Presidential

संयुक्त राष्ट्रसंघका महासचिवको आज घोषणा हुँदै

संयुक्त राष्ट्रसंघका महासचिवको आज घोषणा हुँदै

२७ असोज । संयुक्त राष्ट्रसंघको नयाँ महासचिवको बिहीबार औपचारिक घोषणा हुँदैछ । पोर्चुगलका पूर्वप्रधानमन्त्री एन्टोनियो गुटरेसको नाम बिहीबार बस्ने राष्ट्रसभाको बैठकले टुंग्याउने जनाइएको छ ।
बिहीबार राष्ट्रसंघमा आबद्ध १ सय ९३ देशका प्रतिनिधिहरु सम्मिलित सभाले महासचिवका लागि गुटरेसलाई चयन गर्ने बताइएको छ । १५ सदस्यीय सुरक्षा परिषद्ले यसअघि नै गुट्रेसलाई नियुक्त गर्नेबारे टुंगो लगाइसकेको थियो ।

राष्ट्रसंघको महासभाका अध्यक्ष पिटर थामसनले गत मंगलबार नै एउटा परिपत्र जारी गर्दै बिहीबार राष्ट्रसंघको महासचिवको घोषणा हुने उल्लेख गरेका थिए । गुटरेस राष्ट्रसंघको नवौं महासचिव बन्न लाग्दैछ । वर्तमान महासचिव बान की मुनको अवधि सन् २०१७ को सुरुमै सकिँदैछ ।

गुट्रेसले १ जनवरी २०१७ मा आफ्नो कार्यकाल सम्हाल्ने छन् । उनको कार्यकाल ३१ डिसेम्बर २०२२ सम्म रहने छ । गुट्रेस सन् १९९५ देखि २००२ सम्म पोर्चुगलका प्रधानमन्त्रीका रुपमा कार्यरत थिए भने २००५ देखि २०१५ सम्म उनी संयुक्त राष्ट्रसंघको उच्चायुक्तका रुपमा कार्यरत रहेका थिए ।

5 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार