Presidential

भारतलाई पाकिस्तानको अर्को चेतावनी, चलचित्र प्रदर्शनीमा रोक


भारतलाई पाकिस्तानको अर्को चेतावनी, चलचित्र प्रदर्शनीमा रोक

 १५ असोज  । भारत–पाकिस्तानको विवादले चर्को रुप लिएको छ । पाकिस्तनी दुई सैनिकको भारतीय सेनाले हत्या गरेपछि रुष्ट बनेको पाकिस्तानले आफ्नो देशमा हिन्दी चलचित्र प्रदर्शनमा   रोक लगाएको छ ।

त्यहाँको प्रदर्शन तथा वितरकहरुको सङ्घले पाकिस्तानभरी भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएको हो । पाकिस्तानको राजधानीसहित लाहोर, कराँची लगायतका मुख्य शहरमा भारतीय चलचित्रमा प्रतिबन्ध लगाइएको  स्थानीय सञ्चार माध्यमहरुले जनाएका छ ।

यसअघि गत बिहीबार भारतीय सिनेमाघरले समेत पाकिस्तानी चलचित्र नचलाउने घोषणा गरेका थिए । भारतमा रहेका पाकिस्तानी कलाकारलाई ४८ घण्टा भित्र मुलुक छाड्न भारतीय हिन्दुवादी संगठनले चेतावनी दिएको थियो । लाहोरस्थित हाइकोर्टमा भारतीय चलचित्रमाथि प्रतिबन्ध लगाउन माग गर्दै मुद्धा समेत दायर गरिएको छ भने सामाजिक सञ्जालबाट समेत भारतीय चलचित्र, गीत संगित हटाउन भन्दै पोष्ट गर्ने क्रम बढेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

यता भारतमा समेत पाकिस्तानी कलाकारको बिरोध चर्किएको छ । दुवै देशबीच जारी तनावका कारण घोषित यो निर्णयले दुवै मुलदुकका चलचित्र उद्योगले ठूलो घाटा व्यहोर्ने चलचित्र निर्माताले टिप्पणी गरेका छन् । यसैबीच संयुक्त राष्ट्रसंघले दुई मुलुकको नियन्त्रण रेखामाथी भारतले गरेको सर्जिकल कारवाहीप्रति प्रश्न उठाएको छ । सन १९७१ देखी राष्ट्रसंघले दुई मुलुकको नियन्त्रण रेखामा गरिएको युद्धबिराम सम्झौताको अनुगमन गर्दै आएको छ ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार