भाषामा म आफैँले लेखेर वक्तव्य दिएको हुँ,’ बाबुरामले पुराना दिन सम्झिए ।

‘जनमुक्ति सेनाको भरपर्दाे सुरक्षा घेराभित्र रहन पाउँदा हामीलाई कुनै प्रकारको ग्लानि होइन, असीम गौरव र आनन्दको अनुभूति भइरहेछ’ भन्दै बाबुरामले घुमाउरो शैलीमा आफूलाई बन्दी बनाइएको सन्देश पनि ‘दबाबमा निकालिए’को वक्तव्यमार्फत दिएका थिए ।

कारबाहीमा परेका बाबुरामलाई कुनै सुरक्षा दिइएको थिएन । केही दिनपछि प्रचण्डसँग कुरा भएपछि केही लडाकू खटाइएको भए पनि बाबुरामलाई जनसेनाको घेरामा राखिएको थिएन । सरकारी सुरक्षाकर्मी छिरेको भए बाबुरामलाई सजिलै पक्रिन वा हत्या गर्न सक्थे । बाबुरामले ‘जनमुक्ति सेनाको भरपर्दाे सुरक्षा घेराभित्र रहन पाउँदा’ भन्दै वक्तव्य दिएपछि प्रचण्ड दबाबमा परे । सरकारी सुरक्षाकर्मी पसेर बाबुरामको हत्या गरे पनि वा जो कसैले बाबुरामको हत्या गरे पनि प्रचण्डले मारेको सन्देश जाने स्थिति उत्पन्न हुन्थ्यो । त्यसपछि प्रचण्डले बाबुरामको सुरक्षामा ध्यान दिए ।

बाबुरामको अनुभव छ– ‘प्रचण्डको शैली अत्यन्त महफ्वाकाङ्क्षी छ र सत्ताबाहेक केही होइन भन्ने छ । सत्ताबाहेक आफू केही हुन्नँ भन्ने भित्र हीनताबोध र बाहिर महफ्वबोध उनको जुन देखा पर्छ, त्यो दोहोरो चरित्र छ ।’

‘बाबुरामलाई ज्यादै अपमानजनक तरिकाले राखियो ।’ स्वकीय सचिव विश्वदीप पाण्डे भन्छन्– ‘गणतन्त्र नल्याउँदासम्म जे पनि सहन पर्छ । आवेगमा आएर केही निर्णय गर्न हुँदैन,’ बाबुरामले त्यतिबेला आफूसँग भनेको कुरा सम्झिन्छन् पाण्डे । बाबुरामको अनुभव छ– ‘प्रचण्डको शैली अत्यन्त महफ्वाकाङ्क्षी छ र सत्ताबाहेक केही होइन भन्ने छ । सत्ताबाहेक आफू केही हुन्नँ भन्ने भित्र हीनताबोध र बाहिर महफ्वबोध उनको जुन देखा पर्छ, त्यो दोहोरो चरित्र छ ।’

बाबुरामलाई कारबाही गरेपछि प्रचण्डले उनका विश्वासपात्र कृष्णबहादुर महरालाई दिल्ली पठाए । जनयुद्ध सुरु भएको एक वर्षपछि २०५३ सालमा केन्द्रीय समिति सदस्य भएका महरालाई २०४८ सालदेखिका केन्द्रीय सदस्य टोपबहादुर रायमाझी, हरिबोल गजुरेल, अग्नि सापकोटालाई भन्दा बढी भूमिका र स्थान दिइएको थियो । बाबुराममाथि गरिएको कारबाही सही भएको र मोहन वैद्य र सीपी गजुरेललाई जेलबाट छुटाउने दुई उद्देश्य लिएर महरा दिल्ली गएका थिए । दिल्ली गएका महराले बाबुरामविरुद्ध ‘बदमासी’ गरे । भारतमा पढेका बाबुरामको एउटा तप्कामा राम्रो चिनाजान थियो, यस्तै देशभित्र पनि युद्धकालमा देवेन्द्रराज पाण्डे, हृषीकेश शाह, दमननाथ ढुङ्गानालगायतसँग उनको सम्पर्क हुन्थ्यो ।

‘ओपन फेस त मेरो हो, मलाई पार्टीभित्र बन्दी बनाइएको खबर सार्वजनिक भएपछि स्वत: सबैले सोध्छन्,’ बाबुरामलाई सोधेको महरालाई मन परेन । त्यही कुरालाई महराले बङ्ग्याए र स्वदेश फर्केपछि बाबुरामलाई छोडेपछि भारतले वैद्यलाई छोड्छौँ भन्यो भनेर प्रस्तुत गरे । त्यसैलाई आधार मानेर ‘बाबुराम भारतको दलाल भएको पुष्टि भयो’ भनेर पार्टीभित्र व्यापक प्रवाह गरे ।

जनयुद्धमा ‘ओपन फेस’ बाबुरामकै थियो, जुन प्रचण्डपक्षीय नेताहरुलाई मन पर्दैनथ्यो । भारत पुगेका महरालाई भारतीय र नेपालीहरुले चासोपूर्वक बाबुरामका बारेमा सोधे । बाबुराम भन्छन्– ‘ओपन फेस त मेरो हो, मलाई पार्टीभित्र बन्दी बनाइएको खबर सार्वजनिक भएपछि स्वत: सबैले सोध्छन्,’ बाबुरामलाई सोधेको महरालाई मन परेन । त्यही कुरालाई महराले बङ्ग्याए र स्वदेश फर्केपछि बाबुरामलाई छोडेपछि भारतले वैद्यलाई छोड्छौँ भन्यो भनेर प्रस्तुत गरे । त्यसैलाई आधार मानेर ‘बाबुराम भारतको दलाल भएको पुष्टि भयो’ भनेर पार्टीभित्र व्यापक प्रवाह गरे ।

केही दिनपछि हुन गइरहेको खारा आक्रमणका लागि जनसेनालाई उक्साउन बाबुरामलाई कारबाही गरेर ठीक गर्‍यौँ भन्ने प्रचार सबैतिर गरियो । ‘समय आएपछि प्रक्रिया पुर्‍याएर वैद्य र गौरवलाई छोड्छौँ’ भनेको कुरा र ‘बाबुरामको खबर के कस्तो छ ?’ भनी सोधेको दुई अलग–अलग कुरालाई महराले मिसाएर बङ्ग्याई प्रस्तुत गरेका थिए । बाबुरामको ठहर छ– ‘हेर्दा भलाद्मी देखिने तर भित्रभित्र खतरनाक व्यक्तित्व छ महराको ।’ यतिबेलै बाबुरामलाई लगाइएको आरोपको टेप खारा आक्रमणका क्रमममा नेपाली सेनाको हातमा पुग्यो । र, उक्त टेप बाबुरामलाई प्रचण्डले संसद्वादी दलहरुसँग वार्ताको वातावरण बनाउन दिल्ली पठाएका बेला सेनाले सार्वजनिक गरिदिएको थियो ।

‘फरक विचारलाई भौतिक ढङ्गले सफाया गर्ने स्टालिनको पालादेखिको कम्युनिस्ट आन्दोलनको कमजोर पक्ष हो । उग्र, भ्रष्ट, उद्दण्ड पात्र बढी भक्त हुन्छन् । त्यसलाई हामीले आलोक प्रवृत्ति पनि भन्छौँ,’ बाबुराम भन्छन्–‘हुन त आलोक प्रवृत्ति भने पनि आखिर प्रचण्डसँगै जोडिएको त हो । आलोक प्रचण्डभन्दा त्यति बाहिरका त हैनन् । हिजोका आलोकदेखि अहिलेका शालिकग्राम जम्मरकट्टेलसम्म एउटै प्रवृत्ति छ, त्यसैले मैले नेतृत्वको शैलीमा प्रश्न उठाउँदै आएको छु ।’

‘बाबुरामलाई उक्साएको भन्दै मलाई पनि कारबाही गरे । बिल्कुल गैरराजनीतिक काम गरे,’ कारबाहीपछि हिसिलाले भनेकी थिइन्– ‘मलाई २१औँ शताब्दीको सती बनाइयो,’ बाबुरामलाई कारबाही गरेपछि जनमुक्ति सेनालाई पनि बाबुरामविरुद्ध भड्काउने काम गरियो । ‘बुक फिलोसोफी’ र ‘लाइफ फिलोसोफी’को चर्चा चलाइयो । बाबुराम/हिसिला पढेलेखेका, उनीहरुले किताबी दर्शन मात्र जान्दछन् तर हामीले जीवन दर्शन बुझ्छौँ । वर्ग सङ्घर्ष, प्रत्यक्ष लडाइँ हाम्रो दर्शन हो भन्दै प्रचण्डलगायतका नेताहरुले जनमुक्ति सेनालाई बाबुरामविरुद्ध भड्काउँथे ।

बाबुराम नजिकका नेतालाई मात्र होइन, सामान्य कार्यकर्ता र जनमुक्ति सेनालाई पनि कारबाही गरिएको थियो । बाबुराम नजिकका जनमुक्ति सेनालाई टुथपेस्ट, ब्रसका लागि दिइने मासिक १ सय ५० रुपियाँ दिन पनि रोक लगाइयो । यस्तै भूगोलमा काम गर्ने बाबुराम पक्षका नेता–कार्यकर्तालाई दैनिक खर्च दिन रोक लगाइयो ।

‘यिनीहरु पढेलेखेका भन्दै होच्याएर जनमुक्ति सेनालाई हेला गर्छन्, केही नजानेका छन् भन्छन् जस्ता प्रचार गरेछन् ।’ काठमाडौँको कुलीन वर्गमा जन्मे/हुर्केकी, बेलायत र भारतबाट पढेर आए पनि जनयुद्धमा हाम फलेकी हिसिला भन्छिन्–‘यस्ता गैरराजनीतिक कुरा देख्दा मलाई दिक्क लाग्यो,’ बाबुराम नजिकका नेतालाई मात्र होइन, सामान्य कार्यकर्ता र जनमुक्ति सेनालाई पनि कारबाही गरिएको थियो । बाबुराम नजिकका जनमुक्ति सेनालाई टुथपेस्ट, ब्रसका लागि दिइने मासिक १ सय ५० रुपियाँ दिन पनि रोक लगाइयो । यस्तै भूगोलमा काम गर्ने बाबुराम पक्षका नेता–कार्यकर्तालाई दैनिक खर्च दिन रोक लगाइयो ।

हिसिला भन्छिन्– ‘कतिपय पीएलए जति सजाय दिए पनि बाबुरामलाई छोड्दैनथे ।’ अझ केही त बाबुरामबाट प्रभावित भएकै कारण युद्धमा होमिन आएका थिए । जाजरकोटका समर सेन यस्तै उदाहरण हुन् । मिहिनेती सेन पढ्न/लेख्नमा खुब रुचि राख्थे । उनी युद्धकालमा हरेक दिन दैनिकी लेख्थे । हिसिला सम्झिन्छिन्– ‘यति राम्रा अक्षर र यति मीठो लेखाइ थियो उनको । उनको लेखाइबाट कायलै भइन्थ्यो ।’

बाबुरामलाई देखेरै जनमुक्ति सेनामा भर्ना हुन आएका सेन बाबुरामलाई कारबाही गरेपछि माओवादी पार्टी नै छाडेर युद्धबाट पलायन भए । उनी कहाँ छन्, अहिलेसम्म अत्तोपत्तो छैन हिसिलाको भनाइ छ– ‘मैले धेरै खोजेँ, जाजरकोटका साथीहरुसँग पनि सोधेँ तर फेला पार्न सकिनँ ।’

हिसिलालाई बढी पीडा त्यतिबेला हुन्थ्यो, जब ट्वाइलेट जाँदा पनि उनलाई घेराबन्दीमा राखेका जनसेना पछिपछि लाग्थे । बाबुराम अन्तरमुखी स्वभावका, उनलाई कसैसँग नबोले पनि खास फरक नपर्ने तर हिसिला मानिसहरुसँग बोलिरहन, कुरा गर्न रुचाउने । कारबाही गरेपछि उनीसँग बोल्नबाट अरू तर्किन्थे । ‘हामीसँग बोल्न पनि डराउँथे,’ हिसिला सम्झिन्छिन्– ‘केही पीएलएले माया गर्थे भने केहीले कर्के आँखाले हेर्थे । केहीले त खसी काटेका बेला मासु पनि ल्याइदिन्थे ।’

बाबुराम/हिसिलालाई भेट्न जाने नेता/कार्यकर्तालाई भने प्रचण्ड पक्षीय नेताहरुले ‘टर्चर’ दिन्थे । कारबाहीमा परेर घेराबन्दीमै रहेको अवस्थामा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा रोल्पामा आयोजित कार्यक्रममा सहभागी हुने इच्छा जनाइन् हिसिलाले ।

८ मार्चका लागि प्रचण्डले अनुमति दिए । मगर पोसाक लगाएर हिसिला जनसहभागितामा सामेल भइन् । अरू नेताहरु मञ्चमा बसिरहेका थिए । हिसिला भुइँमा बसेर भाषण सुन्दै थिइन्, उनको ध्यान जनताले नेतालाई कसरी हेर्दा रहेछन् भन्नेमा केन्द्रित थियो । त्यही बेला आकाशमा हेलिकप्टर उड्यो । सबै तितरबितर भए । हिसिलाले पार्टीले भूमिगत रुपमा सञ्चालन गरेको रेडियोकर्मी अरूणा रायमाझीसँग कुरा गरिन् । बाबुरामले पत्रकार रायमाझीलाई हिसिलालाई दिन भनेर एउटा चिट्ठी दिएका रहेछन् । हिसिलासँग कुरा गरेकै कारण पार्टीले अरूणालाई अप्ठ्यारो पारेको थियो ।

हिसिला भन्छिन्– ‘यस्तो धेरैलाई गरे । कतिको रासन काटिदिए, कतिलाई कारबाही गरे । गैरराजनीतिक काम धेरै भए ।’ हिसिला र अरूणाबीच खुलेर कुरा गर्ने अवस्था थिएन । ‘के छ दिदी खबर ?’ अरूणाले सोधिन् । ‘ठीकठीकै छ ।’ हिसिलाले भनिन् । कुरा साङ्केतिक भयो । अरूणाले हिसिलासँग कुरा गरेको देखेपछि भूमिगत रेडियोबाट समाचार सङ्कलनमा सँगै आएकी सहकर्मी शीला घर्तीमगर कार्यक्रम नसकिँदै रेडियो स्टेसन जलजलातिर हानिइन् । अरूणा जलजला पुग्दा सबै रिसाएर बसेका थिए । हिसिलासँग बोलेकामा अरूणालाई कारबाही गर्नुपर्ने मुद्दा उठ्यो । अरूणाले आफू पार्टीको जिल्ला समितिमा भएको हुनाले पार्टीकै कार्यकर्तासँग बोलेर कुनै अपराध नगरेको तर्क गरिन् ।

brbअरूणा भावुक हुँदै ती दिन सम्झिन्छिन्– ‘बाबुराम–हिसिला पार्टीका कार्यकर्ता हुन् । उनीहरुसँग किन बोल्न नपाउने ?’ त्यसपछि पनि उनलाई टर्चर दिने काम रोकिएन । त्यसपछि भएको एक प्रशिक्षणमा केही लडाकूले ‘बाबुरामलाई समर्थन गर्न खोज्ने यस्तालाई त जिउँदै गाड्नुपर्छ’ भन्दै धम्क्याउन थाले । अरूणा भन्छिन्– ‘यस्ता घटना त कति भए कति । कतिलाई मानसिक, शारीरिक यातना दिइयो बिनाकारणा ।’

यसै आरोपमा प्रताडित भए नेता देवेन्द्र पराजुली पनि । निलम्बन गरिएका पराजुलीलाई शारीरिक र मानसित यातना दियो आफ्नै पार्टीले । पराजुली भन्छन्– ‘मलाई जे प्रश्न सोधे, ती सबै बाबुराममाथि लगाइएका आरोप रहेछन्, यो कुरा पछि थाहा पाएँ,’ बौद्धिक दम्भ पालेको भन्दै उनलाई कुटपिट पनि गरिएको थियो । पराजुलीको बयान लिए एक नेताले । उनले आफ्नो पृष्ठभूमि हेर्न आग्रह गरे । त्यसपछि हितमान शाक्यले बयान लिए । शाक्यले ‘शङ्काको तीर तपाईंतिर सोझिएको छ’ भनेपछि उनले आँखा तरेर हेर्दै बेकारका कुरा नगर्न आग्रह गरे ।

उदयपुरमा यति बयान लिइएपछि उनलाई रामेछाप/सोलुखुम्बुको सिमानामा पुर्‍याइयो । पूर्वाञ्चलको केन्द्रीकरण भएकाले रामबहादुर थापालगायत नेताहरु थिए । त्यहाँ पुर्‍याएपछि पराजुलीको आँखामा पट्टी बाँधियो । ठमेलका ट्रेकिङ व्यवसायी उनका जेठान दीपक धमला मुलुकमा सङ्कटकाल लागेपछि न्युजिल्यान्ड गएको कुरा झिक्दै ‘तेरो जेठान सीआईएको एजेन्ट हो, तैले नै नेताहरु पक्राएको होस्’ भने । प्रश्न सोध्ने क्रममा ‘गद्दार’ भनेपछि उनलाई असैह्य भयो । उनले औँला उठाएर भने–‘अरू भने पनि गद्दार नभन ।’

शाक्यलाई औँला ठड्याएपछि पराजुलीका हातमा हान्दै हात पछाडि लगेर बाँधिदिएका थिए । त्यो बेलासम्म सँगै रहेकी श्रीमती कल्पना धमला र उनलाई अलग–अलग पारियो । र, पुन: उदयपुर पुर्‍याएर बयान लिइयो । ‘माथिको आदेश छ’ भन्दै उनको कञ्चटमा पेस्तोल सोझ्याइयो, हात पछाडि बाँधिएको थियो । आँखामा पट्टी थियो, खुट्टामा डोरीको सुर्किने गाँठो पारेर तान्दै लडाइयो । पराजुली विगत सम्झिन्छन्– ‘त्यसपछि मरेको बस्तुभाउ घिसारेजसरी घिसारे ।’ ५० मिटर घिसारेपछि घाउ नै घाउ भएको शरीरमा लाठीले पिट्न थाले । सहन नसकेर चिच्याएका पराजुलीको मुखमा टालो कोचिदिए र बुटले कुल्चिँदै हिँडे ।

शाक्यलाई औँला ठड्याएपछि पराजुलीका हातमा हान्दै हात पछाडि लगेर बाँधिदिएका थिए । त्यो बेलासम्म सँगै रहेकी श्रीमती कल्पना धमला र उनलाई अलग–अलग पारियो । र, पुन: उदयपुर पुर्‍याएर बयान लिइयो । ‘माथिको आदेश छ’ भन्दै उनको कञ्चटमा पेस्तोल सोझ्याइयो, हात पछाडि बाँधिएको थियो । आँखामा पट्टी थियो, खुट्टामा डोरीको सुर्किने गाँठो पारेर तान्दै लडाइयो । पराजुली विगत सम्झिन्छन्– ‘त्यसपछि मरेको बस्तुभाउ घिसारेजसरी घिसारे ।’ ५० मिटर घिसारेपछि घाउ नै घाउ भएको शरीरमा लाठीले पिट्न थाले । सहन नसकेर चिच्याएका पराजुलीको मुखमा टालो कोचिदिए र बुटले कुल्चिँदै हिँडे । ‘माथिबाट तलाई फाँसी दिने आदेश आएको छ’ भन्दै कमान्डरले पराजुलीको अन्तिम इच्छासमेत सोधेका थिए । ‘नेताहरु पक्राउने काम बाबुरामले गरेको हो भन्ने मबाट कबुल गराएर उता बाबुरामलाई सिध्याउने योजना अनुसार मलाई यातना दिएका रहेछन्,’ त्यतिबेलाको चोट देखाउँदै पराजुलीले भने– ‘आफ्नै साथीले आफूले सपनामा पनि नचिताएको विषयमा आरोप लगाएर यातना दिने गर्दा मानसिक रुपले ठूलो आघात पर्दो रहेछ ।’

बाबुरामलाई पार्टीभित्र पटक–पटक अनुशासनको प्रश्न उठाउने गरियो । तर, त्यो अनुशासनको प्रश्न कुनै खराब आचरणमा नभएर नेतृत्वसँग सम्बन्धित हुन्थ्यो । मोहनविक्रम सिंहदेखि प्रचण्डसम्मले बाबुराममाथि अनुशासनको प्रश्न उठाए । ‘अनुशासनसम्बन्धी कम्युनिस्ट पार्टीको बुझाइ नै बेठीक छ,’ बाबुराम भन्छन्– ‘पार्टीको आलोचना गर्ने, भिन्न मत राख्नेलाई प्रताडित गर्ने चलन छ । काम गर्न र पार्टी कमिटी मैले कहिल्यै छोडिनँ, दिएको जिम्मेवारी पूरा नगरेको कुनै छैन । खालि मैले नेतृत्वको आलोचना गर्दा अनुशासन तोडेको आरोप लगाउँछन्,’ बाबुरामको ठम्याइ छ– ‘नोकरशाही केन्द्रियतावादी जुन सोच हो, मोहनविक्रमदेखि प्रचण्डसम्म त्यो हावी छ । स्कुलिङ त दुवैको एउटै हो स्टालिनवादी स्कुल ।’

आलोचनाको चेतना भएकालाई अनुशासनको कारबाही गर्ने कम्युनिस्ट पार्टीको परम्परा हो । यस्तो प्रवृत्ति निरङ्कुश चिन्तनको अभिव्यक्ति भएकाले मोहनविक्रमदेखि प्रचण्डसम्मबाट एउटै कुरामा प्रताडित हुँदै आए बाबुराम । बाबुराम भन्छन्– ‘मैले न कुनैमाथि कहिल्यै षड्यन्त्र गरेँ, न अनैतिक काम गरेँ । फरक विचार राखेकै भरमा अनुशासनको प्रश्न उठ्छ । काम नगरेको भए, भागेको भए, धोका दिएको भए हो यस्तो आरोप ।’ नेतृत्व र पार्टीको गलत लाइनको आलोचना गरेकै भरमा विभिन्न आरोप खेप्दै आए बाबुरामले ।

प्रशिक्षणमा ‘बाबुराम भट्टराई त बुद्धिजीवी हो, अवसरवादी हो । यो टिक्छ/टिक्दैन थाहा छैन तर यसलाई हामीले उपयोग गर्नुपर्छ’ भन्थे । आफूहरुको दिमागमा यस्तो गलत छाप पारिएको सम्झिन्छन् नेता देवेन्द्र पराजुली । रोल्पामा बाबुरामलाई कारबाही गरेपछि पनि त्यस्तै प्रशिक्षण दिइएको थियो । ‘बाबुराम भारतको मान्छे हो, पढे/लेखेका मान्छे ठीक हुन्नन्, बुर्जुवा हुन्छन्’ भन्ने प्रशिक्षण जनमुक्ति सेनालाई दिइन्थ्यो ।

त्यसो त जनयुद्ध सुरु गर्नुभन्दा पहिले नै प्रचण्डलगायत तत्कालीन मशाल पृष्ठभूमिका नेताहरुले तत्कालीन मसाल पृष्ठभूमिका बाबुरामलाई कहिल्यै राम्रो मानेनन् । मशाल समूहकाले एकता केन्द्रकै प्रशिक्षणमा ‘बाबुराम, निर्मल लामाहरु दक्षिणपन्थी, अवसरवादीहरु हुन्, हामीले त यिनीहरुलाई उपयोग गर्ने हो’ भन्थे । माओवादी पार्टी गठनपछि सुरु भएको जनयुद्धको सुरुकै चरणमा पनि प्रचण्डले मशाल पृष्ठभूमिका नेताहरुलाई प्रशिक्षणमा ‘बाबुराम भट्टराई त बुद्धिजीवी हो, अवसरवादी हो । यो टिक्छ/टिक्दैन थाहा छैन तर यसलाई हामीले उपयोग गर्नुपर्छ’ भन्थे । आफूहरुको दिमागमा यस्तो गलत छाप पारिएको सम्झिन्छन् नेता देवेन्द्र पराजुली । रोल्पामा बाबुरामलाई कारबाही गरेपछि पनि त्यस्तै प्रशिक्षण दिइएको थियो । ‘बाबुराम भारतको मान्छे हो, पढे/लेखेका मान्छे ठीक हुन्नन्, बुर्जुवा हुन्छन्’ भन्ने प्रशिक्षण जनमुक्ति सेनालाई दिइन्थ्यो ।

अनिल थापाद्वारा लिखित पुस्तक ‘अबिराम बाबुराम’ (पृष्ठ १४९–१५८) बाट

161 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार