Presidential

परराष्टमन्त्री महत पनि म्यानहटन पुगे नेपथ्यको प्रस्तुति हेर्न

परराष्टमन्त्री महत पनि म्यानहटन पुगे नेपथ्यको प्रस्तुति हेर्न

न्यूयोर्कको म्यानहटन सेन्टरमा नेपथ्य प्रस्तुत भयो । ‘सन्तानहरु कहाँ पुग्छन्, खोलाहरु जस्तो, आमा हुनु साह्रै असजिलो छ’ कवि तीर्थ श्रेष्ठको गीतबाट आफ्नौ प्रस्तुति सुरु गर्दा अमेरिकाकै सर्वाधिक व्यस्त क्षेत्रमा रहेको म्यानहटन हलमा उपस्थित सबै संगितमा डुबेका थिए ।

प्रस्तुतिका क्रममा लाखौँ श्रोताले मनपराउँदै आएको ‘भेँडाको उनजस्तो,’, ‘छेक्यो छेक्यो’, ‘लामपाते सुरती’, ‘चरि म¥यो’ जस्ता गीतहरुबाट नेपथ्यले सबैको मन छोयो । ‘जोमसोमे बजारमा’ गीत गाउँदा हल नै गुञ्जायमान भएको थियो । नेपथ्यका अगुवा गायक अमृतले माहोललाई एकैछिन शान्त बनाएपछि सोधेका थिए । ‘तपाईहरु जोमसोम जानुभएको छ ?’ त्यसपछि उनले गीतमा भनिएको बाह्र बजेको हावाले के अर्थ दिन्छ भनेर सम्झाएका थिए ।

अमृतले कार्यक्रमकै बीचमा आफूलाई सबैभन्दा पहिले गर्वका साथ नेपाली भनेर चिनाउने गर्छु, त्यसपछि मात्र गुरुङ हुन्छु’ भन्दा सबैले ताली बजाएका थिए । कार्यक्रममा पत्रकार एवम् समाजसेवी रविन्द्र मिश्रले आफ्नो त्यही भावनासँग मिल्दोजुल्दो गरि एउटा गीत बनाएर पठाएकोमा असाध्यै खुशी लागेको जानकारी पनि अमृतले न्यूयोर्कका दर्शकहरुलाई बताए । कार्यक्रममा ‘तिमी पनि नेपाली, म पनि नेपाली…हामी नेपालीले पनि माहोल तताएको थियो ।

कार्यक्रम सकिएपछि नेपथ्यका सदस्यहरुले सामुहिक रुपमा दर्शकतर्फ झुक्दै अभिवादन गरे । तर, दर्शक जानै मानेनन् । एकोहोरो ‘वान्स मोर’को आवाज हलमा गुञ्जिरह्यो । त्यसपछि कलाकारहरु फेरि एकपटक मञ्चमा आउन बाध्य भए । सामान्यतया नेपथ्यको हरेक शो दुई घन्टाको निम्ति सेट हुने गरेको भए पनि न्युयोर्कमा साढे दुइ घन्टासम्म कलाकारहरुले विश्राम लिन पाएनन् ।

दर्शकदीर्घामा न्यूयोर्कभन्दा निकै पर बोस्टन र वासिंगटन डिसीदेखि पनि दर्शक आएका थिए । संयुक्त राष्ट्रसंघको महासभामा टोलीको नेतृत्वगर्दै भाग लिन अमेरिका पुगेका परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत र अमेरिकास्थित नेपालका राजदूत अर्जुन कार्की समेत कार्यक्रममा उपस्थित थिए ।

अक्टोबर १ तारिखका दिन अमेरिकाको ठीक अर्को (पश्चिमी)कुनामा रहेको प्रख्यात सहर सानफ्रान्सिस्कोमा नेपाली लोक रक सुनाउनका निम्ति ब्याण्ड त्यसतर्फ लागेको छ ।

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार