Presidential

जापानलाई ढुक्क भएर नेपालमा लगानी गर्न कमल थापाको आगह

जापानलाई ढुक्क भएर नेपालमा लगानी गर्न कमल थापाको आगह

११ असोज । राप्रपा नेपालका अध्यक्ष एवं पूर्वउपप्रधान तथा परराष्टमन्त्री कमल थापाले जापानका लागानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।

उनले लगानीका लागि नेपाल सुरक्षित रहेको भन्दै ढुक्क भएर लगानी गर्न आग्रह गरेका हुन् । जापानको इवाते प्रिफेक्चरका गर्भनर ताकुया तासुको निमन्त्रणमा गत शनिबार जापान पुगेका थापाले नेपाल–जापान कुटनितिक सम्बन्धको ६० औँ वर्ष पूरा भएको अवसरमा आयोजित विशेष कार्यक्रमलाई प्रमुख वक्ताको रुपमा सम्बोधन गरेका थिए ।

सम्बोधनका क्रममा उनले त्यस्तो राखेका हुन् । उनले आफ्नो सम्बोधनको क्रममा विशेषगरी गत बर्ष नेपालमा गएको महाभूकम्प, त्यसको प्रभाव र त्यसपछि पुर्ननिर्माणको अवस्था, देशको वर्तमान राजनीतिक परिस्थिति तथा नेपाल–जापान मैत्री सम्बन्धको विषयमा बोलेका थिए । भूकम्पपछि जापानले तत्काल नेपाललाई गरेको भौतिक तथा आर्थिक सहयोगको पनि उनले चर्चा गरे ।

उनले जापनमा पनि विभिन्न समयमा भूकम्प र सुनामीका कारण भएको प्राकृतिक क्षतिप्रति आफूहरु पनि उक्तिकै चिन्तित रहेको भन्दै प्रभावित क्षेत्रमा पुगेर पुर्ननिर्माण र विकासलाई हेर्ने र सिक्ने मौका यो भम्रणमा पाएको भनेका थिए ।

कार्यक्रममा सहभागी नेपाली तथा जापानीज विद्यार्थीहरुले राखेका विभिन्न जिज्ञासाहरुलाई पनि प्रमुख अतिथि थापाले सम्बोधन गरेका थिए । ५ दिने जापान भम्रण र भेटघाटपििछ थापा शुक्रबार नेपाल फर्किने कार्यक्रम छ ।

5 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार