Presidential

‘म अलि खस्रो छु, त्यही भएर नेताहरुका नजरमा पर्न सकिनँ’

‘म अलि खस्रो छु, त्यही भएर नेताहरुका नजरमा पर्न सकिनँ’

भनिन्छ, मानिसहरु उदाउँदो सूर्यलाई प्रणाम गर्छन्, अस्ताउने बेलाकालाई होइन । कुनै बेलाका चर्चित योद्धा मोहनचन्द्र अधिकारी, ७८, अब ‘उदाउँदो सूर्य’ रहेनन् । र, उनलाई सम्झिनेहरु सीमित हुँदै जानु स्वाभाविकै हो । पछिल्लो समय त एउटै मोर्चामा लडेका, एउटै भातभान्सा गरेका र जेलका चिसा छिँडीहरुमा दिन–रात गुजारेका सहयोद्धाहरुसँग उनको भेट पूरै पातलिएको छ । भन्छन्–‘पछिल्लो समय मैले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेँ, त्यो पनि झन्डै ९–१० महिनाअघिकै कुरा हो । अरु नेताहरुसित वर्षौंदेखि भेट हुनसकेको छैन । मलाई भेट्न कुनै नेता आउँदैनन्, म आफैंले धाएर जानुपर्छ । अब त स्वास्थ्यले पनि साथ दिँदैन ।’

‘पछिल्लो समय मैले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेँ, त्यो पनि झन्डै ९–१० महिनाअघिकै कुरा हो । अरु नेताहरुसित वर्षौंदेखि भेट हुनसकेको छैन । मलाई भेट्न कुनै नेता आउँदैनन्, म आफैंले धाएर जानुपर्छ । अब त स्वास्थ्यले पनि साथ दिँदैन ।’

सिंगो जीवन कम्युनिष्ट आन्दोलनलाई समर्पण गरेका अधिकारीका जीवन–फ्रेममा रंगीन तस्बिरहरु कमै सजिएका छन्, अधिकांश श्यामश्वेत छन् । तर, तिनै श्यामश्वेत तस्बिरहरु यति गाढा र प्रखर छन्, कुनै पनि घामपानीले सितिमिति खुइँल्याउन सक्दैनन् । अचेल काठमाडौंको दक्षिणी भेग पुरानो नैकापमा आफ्नै नाम राखिएको टोलमा दैनिकी गुजारिरहेका अधिकारीले भने–‘म अलि खस्रो मानिस हुँ । त्यही भएर सबैको नजरमा प्यारो हुन सकिनँ ।’

धुम्वाराही : निकै टाढा

कुनै बेला, एमालेका एक प्रभावशाली खम्बा थिए, अधिकारी । यथोचित जिम्मेवारी पनि नपाएका होइनन् । तर, दुई दशकयता भने उनी सक्रिय राजनीतिक जिम्मेवारीमा छैनन् । तर पनि, सक्रिय हुने चाहनामा पूर्णविराम लागेको छैन । भन्छन्– ‘मलाई जेष्ठ कम्युनिष्ट मञ्चमा राखिएको छ । न त्यसको कुनै बैठक हुन्छ, न सक्रिय नै छ । मभन्दा पाका मानिसलाई सल्लाहकारमा राखिएकोे छन् । तर, मलाई भने मञ्चमा थन्क्याइयो ।’

महाभूकम्पपछि एमालेको केन्द्रीय कार्यालय बल्खुबाट धुम्वाराहीमा स-यो । काठमाडौंको दक्षिणी भेगमा बसोवास गर्ने अधिकारीलाई उत्तरी भेगमा रहेको धुम्वाराही पुग्न ‘अमेरिका पुगेजत्तिकै’ टाढा लाग्छ । ‘कुनै जिम्मेवारी नभएको हुँदा पार्टी कार्यालयमा नियमित जाने काम नपर्दो रहेछ’, भन्छन् उनी । तर, बल्खुमा केन्द्रीय कार्यालय रहँदा भने उनको नियमित आवतजावत हुन्थ्यो । भन्छन्–‘बल्खुमा म महिनामा एक÷दुई पटक जान्थेँ । तर, धुम्वाराही भने नियमित जान सकिरहेको छैन ।’

टोलकै नाम ‘क. मोहनचन्द्र अधिकारी टोल’

छ वर्षअघि चन्द्रागिरी नगरपालिका–१९ स्थित पुरानो नैकापमा अधिकारीले एउटा ओत लाग्ने ठाउँ बनाए । दुई छोराहरु जवान हुँदै जान थालेपछि काठमाडौंमा एउटा घर हुनुपर्ने दवावले थिचेपछि उलने एक तले घर जोरजाम गरे । भन्छन्–‘यो घर मेरी सासु र पत्नीको देनले निर्माण भएको हो । घर बनाउँदा एमालेको कुनै सहयोग रहेन ।’

नयाँ घरमा सरेपछि छिमेकीहरुले एक दिन नौलो प्रस्ताव ल्याए– ‘हामीले यो टोलको नाम तपाईंको नाममा राख्ने भयौं ।’ जन्मजातै विद्रोही स्वभावका अधिकारी बुरुक्क उफ्रिए–‘मेरो व्यक्तिगत नाममा टोलको नाम नराख्नूस् ।’

नयाँ घरमा सरेपछि छिमेकीहरुले एक दिन नौलो प्रस्ताव ल्याए– ‘हामीले यो टोलको नाम तपाईंको नाममा राख्ने भयौं ।’ जन्मजातै विद्रोही स्वभावका अधिकारी बुरुक्क उफ्रिए–‘मेरो व्यक्तिगत नाममा टोलको नाम नराख्नूस् ।’ तर, टोलका बासिन्दाहरुले ‘हामी तपाईंलाई सम्मान गर्न चाहन्छौं, तपाईंको सम्मानस्वरुप टोलको नाम तपाईंकै नाममा राख्छौं’ भनेपछि उनले धेरै प्रतिवाद गर्न उचित ठानेनन् ।

केही वर्षदेखि टोलको मुखमै ‘क. मोहनचन्द्र अधिकारी टोल’ लेखिएको बोर्ड छ । टोलका करिब ४० घरपरिवारले बनाएको समितिको उनी सल्लाहकार पनि छन् । आफूलाई टोलबासीले सम्मान दिएपछि उनले सामाजिक विकासका कामहरुमा पनि सक्रियता देखाउने गरेका छन् । भन्छन्–‘म बसेको ठाउँमा पिच छैन । पिचका लागि मैले पहल गरिरहेको छु ।’

जग्गाको रोचक कथा

एकदिन, हजुरबुबा गिरिजाप्रसाद कोइरालाले उनलाई भने– ‘तिम्रो केही छैन । चक्रपथभित्र सरकारी जग्गा खोज, म दिलाइदिन्छु ।’ काठमाडौंमा ओतको समस्याबाट गुज्रिरहेका अधिकारीलाई आफ्ना हजुरबुबा रामचन्द्र अधिकारीका मामा कृष्णप्रसाद कोइरालाका कान्छा छोराले यत्ति भनेपछि पुगिहाल्यो । चक्रपथभित्र जग्गा खोज्न थाले । संयोगले कोटेश्वर चोकभन्दा दक्षिण–पश्चिममा आठ आनाको एक टुक्रा जग्गा फेला प-यो । त्यही भेटमा कोइरालाले उनलाई आठ आना जग्गाका साथै ४० लाख रुपियाँ दिने बचन दिएका थिए ।

जग्गा पाइयो र एक पटक अमिनलाई लगेर नाप्न पनि लगाए । तर, स्थानीयहरुले मुद्दा हाले । अहिले सर्वोच्च अदालतमा मुद्दा चलिरहेको हुँदा छिनोफानो नहुन्जेल त्यत्तिकै स्थगित छ । भन्छन्– ‘मुद्दा चाँडै टुंगो लाग्यो भने त्यो जग्गा पाइने सम्भावना छ ।’ तर, ४० लाखको कथा भने कोइरालाको देहावसानसँगै टुंगिन पुगेको छ ।

पछि माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा उनले ४० लाखको प्रसंग निकालेका थिए । तर, आफूले राज्यकोषबाट त्यति ठूलो रकम दिन नसक्ने कुरा नेता नेपालले स्पष्टै राखे । नेपाल प्रधानमन्त्री भएको बेलामा उनले उपचार खर्चबापत ५ लाख चाहिँ पाएका थिए ।

तीन नेता: फरक–फरक हेराइ

प्रधानमन्त्री भइसकेका एमालेका तीन वरिष्ठ नेताहरुसित उनको सम्बन्ध राम्रै छ । पछिल्लो समय केपी ओली शर्मा प्रधानमन्त्री हुँदा ओलीको भारतसित नझुक्ने र चीनसित सौहार्दता बढाउने कार्यले केही प्रभाव पारे पनि केही पक्षमा भने उनलाई चित्त बुझेन । भन्छन्– ‘हामीले दुवै छिमेकीलाई समदूरीमा राख्नुपर्छ । मैले ओलीजीलाई भेट्दा भारतसित सम्बन्ध सुधार्नूस् भनेको थिएँ । तर, उहाँले मान्नु भएन ।’

अर्का वरिष्ठ नेता झलनाथ खनाललाई उनी लगनशील र अध्ययनशील नेताका रुपमा लिन्छन् । भन्छन्– ‘हरेक पार्टीमा तीन जनालाई नेता मान्ने चलन छ । उहाँ पनि एकजना नेता हुनुहुन्छ ।’

एमालेका वरिष्ठ नेता माधवकुमार नेपालका बारे भने उनले यति मात्रै भने–‘मैले उहाँलाई १९ वर्षसम्म भोगेँ । उहाँ एमालेका निम्ति अति जरुरी र आवश्यक नेता हो ।’ ०६४ सालको संविधानसभाको निर्वाचनमा नेता नेपाल पराजित हुँदा लक्ष्मीभक्त उपाध्याय र उनले भेटेर प्रस्टै भनेका रहेछन्–‘पराजय भए पनि तपाईंले राजीनामा दिनु पर्दैन ।’

अर्का वरिष्ठ नेता झलनाथ खनाललाई उनी लगनशील र अध्ययनशील नेताका रुपमा लिन्छन् । भन्छन्– ‘हरेक पार्टीमा तीन जनालाई नेता मान्ने चलन छ । उहाँ पनि एकजना नेता हुनुहुन्छ ।’

मोहनचन्द्रलाई रिस उठ्छ्र

कतिपयले भन्छन्, ‘मोहनचन्द्र अधिकारी रिसाहा छन् ।’ त्यसो किन भन्छन् त ? उनी स्वीकार्छन् पनि– ‘अलिअलि रिस त सबैमा हुन्छ । तर, मलाई प्रायःले रिसाहा भन्छन् ।’ आफूमा अन्याय नसहने र स्पष्ट बोल्ने बानी भएको हुँदा रिसाहाको संज्ञा दिएको पनि उनको बुझाइ छ । अझ, उनले प्रस्टै भने–‘म कुनै पनि नेताको गुटमा नरहेको हुँदा मलाई रिसाहा भनेका होलान् ।’

१७ वर्षसम्म जेल जीवन भोगेर बाहिर निस्किँदा बाहिरी परिवेशसँग घुलमिल हुन केही समय अप्ठेरो भएको हुँदा स्वाभाविक रुपमा रिस उठ्ने गरेको अधिकारीको भनाइ छ । तर, उनले मीठो ठट्टा गर्दै भने– ‘प्रायः उच्च रक्तचाप हुने मानिसलाई रिस उठ्ने गर्छ । मेरो भने रक्तचाप कम छ । तर पनि, मानिसहरु मलाई रिसाहा भन्न चाहन्छन् ।’ अधिकारीले मधुमेह र कोलेस्ट्रोलको समस्या बेहोरिरहेका छन् । भन्छन्– ‘जेलमा छँदा १७ वटा रोग लागेको थियो, अहिले घटेर तीन वटामा झरेको छ ।’

खानपिनमा सजग

अधिकारी सुत्ने कोठामा एउटा पुरानो दराज छ । दराजमा उनको परिवारको दैनिक खाना सूचीसमेत टाँगिएको छ । भन्छन्– ‘खानपिनमा अनुशासित हुनका लागि यो सूची तय गरेका हौं ।’

साप्ताहिक खाजाको सूची यस्तो छः

आइतबार– चिउरा, चुकौनी, बदाम, भटमास ।

सोमबार– पाउरोटी र पप डोनट ।

मंगलबार– मःमः ।

बुधबार– चाउमिन, म्याक्रोनी वा अण्डा र चिउरा ।

बिहीबार– चिउरा, तरकारी ।

शुक्रबार– चाउचाउ ।

शनिबार– मासु चिउरा ।

खाजा–सूचीको तल ‘पुनश्चः’ मा उल्लेख छ– ‘उल्लेखित खाना विवरणको अनिवार्य रुपमा पालना गर्नुपर्नेछ ।’

मनमोहनका अंगरक्षक

हजुरबुबा रामचन्द्र र बुबा नरोत्तमले अँगालेका राजनीतिक बाटो उनलाई मन परेन । भन्छन्– ‘कांग्रेसको रवैया उचित नलागेको हुँदा म कम्युनिष्ट भएँ । मलाई कम्युनिष्टप्रति आकर्षित तुल्याउने मेरा माइला बुबा मनमोहन अधिकारी हुन् ।’

००७ सालको राजनीतिक परिवर्तनपछि औद्योगिकीकरणतिर तीव्र रुपमा उन्मुख विराटनगरमा जन्मिएका अधिकारीका हजुरबुबा र बुबा दुवै नेपाली कांग्रेसमा सक्रिय थिए । तर, हजुरबुबा रामचन्द्र र बुबा नरोत्तमले अँगालेका राजनीतिक बाटो उनलाई मन परेन । भन्छन्– ‘कांग्रेसको रवैया उचित नलागेको हुँदा म कम्युनिष्ट भएँ । मलाई कम्युनिष्टप्रति आकर्षित तुल्याउने मेरा माइला बुबा मनमोहन अधिकारी हुन् ।’

नभन्दै उनी मनमोहनप्रति यति ‘फिदा’ भए, धेरै समयसम्म उनले मनमोहनको सुरक्षाको जिम्मा नै लिए । एकदिन डीपी अधिकारीले कम्युनिस्टबारे केही प्रश्न गर्दा उनले फटाफट जवाफ दिएपछि उनलाई सदस्यता नै दिइयो । यो ००९ सालको कुरा थियो । त्यसपछि उनले आजीवन सक्रिय राजनीति गर्ने अठोट गरे ।

महेन्द्रसँग तीतो–मीठो

०१३ सालमा राजा महेन्द्रले विराटनगरमा लामै समय बिताए । त्यतिबेला अधिकारी आदर्श विद्यामन्दिरका छात्र थिए । राजा महेन्द्रलाई भेटेर केही कुरा राख्न अधिकारीलगायत अरु छात्रहरु तम्सिए र एकदिन भेटे पनि ।

राजा महेन्द्रले राजनीतिका कुरा निकालेपछि हक्की स्वभावका अधिकारीले भने–‘कम्युनिस्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाइनुपर्छ ।’ उनको कुरा सुनेपछि राजा महेन्द्रले हाँस्दै भने–‘जुँगाको रेखी बसेको छैन, राजनीतिको कुरा गर्छौ ?’

राजा महेन्द्रले राजनीतिका कुरा निकालेपछि हक्की स्वभावका अधिकारीले भने–‘कम्युनिस्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाइनुपर्छ ।’ उनको कुरा सुनेपछि राजा महेन्द्रले हाँस्दै भने–‘जुँगाको रेखी बसेको छैन, राजनीतिको कुरा गर्छौ ?’

राजा महेन्द्रसँग उनले अरु दुई प्रस्ताव पनि राखेका थिएः तराईका विद्यालयहरुमा नेपाली भाषामा पढाइ सञ्चालन गरिनुपर्छ र नेपालभरि नेपाली मुद्रा चलाइनुपर्छ । उनको कुरा सुनेपछि राजा महेन्द्रले भने– ‘बाबु, तिम्रा कुरा मननीय छन्, म काठमाडौं फर्केपछि पूरा गर्छु ।’

दुईटा बमको वृत्तान्त

राजा महेन्द्रले ०१७ सालमा सैनिक कु गरेर बहुदलीय व्यवस्था खोसेपछि उनमा एकाएक विद्रोही भावना पलायो । तर, कम्युनिस्ट पार्टी भने छिन्नभिन्न थियो त्यतिबेला । कांग्रेसले सशस्त्र विद्रोह सुरु गरिसकेको थियो । कांग्रेसको सशस्त्र विद्रोहलाई सघाउन उनले उचित ठाने ।

एकदिन कांग्रेसका नेता केशवप्रसाद कोइरालाले उनलाई दुईवटा बम दिए । त्यसमध्येको एउटा उनले विराटनगर गोश्वाराका हाकिमको निवासस्थलमा पड्काए । तर, अर्को बम पड्काउने ठाउँ भेटेनन् । ‘के गर्नुभयो त अर्को बम ?’ जीवनको उत्तराद्र्धमा युवा जोश देखाउँदै अधिकारीले भने– ‘सुशील कोइरालालाई दिएँ ।’

बम पड्काएपछि विराटनगरमा निकै हल्लीखल्ली मच्चिने नै भयो । बम हान्ने बित्तिकै उनले सीमापारीको यात्रा तय गरे । भारतमा रहेको कांग्रेसको क्याम्पमा केही दिन बिताएपछि फेरि नेपाल फर्किएर राजनीतिक गतिविधि तीब्र तुल्याए ।

झापा विद्रोहमा चर्चित नायक

नेपालको कम्युनिस्ट आन्दोलनमा ०२८ सालले विशेष महत्व राख्दछ । वर्गशत्रु खत्तम भन्दै तत्कालीन झापा जिल्ला कमिटीले हतियार उठाएको थियो । त्यसमा परी धर्म ढकाललगायतको मृत्यु भएपछि व्यापक धरपकड भयो । मोहनचन्द्र अधिकारी पनि छुट्ने कुरै भएन । उनी पक्राउ परे र लगातार १७ वर्ष जेल परे ।

आज पनि उनलाई त्यो विद्रोह गलत लाग्दैन । ०४७ सालको परिवर्तनपछि खुला राजनीतिमा आएका उनलाई एकदिन जननेता मदन भण्डारीले सोधेका रहेछन्–‘तपाईंले झापामा किन हतियार उठाउनुभयो ?’ उनले कुनै संकोच नमानी जवाफ दिएछन्– ‘त्यतिबेला हतियार उठाउनैपर्ने अवस्था थियो । नेपाली कांग्रेसले पनि त हतियार उठाएको थियो नि !’

१० जेलका अनुभव

०३० असोज ३० गते त मोहनचन्द्र अधिकारी रौतहटको इनरबाडीबाट केपी ओलीसँगै पक्राउ परे र गौर जेलमा राखियो । केही समयपछि नै जेल सरुवाको क्रम सुरु भयो । १७ वर्ष उनले तराईका ५ र पहाडका ५ जेलमा बिताए । भैरहवा, सिरहा, राजविराज, गौर, वीरगञ्ज, भद्रगोल, सेन्ट्रल, नख्खु, तम्घास र पाल्पाका जेल उनका त्यसबीचका ‘घर’ भए ।

राजनीतिक बन्दीहरुलाई धमाधम छोडिँदै थियो । राजा वीरेन्द्रले उनलाई खबर पनि पठाएका थिए । तर, उनले जवाफमा भने– ‘सबै राजबन्दीलाई रिहा गर्ने भए मात्र म पनि छुट्छु । एक्लै त छुट्दिनँ ।’ त्यसपछि उनको जेल बसाइ लम्बियो । एकैचोटि ०४६ पुस १९ गते मात्र उनी रिहा भए ।

अधिकारी ०४२ सालमै छुट्थे जेलबाट । राजनीतिक बन्दीहरुलाई धमाधम छोडिँदै थियो । राजा वीरेन्द्रले उनलाई खबर पनि पठाएका थिए । तर, उनले जवाफमा भने– ‘सबै राजबन्दीलाई रिहा गर्ने भए मात्र म पनि छुट्छु । एक्लै त छुट्दिनँ ।’ त्यसपछि उनको जेल बसाइ लम्बियो । एकैचोटि ०४६ पुस १९ गते मात्र उनी रिहा भए ।

जेल त उनी ०१४ सालमा पनि परेका थिए । डा.केशरजंग रायमाझीले नेतृत्व गरेको भद्रअवज्ञा आन्दोलनमा भाग लिएबापत उनलाई गिरफ्तार गरिएको थियो । त्यतिबेला उनले १५ दिन मात्रै त्यहाँ बिताएका थिए ।

जेलमा भेट, खुला परिवेशमा बिहे

पाल्पाकी बालकुमारी खनाल जिल्लाकै एउटा विद्यालयमा पढाउँथिन् र शिक्षक आन्दोलनका सहभागी पनि हुन्थिन् । ०४२ सालको बहुचर्चित शिक्षक आन्दोलनमा गिरफ्तारीमा परेकी उनको भेट संयोगबश त्यतिबेला भैरहवामा जेल रहेका अधिकारीसँग भयो । त्यतिबेला देखादेख भएका उनीहरुबीच बहुदल आएलगत्तै लगनगाँठो कँसियो । त्यसमा लमीको भूमिका पार्टीले खेलेको थियो ।

‘मेरो ढिलै बिहे भयो । बिहे हुँदा म ५३ वर्ष लागिसकेको थिएँ’, छेउमा रहेकी पत्नीतिर हेर्दै अधिकारीले भने । अहिले दुई छोरा राघवचन्द्र र दिव्यचन्द्र युवाकालीन दिनहरुमा हिँडिरहेका छन् । राघवचन्द्रले एमबीबीएस पूरा गरेका छन् भने दीव्यचन्द्र क्याम्पस पढ्दैछन् ।

जेलमै भेटे बीपीले

०३८ सालको एक मध्यान्ह । उनी नख्खु जेलमा सधैँझैँ दिन बिताइरहेका थिए । उनलाई भेट्न नेपाली कांग्रेसका तत्कालीन सभापति बीपी कोइराला आए । बीपीले उनलाई सोधे– ‘बाबु, तिमीले नेपालको राजनीतिलाई अहिले कुन कोणबाट हेरिरहेका छौ ?’

उनले केही भूमिका बाँधेर बीपीसमक्ष भने– ‘अब हामीले गर्ने आन्दोलन शान्तिपूर्ण हुनुपर्छ ।’ अधिकारीको कुरा सुनेपछि बीपीले भने– ‘तिमी त ०३६ सालमै छुट्नुपर्ने मानिस रहेछौं । जेहोस्, तिमीसँग सल्लाह गर्न म गिरिजालाई पठाइदिन्छु । अहिले म क्यान्सरले पीडित भएको हुँदा उपचारका लागि अमेरिका जाँदैछु । अमेरिकाबाट फर्केपछि तिमीलाई छुटाउनेबारे राजासँगै कुरा राख्छु ।’

तर, अमेरिकाबाट फर्केको केही समयपछि नै बीपीको निधन भयो ।

चन्द्रशेखरले दिए मण्डेलाको उपाधि

भारतमा उनले त्यतिबेलाका चर्चित नेता चन्द्रशेखरलाई भेटे । भेटमा चन्द्रशेखरले यति धेरै आत्मीयता दर्साए कि सगौरव ‘नेल्सन मण्डेला अफ एसिया’ भनेर उपाधि नै दिए ।

०४६ सालको आन्दोलन हुनुपूर्व जेलबाट छुटेपछि नेपालमा हुन लागेको जनआन्दोलनमा समर्थन जुटाउन उनी भारत गए । भारतमा उनले त्यतिबेलाका चर्चित नेता चन्द्रशेखरलाई भेटे । भेटमा चन्द्रशेखरले यति धेरै आत्मीयता दर्साए कि सगौरव ‘नेल्सन मण्डेला अफ एसिया’ भनेर उपाधि नै दिए ।

बहुदल आएपछि झापा विद्रोहका नायकहरुको सम्मानमा एउटा कार्यक्रम राखिएको थियो । त्यसको प्रमुख अतिथि सर्वोच्च नेता गणेशमान सिंह थिए । अधिकारीलाई सम्मान गर्दै गणेशमानले भने– ‘मोहनचन्द्र नेपालका नेल्सन मण्डेला हुन् ।’ त्यसपछि त्यो उपाधि सबका मुखमा झुण्डिन थाल्यो । अहिलेसम्म पनि मानिसहरु उनलाई ‘नेल्सन मण्डेला’ उपनामले चिन्छन् । ‘तर, अहिले मलाई यो सम्मान भारी हुन लागेको छ’, उनी भन्छन् ।

जीवनको सम्पूर्ण कालखण्ड कम्युनिस्ट आन्दोलनमा बिताएका अधिकारी आफ्नो विगतप्रति गौरव गर्छन् । भन्छन्– ‘जब म आफ्नो विगतलाई फर्केर हेर्छु, गौरवबोध हुन्छ । किनकि, मैले कुनै त्रुटि र कमजोरी गरिनँ ।’ नेपालको संविधानलाई प्रगतिशील नठान्ने अधिकारीको नेपालका राजनीतिक दलहरुप्रति एउटै आग्रह छ– ‘अब नेपाललाई जोगाउने हो भने सबै राजनीतिक दलहरुले एउटै दृष्टिकोण राखेर काम गर्नुपर्छ ।’

4 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार