Presidential

अप्रत्याशित परिवेशमा मर्न सक्छु तर पनि मेरो जीवन सार्थक र पूर्ण नै हुनेछ

अप्रत्याशित परिवेशमा मर्न सक्छु तर पनि मेरो जीवन सार्थक र पूर्ण नै हुनेछ

जीवनका ६२ वसन्त फर्केर हेर्दा रोमाञ्चक अनुभूति हुन्छ । एउटा मध्ययुगीन प्रकृतिको परिवेशमा जन्मी÷हुर्की देशको सर्वोच्च कार्यकारी पद प्रधानमन्त्रीसम्म बनेँ र त्यही क्रममा विश्वका अत्यन्तै विकसित मुलुकहरू, तिनको अर्थतन्त्र, संस्कृति, सभ्यता हेर्ने अवसर पनि पाएँ । ठूला देशका ठूला नेताहरूसँग कुम जोड्ने मौका पाएँ । त्यसरी हेर्दा सामान्य गोठालोदेखि एक जना ‘आर्किटेक्ट प्लानर’ हुँदै प्रधानमन्त्रीसम्मको यात्रा र फेरि अहिले यो समाजलाई नयाँ ढङ्गले रूपान्तरण गर्छु भनेर नयाँ शक्ति निर्माण गर्दै अगाडि बढ्ने यात्रासम्म आइपुग्दा जीवन अत्यन्तै विविधतापूर्ण र सामान्य मान्छेका रूपमा पूर्ण पनि अनुभूति हुन्छ ।

अहिले मैले नयाँ शक्ति, नेपालमार्फत पिछडिएको देशलाई आफ्नो जीवनको अन्तिम बिन्दुसम्म एउटा समृद्ध नेपाल बनाउने सपना देखेको छु । एउटा विपन्न परिवेशमा म हुर्किएँ । अत्यन्त पिछडिएको अवस्था पनि मेरो दिमागमा नाचिरहन्छ । सामान्य औषधि पनि खान नपाएको, झाडापखालाले ज्यान गएको सन्दर्भदेखि प्रधानमन्त्री हुँदा र विभिन्न देश भ्रमण गर्दा खास गरी राष्ट्रसङ्घ, रियो, नाम, सार्क सम्मेलनमा विश्वका नेताहरूसँगको कुराकानी सम्झिँदा र अहिले फेरि दीनहीन अवस्थामा रहेको देशलाई समृद्धिको दिशामा लिएर जानुपर्छ भनेर जगैदेखि नयाँ यात्रा सुरु गरेको पाउँदा आफ्नो जीवनको विविधताप्रति रोमाञ्चक अनुभूति हुन्छ ।

६२ वर्षमा जे जति जीवनका उतारचढाव देखेको छु, अनुभूति सँगालेको छु, त्यो एउटा सामान्य मान्छेका निम्ति सन्तोषकै विषय हुन्छ । जस्तोसुकै परिवेश होला, म सडकमै मरुँला, भोकै मरुँला तैपनि मेरो जीवन सुखद अनुभूतिसाथै अन्त्य हुन्छ भन्ने मलाई लाग्छ ।

जीवन अन्त्यमा गएर कहाँ टुङ्गिन्छ, थाहा छैन । देशका निम्ति केही उपलब्धि हासिल गरेर, जनताको माया पाएर म सन्तोषपूर्वक मर्न पनि सुक्छु अथवा अप्रत्याशित परिस्थिति जन्मेर भिन्न परिवेशमा मर्न पनि सक्छु । जुन ढङ्गले मरे पनि मेरो जीवन सार्थक र पूर्ण नै हुनेछ भन्ने मेरो अनुमान छ । ६२ वर्षमा जे जति जीवनका उतारचढाव देखेको छु, अनुभूति सँगालेको छु, त्यो एउटा सामान्य मान्छेका निम्ति सन्तोषकै विषय हुन्छ । जस्तोसुकै परिवेश होला, म सडकमै मरुँला, भोकै मरुँला तैपनि मेरो जीवन सुखद अनुभूतिसाथै अन्त्य हुन्छ भन्ने मलाई लाग्छ ।

जे होस्, ६२ वर्षलाई फर्केर हेर्दा मेरो जीवन, व्यक्तिगत बाबुरामको जीवन मात्र नभएर दोस्रो विश्वयुद्धलगत्तै सन् १९५० को दशकदेखि अहिले २१औँ शताब्दीको दोस्रो दशकसम्म नेपालको तीव्र परिवर्तनको यात्रा र त्यसका प्रतिविम्बन हुन् भन्ने ठान्छु । म यो कालखण्डको एउटा प्रतिनिधि पात्र हुँ । जसले भर्खर राणा शाही अन्त्य भएको, सामन्ती निरङ्कुशता, पछौटेपन व्याप्त रहेको समाज हुँदै आधुनिक लोकतन्त्र, गणतन्त्र, संविधानसभामार्फत एउटा नयाँ युगमा प्रवेश, आर्थिक विकास र समृद्धिको नयाँ यात्रा सुरुआतसम्मको यो चरण मेरो जीवनको मात्रै यात्रा नभएर नेपाली समाजको यात्रा हो । त्यस अर्थमा पनि म आफूलाई भाग्यमानी ठान्छु ।

म आज फेरि एकचोटि आफ्ना ती पुराना दिनलाई सम्झिरहेको छु । गोरखाको खोप्लाङ वडा नम्बर ४, बेलवास गाउँमा रहेको मेरो पुर्खौली घर, २०७२ वैशाख १२ को भूकम्पले जर्जर बन्यो र बस्न योग्य छैन तर त्यो घर उभिइरहेको छ । म जन्मेको तीन वर्ष भएपछि बनेको त्यो घरमा मेरो बाल्यकाल बितेको थियो । त्यो घरको बार्दलीमा म सुत्थेँ । पूर्व र दक्षिण फर्केको चौकोसनेर मेरो बिछ्यौना हुन्थ्यो । त्यसको छेउबाट म दूरक्षितिज र आकाशतिर फर्केर कल्पना गर्थें, ‘यो ब्रह्माण्ड कसरी बन्यो ? तारा, सौर्यमण्डल के हुन् ? यो पृथ्वी, मानव जाति कसरी सृष्टि भयो ? मान्छेले के गर्नुपर्ने होला ?’ बाल मस्तिष्कमा यस्ता प्रश्न उठ्थे । आज त्यो बार्दलीमा फर्केर सोच्दा जीवन त आफूले परिकल्पना नगरिएका कुराहरूसँग जुध्दै, असहज परिस्थितिहरूसँग सङ्घर्ष गर्दै अगाडि बढ्ने एउटा यात्रा पो रहेछ भन्ने मलाई अनुभूति हुन्छ । मेरो जीवन औसत नेपालीको भन्दा बढी विविधतापूर्ण रह्यो । मानव जातिले यति धेरै विकास र समृद्धि त ग¥यो तर संसारमा जुन ढङ्गको असमानता अहिले पनि व्याप्त छ, संसारको ठूलो भूभाग अहिले पनि गरिबी र पछौटेपनबाट आक्रान्त छ र नेपाल पनि विपन्न मुलुकमा पर्छ । त्यसैले मेरो जीवनको अन्तिम कालखण्डमा यो देशलाई समृद्धिको एउटा चरणसम्म प्रवेश गराउन योगदान गर्न सकेँ भने जीवनको सार्थकता रहन्छ ।

विभिन्न राजनीतिक यात्रा हुँदै मुख्यतः १० वर्षको जनयुद्धका क्रममा पुरानो सत्तालाई भत्काएर संविधानसभामार्फत लोकतान्त्रिक गणतन्त्र घोषणा गर्ने ठाउँसम्म पु-याउने योगदान गर्ने अवसर पाएँ । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको सभापतिको हैसियतमा औपचारिक ढङ्गले पनि संविधान लेख्ने अवसर पाएँ । त्यसले नेपाली इतिहासको एउटा कालखण्ड पूरा ग-यो ।

आधुनिक शिक्षा नभएको बेलवासमा जन्मी दुई घन्टा हिँडेर पुगिने ठाउँबाट आधुनिक शिक्षा लिएँ र २०२६ सालमा बोर्ड फस्ट भएपछि छात्रवृत्ति पाएर पढ्ने र आर्किटेक्ट प्लानर बन्ने अवसर पाएँ । त्यही क्रममा नै देशलाई लोकतान्त्रिक परिवर्तन र कम से कम लोकतान्त्रिक गणतन्त्रसम्म पु-याउनुपर्छ भन्ने सोचका साथ प्राविधिक विषय पढेको मान्छे राजनीतितर्फ लागेँ । विभिन्न राजनीतिक यात्रा हुँदै मुख्यतः १० वर्षको जनयुद्धका क्रममा पुरानो सत्तालाई भत्काएर संविधानसभामार्फत लोकतान्त्रिक गणतन्त्र घोषणा गर्ने ठाउँसम्म पु-याउने योगदान गर्ने अवसर पाएँ । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको सभापतिको हैसियतमा औपचारिक ढङ्गले पनि संविधान लेख्ने अवसर पाएँ । त्यसले नेपाली इतिहासको एउटा कालखण्ड पूरा ग-यो ।

000

त्यतिबेलासम्म त म बाँचुला-नबाँचुला तर हाम्रो भावी पुस्ताले नेपाल नाम गरेको यो भूभाग विश्वकै सबैभन्दा विकसित, समृद्ध र सुन्दर देश भएको देख्न सक्छन् । त्यसैले मैले अहिले जीवनको ६२ वर्ष पार गरेपछि फर्केर हेर्दा र आगामी दिनको आफ्नो मार्गचित्र मोटामोटी कोरेर हेर्दा मलाई सन्तोषकै अनुभूति हुन्छ । मैले जीवनमा पश्चात्ताप गर्नुपर्ने कुनै पनि काम गरेजस्तो लाग्दैन । हुन त म कुनै भगवान् होइन, भौतिकवादमा विश्वास राख्ने साधारण मानिस भएकाले कमी–कमजोरी अवश्य होलान् । तर, ६२ वर्ष मैले इमानदारीपूर्वक नै बिताएको छु र मेरो चाहना छ– बाँकी जीवन पनि निजी स्वार्थका लागि नभई सामाजिक हितका निम्ति लगाउन सकूँ ।

कतिपय मानिसले बडो कटु टिप्पणी पनि गर्छन् । म एउटा सामान्य किसान परिवारबाट आएको मान्छे, एउटा औसत जीवन बिताएको मान्छे, मैले चाहेको भए निजी सुख र निजी सम्पत्ति आफ्नै श्रमबाटै आर्जन गर्न सक्थेँ तर मैले त्यो बाटो रोजिनँ र परिवारलाई पनि एउटा सामान्य ढङ्गले जनताको सेवामा नै लगाउने वातावरण बनाएँ । मेरो परिवार पत्नी हिसिला यमी र छोरी मानुषीले जीवनको यात्रामा साथ दिँदै आए । उनीहरूले पनि सुख र समृद्धि निजी स्वार्थको बाटोभन्दा देश र जनताको सेवामा नै लगाउने समर्पण गरे । त्यसैले अहिले हामीसँग कुनै भौतिक सुखसुविधा छैन । हाम्रो कुनै धनसम्पत्ति केही छैन ।

गोरखाको पैतृक सम्पत्ति जनयुद्ध सुरु गर्ने क्रममा बेचेर हिँड्यौँ । छोरी मानुषीको अंशमा खेतबारी छ । लालपुर्जा खाली गर्न हुन्न भनेर मात्र गोरखाको बेलवास गाउँमा दुई रोपनी पाखो जग्गा मात्र मसँग छ । त्यसभन्दा बाहेक मेरो सम्पत्ति केही छैन । अर्थमन्त्री, सभासद्, प्रधानमन्त्री हुँदा प्राप्त गरेको बेतन र भत्ताबाट जोगाइएको केही रुपियाँ बैंकमा छ । त्यसबाहेक मेरो आफ्नो सम्पत्ति छैन ।

हिसिला यमी एउटा सहरी परिवारमा हुर्केकी महिला, पैतृक सम्पत्तिका रूपमा केही प्राप्त गर्नुभएको थियो । यस्तै जनयुद्धमा लाग्नुभन्दा पहिले इन्जिनियरिङ क्याम्पसमा प्रध्यापन गर्ने क्रममा र प्राइभेट कन्सल्टेन्सी गरेर जोगाएको पैसाले कोटेश्वरमा घर बनाउनुभएको थियो । तर, जनयुद्धका क्रममा त्यो पनि बेचेर हिँडियो । हाम्रो कुनै घरबार छैन । हामी काठमाडौँमा डेरामा बस्छौँ ।

हिसिला यमी एउटा सहरी परिवारमा हुर्केकी महिला, पैतृक सम्पत्तिका रूपमा केही प्राप्त गर्नुभएको थियो । यस्तै जनयुद्धमा लाग्नुभन्दा पहिले इन्जिनियरिङ क्याम्पसमा प्रध्यापन गर्ने क्रममा र प्राइभेट कन्सल्टेन्सी गरेर जोगाएको पैसाले कोटेश्वरमा घर बनाउनुभएको थियो । तर, जनयुद्धका क्रममा त्यो पनि बेचेर हिँडियो । हाम्रो कुनै घरबार छैन । हामी काठमाडौँमा डेरामा बस्छौँ । जीवन यापन गर्न पुग्ने प्रकृतिको पनि छैन सम्पत्ति । अहिलेसम्म त हामी पार्टी सङ्गठनकै भरमा बाँच्यौँ । तर, आगामी दिनमा हाम्रो निजी सम्पत्तिको त्यस्तो कुनै स्रोत पनि छैन ।

तर पनि हामीले देश र जनताका निम्ति जीवन सुम्पेको हुनाले त्यसमा कुनै दुःख नमानी अगाडि बढिरहेका छौँ । देश र जनताका निम्ति सम्पूर्ण कुरा त्यागेर अगाडि बढ्दा पनि केही मानिसले अत्यन्त न्यून स्तरमा ओर्लिएर हिसिला यमीको आचरणबारे जुन टीका–टिप्पणी गर्छन्, त्यसले मलाई दुःखी बनाउँछ । उहाँलाई जसरी बदनाम गरेर भ्रष्ट महिलाका रूपमा चित्रण गर्ने गर्छन्, त्यो यथार्थ होइन । किनभने, जोसँग म ३५ वर्ष सँगै बसेको छु, उहाँको कति सम्पत्ति छ, त्यो मलाई सबै थाहा छ । हामीले स्वैच्छिक ढङ्गले राजनीतिको बाटो रोजेका हौँ । त्यसैले हामीलाई कुनै प्रकारको पश्चात्ताप छैन । बाँकी जीवन पनि दुःखमै बेहोरेर जाने हाम्रो सङ्कल्प छ । हामीलाई कुनै ऐश–आराम चाहिएको पनि छैन । हामी देशका निम्ति निस्वार्थ ढङ्गले काम गर्न चाहन्छौँ । समाज र देशलाई आघात पर्ने प्रकृतिका कुनै पनि काम, अनैतिक काम, भ्रटाचारजन्य काम नगरौँ, यो हाम्रो सङ्कल्प छ । त्यसैले यी बाँकी दिनमा भौतिक दुःख जेजस्ता आए पनि बेहोरेर अगाडि बढ्ने अठोट छ ।

जीवनको अन्तिम कालखण्डसम्म देश र जनताका निम्ति आफ्नो सम्पूर्ण शक्ति लगाउन सकौँ । संसारबाट बिदा हुने बेलामा म जन्मेको बेलाभन्दा यो समाजलाई, मानवजातिलाई एक कदम भए पनि अगाडि बढेको देख्न पाऊँ । म जन्मेको भूमिलाई समृद्ध भएको देख्न पाऊँ, यो नै मेरो सपना छ ।

एउटा उच्च नैतिक धरातल कायम रहोस्, देश र जनताका निम्ति सेवा गर्न पाइयोस्, जनताको माया निरन्तर पाइयोस् भन्ने चाहना छ । जतिसुकै निस्वार्थी मान्छेले पनि, सबै भौतिक सुखसुविधा त्याग्दा पनि, जनताबाट मायाको अपेक्षाचाँहि गर्छ, आफैँमाथि पनि न्यायको अपेक्षा गर्छ । जनताबाट माया र सत्यतथ्यमा आधारित न्याय मात्रै मेरो चाहना छ । जीवनको अन्तिम कालखण्डसम्म देश र जनताका निम्ति आफ्नो सम्पूर्ण शक्ति लगाउन सकौँ । संसारबाट बिदा हुने बेलामा म जन्मेको बेलाभन्दा यो समाजलाई, मानवजातिलाई एक कदम भए पनि अगाडि बढेको देख्न पाऊँ । म जन्मेको भूमिलाई समृद्ध भएको देख्न पाऊँ, यो नै मेरो सपना छ ।

अनिल थापाद्वारा लिखित पुस्तक ‘अबिराम बाबुराम’बाट

7 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार