Presidential

एमाले वरिष्ठ नेता नेपाल र भारतीय राजदूत रायबीच के–के भयो कुराकानी ?

एमाले वरिष्ठ नेता नेपाल र भारतीय राजदूत रायबीच के–के भयो कुराकानी ?

२४ भदौ । भारतीय राजदूत रणजीत रायले पूर्वप्रधानमन्त्री एवम् एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेका छन् ।

शुक्रबार साँझ पूर्वप्रधानमन्त्री नेपालको निवास, कोटेश्वर पुगेका रायले नेपालको पछिल्लो राजनीतिक अवस्था, नेपालका प्रधानमन्त्री प्रचण्डको आसन्न भारत भ्रमण तथा द्विपक्षीय सम्बन्धलगायतका विषयमा कुराकानी गरेको नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।

भेटमा भारतीय राजदूत रायले नेपाल र भारत बीचको सम्बन्धलाई नयाँ उचाइँमा लैजान के गर्नुपर्छ भन्ने बारेमा पनि कुराकानी गरेका थिए । भेटवार्तामा रायले नेपालका प्रधानमन्त्रीको आसन्न भ्रमणले दुइ देश बीचको सम्बन्धलाई थप बलियो बनाउन योगदान दिने विश्वास व्यक्त गरेका थिए । उनले भारत नेपालको प्रगति एवम् नेपाली जनताको समृद्धिको पक्षमा रहेको उल्लेख गरेका थिए । उनले नेकपा (एमाले)सँगको सम्बन्धलाई सुमधुर बनाउन भारतले चाहेको बताएका थिए ।
पूर्वप्रधानमन्त्री नेपालले नेपाल–भारत सम्बन्धका ऐतिहासिक पक्षको चर्चा गर्दै पारस्परिक लाभ र सम्मानको आधारमा यो सम्बन्धलाई थप प्रगाढ बनाउनुपर्ने कुरा उल्लेख गरेका थिए ।

3 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार