Presidential

प्रधानमन्त्री को हुने भन्ने बहस निरर्थकः नेपाल

प्रधानमन्त्री को हुने भन्ने बहस निरर्थकः नेपाल

madhav_nepal

काठमाडौ, ९ बैशाख । नेकपा (एमाले)का बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सबैले मिलेर मुलुकको समस्या हल गर्नु पर्ने बताएका छन । राजधानीमा बिहिबार आयोजित पत्रकार सम्मेलन एवम अन्र्तक्रिया कार्यक्रममा उनले मुलुकको समस्या समाधान गर्न सबैले देश र जनतालाई केन्द्रमा राखेर सबै लचक भएर प्रस्तुत हुनु पर्ने सुझाव दिए ।

नेता नेपालले मुलुकमा अहिले प्रधानमन्त्री को हुने भनि बहस गर्नु भन्दा पनि भ्रष्टाचार, ढिलासुस्ती अन्त्य गरेर विकसित आधुनिक प्रविधि भित्राएर समृद्ध नेपाल बनाउन तर्फ सबै लाग्नु पर्ने बताए । उनले सरकारले अपाङगता भएका ब्यक्तिको क्षमता विकासकोलागि विकास गरिएका प्रविधिलाई राज्यले मान्यता दिए मुलुकका अपाङता भएका ब्यक्तिको क्षमता विकासमा भूमिका खेल्न सकिने भन्दै यो उनीहरुको हक अधिकारको विषय भएको बताए ।

संविधानले अपाङगता भएकाहरुलाई विशेष पहिचान दिएकोले अब यसको कार्यान्वयनमा लाग्नु पर्ने भन्दै अपाङता भएकाले राज्यले दिनु पर्ने सुविधाबाट बञ्चित हुने र उपेक्षा महसुस गर्न नहुने बताए । नेपालले अपाङता हुँदैमा जीवन सकिने धारणाको सस्थाका अध्यक्ष विरेन्द्र राज पोख्रेलले अन्तर्राष्ट्रिय स्तरमा दुई वटा पुरस्कार प्राप्त गरेको घटनाले अत्य गरेको भन्दै अपाङता भएका ब्यक्तिको प्रगति मुलुकको गौरब भएको बताए ।

उनले अन्तर्राष्ट्रिय स्तरमा पोख्रेलको क्षमता पुरस्कृत भए पनि नेपाल सरकारले सम्मान गर्न नसक्नु दुखद भएको भन्दै आफूले यस विषयमा कुरा उठाउने प्रतिबद्धता ब्यक्त गरे । सूचना तथा सञ्चार प्रविधिको उचित उपयोगबाट अपाङता भएका ब्यक्तिहरुलाई समेत विकास प्रक्रियामा समावेशिकरण गराउन सस्थाले अवलम्बन गरेको आंकिक सुगम सूचना प्रविधि डेजीको अवलम्बन र प्रर्वद्धन गरेकोमा हालै लण्डन पुस्तक महोत्वसमा पहुँच यूक्त परिसंघ विशिष्ट अन्तर्राष्ट्रिय पुरस्कार र अष्ट्रीयाको भियनामा समावेशी शिक्षा र सूचना प्रविधिको प्रयोग बारे सृजनशिल अभ्यासकोलागि विशिष्ट अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको थियो ।

अन्र्तक्रियामा कार्यपत्र प्रस्तुत गर्दै पोख्रेलले सस्थाले आंकिक श्रब्य पुस्तक र ट्याब्लेटप्रयोगबाट शैक्षिक क्रियाकलाप अगाडि बढाईरहेको जानकारी दिदै सस्थाले डेजी र ईपब प्लाटफर्ममा श्रब्यपुस्तक निर्माण र वितरण एवम. एन्ड्रोईडको प्रयोगबाट श्रब्य पुस्तक पढ्ने अभ्यासको प्रबोधिकरण गर्दै आईरहेको बताए ।

उनले सस्थाको सृजनशिल अभ्यासलाई सरकारी कार्ययोजनामा समावेश गरे संविधान प्रदत्त शिक्षा प्राप्तिको अधिकारलाई सुनिश्चित गर्न सकिने भन्दै यसकोलागि सबैसँग आब्हान गरे ।  पोख्रेलकी विद्यावारिधी ईन्स्टक्टर प्राडा मंगलादेवी श्रेष्ठले आफ्नो विद्यार्थीले अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको विषयले आफूलाई गौरबान्वित पारेको भन्दै यस्तो विद्यार्थीको विद्यावारिधी गराउन पाउँदा आफू अझै गौरवान्वित भएको बताईन ।

2 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार