Presidential

१४ वर्ष भन्दा कम उमेरमा इन्टरनेट चलाउँदा बढी जोखिम

१४ वर्ष भन्दा कम उमेरमा इन्टरनेट चलाउँदा बढी जोखिम

काठमाडौँः यदि तपाइका छोराछोरीले सानै उमेरमा इन्टरनेट चलाउछन् भने उनीहरुलाई इन्टरनेटमा राखिएको हुन सक्ने अश्लिल फोटो र भिडियोको बारेमा पहिलानै जानकारी गराउनु पर्छ ।

ब्रिटेनमा प्राध्यापकको एक संस्थाले केही समय अघि नै कुनै बच्चालाई इन्टरनेटको सुविधा दिइन्छ भने उनीहरुलाई त्यहाँ हुन सक्ने अश्लिल सामाग्रीका वारेमा पहिलानै जानकारी दिनु पर्ने बताएका छन् । नेशनल एसोसिएबन अफ हेड टीचर्स (एनएएचटी)ले इन्टरनेटमा राखिने अश्लील सामाग्री प्रति चिन्ता व्यक्त गरेको छ ।
संस्थाको महासचिव रसेल हाँबीले त्यतिबेलै जव बच्चाहरु इन्टरनेट चलाउन सुरु गर्छन तव उनीहरुलाई यी सामाग्रीका बारेमा जानकारी गराउनु पर्ने बताएका थिए । । एक विद्यालयका शिक्षक स्टीफेन वाट्किंसका अनुसानर ३ वर्षकै बच्चाहरुले कम्प्युटर र इन्टरनेट चलाउने गरेकाले यदी उनिहरुले यस्ता सामाग्री देखे नकारात्मक प्रभाव पर्न सक्ने बताउँछन् ।
आजभोली आमाबुवाले आफ्ना छोराछोरीको सानै उमेरमा फेसवुक अकाउण्ट खोलीदिने गरेको पाइन्छ, तर एनएएचटीले १४ वर्ष भन्दा कम उमेरका बाबालिकाले फेसवुक जस्ता सामाजिक सञ्जाल चलाउन नहुने बताएको छ । उनीहरुले १४ वर्ष भन्दा कम उमेरका बालबालीकाले समाजिक सञ्जाल चलाउनु भनेको उनीहरु समाजिक सञ्जालको नियम विपरित जानु हो र उनीहरु चाडै अश्लिल सामाग्रीको नजिक पुग्नु भएको बताएको छ । एनएएचटीले साना बालबालीकाका आमाबुबालाई छोराछोरीलाई सानै उमेरका फेसबुक जस्ता सामाजिक सञ्जाल चलाउने अनुमती नदिन आग्रह गरेको छ ।

7 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार