Presidential

विश्वास गर्नुहोस–वियरले क्यान्सर हुनवाट जोगाउँछ

विश्वास गर्नुहोस–वियरले क्यान्सर हुनवाट जोगाउँछ

काठमाडौँ। यदी तपाईले वियर पिउने गर्नुभएको छ भने त्यसले तपाईलाई हानी मात्र गर्दैन त्यसका केही फाइदा पनि छन् । एउटा अनुसन्धानले केही अघि यस्तै एउटा खुशीको खवर सार्वजनिक गरेको छ ।

अनुसन्धानले वियर पिउँदा क्यान्सरको सम्भावनालाई न्यूनीकरण गर्ने तथ्य फेला पारेको छ । उक्त अध्ययनले वियरसँग मासु खाँदा कार्सिनोजेन्स भन्ने तत्व ७० प्रतिशतले कम गराउने कुरा सार्वजनिक गरेको छ । कार्सिनोजेन्सलाई हेटेसोसाइक्लिक एमिन्स (एचसिए) भन्ने गरिन्छ ।

जुन तत्व मासु तार्दा उत्पादन हुने गर्छ । अनुसन्धानमा फेला परे अनुसार वियरमा पाइने सुगरले उक्त उत्पादलाई रोक्ने गर्छ । त्यसले क्यान्सरको खतरालाई कम गर्छ ।

त्यति मात्र होइन अनुसन्धानले वियर सेवनले मुटु बलियो बनाउँन सहयोग गर्ने कुरा पनि सार्वजनिक गरेको छ । तर, त्यसका लागि वियरको मात्र मिलाए खान भने जरूरी छ । त्यसैले स्वास्थ्यलाई राम्रो गर्छ भनेर अत्याधिक वियर सेवन नगर्दा नै राम्रो होला कि ?

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार