Presidential

पोर्चुगलका पूर्वप्रधानमन्त्री राष्ट्रसंघको महासचिव बन्दै

पोर्चुगलका पूर्वप्रधानमन्त्री राष्ट्रसंघको महासचिव बन्दै

२१ असोज । पोर्चुगालका पूर्व प्रधानमन्त्री एन्टोनियो गिट्रिज संयुक्त राष्ट्रसंघको महासचिव बन्ने सम्भावना बढेको छ । सुरक्षा परिषद्को बैठकमा १५ जना प्रतिनिधिहरुले गिट्रिजको पक्षमा सहमति जनाएपछि उनको सम्भावना बढेको हो ।

सुरक्षा परिषद्का १५ प्रतिनिधिको सहमतिसँगै अब गिट्रिजको महासचिव बन्ने प्रक्रिया सुरु हुनेछ । संयुक्त राष्ट्रसंघका लागि रुसका प्रतिनिधि विटलेनी चुरकिनले आफूहरुले सर्वसम्मत रुपमा गिट्रिजको नाममा सहमति जनाएको बताए । गिट्रिजले यसअघि करिब एक दशकसम्म संयुक्त राष्ट्रसंघको विस्थापितहरुको मामिलासम्बन्धी उच्चायुक्त रही काम गरिसकेका थिए ।

राष्ट्रसंघका वर्तमान महासचिव बान की मुनको कार्यकाल सन् २०१७ को सुरुमै समाप्त हुँदैछ ।

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार