Presidential

पूर्वी भारतमा बस दुर्घटना दशको मृत्यु, बीस ‘वेपत्ता’

पूर्वी भारतमा बस दुर्घटना दशको मृत्यु, बीस ‘वेपत्ता’

३ असोज । भारतीय पूर्वी राज्य विहारमा करिब ६५ जना यात्रारत एक बस पोखरीमा खस्दा १० जनाको मृत्यु भएको छ भने २० जना अन्य पोखरीमा डुबेर बेपत्ता भएको आशङ्का रहेको यहाँका उच्चप्रहरी अधिकारीले सोमबार बताएका छन् ।

विहारको मधुवनी जिल्लाको बासैथामा गुडिरहेको बसले नियन्त्रण गुमाएपछि पोखरीभित्र खस्न पुगेको प्रहरीले बताएको छ ।

प्रहरीले स्थानीयको सहयोगमा १० जनाको शव पोखरीबाट बाहिर निकालेको छ भने अझै २० जना पोखरीभित्र रहेको हुनसक्ने बताइएको छ ।

विहार राज्यका मुख्यमन्त्री नितिश कुमारले घटनाप्रति दुःख व्यक्त गर्दै उक्त घटनाको छानबिन गर्न तत्काल छानबिन समिति बनाउन निर्देशन दिएका छन् ।

भारतमा हरेक वर्ष सडक दुर्घटनामा परी एक लाख ५० हजार मानिसले अकालमा ज्यान गुमाउने गरेको भारतीय तथ्याङ्क छ । रासस

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार