Presidential

आइक्यानमा यसरी भयो भ्रष्टाचार

आइक्यानमा  यसरी भयो भ्रष्टाचार

icanकाठमाडौं । नेपाली लेखा व्यवसायीहरूलाई नियमन गर्ने निकाय नेपाल चार्टर्ड एकाउन्टेन्टस संस्था (आइक्यान) मा सार्वजनिक खरिद ऐनविपरीत काम भएको पाइएको छ । विद्यार्थीलाई दिइने सूचना प्रविधिको तालिमसम्बन्धी कामलाई लिएर सार्वजनिक खरिद ऐनविपरीत काम भएको सरोकारवालाको आरोप छ ।

प्रक्रिया र नियमविपरीत काम तालिम सञ्चालन गर्ने संस्था छनोट भएपछि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था आइक्यानमा भ्रष्टाचार भएको शंका गरिएको छ । त्यति मात्र होइन, संस्थाका अध्यक्ष प्रकाश लम्सालको कामप्रति रुष्ट केही कर्मचारीहरूले यस विषयलाई लिएर अख्तियारको ढोका ढकढकाउने तयारीसमेत गरिरहेको बताइएको छ ।

आइक्यानले केही समयअगाडि सूचना प्रविधि तालिम सञ्चालन गर्न भन्दै विभिन्न संस्थाबाट सिलबन्दी दरखास्त आह्वान गरेको थियो । उक्त संस्थामा चार्टड एकाउन्टेन्सी (सीए) अध्ययन गर्ने विद्यार्थीहरूले सूचना प्रविधि तालिम लिनुपर्ने व्यवस्था छ । आइक्यानले गरेको सोही आह्वानबमोजिम विभिन्न संस्थाहरूले उक्त तालिम सञ्चालन सिलबन्दी दरखास्त आवेदन दिएकोमा काठमाडौं नयाँ बानेश्वरस्थित प्राइम मल्टिपल एजुकेसन फाउन्डेसनले सबैभन्दा कम दरभाउ आइक्यानमा पेस गरेको बताइन्छ ।

सोही दरभाउबमोजिम प्राइम मल्टिपल एजुकेसन फाउन्डेसनलाई नै उक्त कामको जिम्मा दिएको भन्दै गत फागुन २३ गतेदेखि तालिम सञ्चालन गर्न तयार रहन संस्थाबाट मौखिक जानकारीसमेत आइसकेको प्राइम मल्टिपल एजुकेसन फाउन्डेसनको दाबी छ । तर, रातारात उक्त निर्णयलाई परिवर्तन गरेर आइक्यानले आफ्ना विद्यार्थीहरूलाई सूचना प्रविधिको तालिम लिन कम्प्युटर पोइन्ट नेपाल ९सीपीएन० नामक संस्थामा पठाएको छ । उक्त काम सार्वजनिक खरिद ऐनविपरीत भएको सरोकारवालाहरूको गुनासो छ । आइक्यानका एक कर्मचारी भन्छन्, ‘प्राइम मल्टिपल एजुकेसन फाउन्डेसनलाई काम दिने पक्कापक्की भइसकेको थियो ।

आइटी विभागवाट पनि प्राइमलाई नै काम दिने सिफारिस भएको थियो । तर, कार्यकारी समितिमा उक्त सिफारिसको फाइल पुगेपछि निर्णय एकाएक उल्टिएको थियो ।’ आइक्यान अध्यक्ष लम्सालले सीए कोर्स पढाउने कोचिङ सेन्टरसँग निकट भएकाले नियोजित रूपमै प्राइमलाई उक्त काम नदिने चालबाजी रहेको आरोप छ । यही विषयलाई लिएर आइक्यानका अध्यक्षसँग रुष्ट भएका केही कर्मचारी आइक्यानविरुद्ध अख्तियारमा उजुरी दिने तयारीसमेत गरिरहेका छन् ।

स्रोतका अनुसार आइक्यान संस्थाभित्र यही कुरालाई लिएर मोटो रकमको चलखेलसमेत भएको छ । यता, प्राइम मल्टिपल एजुकेसन फाउन्डेसनका अध्यक्ष नवराज बुर्लाकोटीले यसबारे आफूहरूले पनि आइक्यानमा सोधखोज गरिरहेको बताएका छन् ।’ तर, अध्यक्ष लम्सालले भने कसैलाई टेन्डर दिइनसकेको र हाल प्रक्रिया रोकिएको स्पष्ट गरे । उनले ठूलो विषय नभए पनि केही व्यक्तिहरूले निकै ठूलो विषय बनाएर आफ्नो चरित्र हत्या गर्ने प्रयास गरेको बताए ।

यही चैत २३ गते तालिम सञ्चालन गर्न तयारी गर्नू भन्ने जानकारी दिएको तर अन्तिम समयमा विद्यार्थी अन्तै पठाइएको भन्दै प्राइम मल्टिपल एजुकेसन फाउन्डेसनले गुनासो गरेको छ । नियमअनुसार आफूले पाउने काम अरूलाई दिनुमा आर्थिक चलखेल भएको उनीहरूको आशंका छ । आइक्यानमा नियमविपरीत काम गरेको भन्दै अख्तियारमा उजुरी परेपछि अध्यक्ष लम्साल तनावमा रहेको बताइन्छ ।

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार