Presidential

काश्मिरको सैनिक प्रमुख कार्यालयमा आक्रमण, १७ सैनिकको मृत्यु

काश्मिरको सैनिक प्रमुख कार्यालयमा आक्रमण, १७ सैनिकको मृत्यु

२ असोज । भारत अधिनस्थ काश्मिरमा रहेको सैनिक प्रमुख कार्यालयमा आइतबार आतङ्ककारीद्धारा भएको आक्रमणमा परी १७ सेनाले ज्यान गुमाएका छन् । सैनिकको उत्तरी कमाण्डले सो जानकारी दिएको छ ।

यस आक्रमणको क्रममा उरीस्थित सेनाले गरेको जावाफी कारबाहीमा चार आतङ्ककारीको पनि मृत्यु भएको छ ।

यस आक्रमणमा १७ सैनिकले आफ्नो बलिदान दिएको सैनिकको उत्तरी कमाण्डद्धारा ट्वीटरमार्फत जानकारी दिएको छ ।

भारत अधिनस्थ काश्मिरको प्रमुख सहर श्रीनगरबाट १ सय किलोमिटर पश्चिममा यस उरी क्षेत्र पर्ने बताइएको छ । एजेन्सी

1 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार