Presidential

रहिनन् सगरमाथा आरोही प्रथम महिला तावेई

रहिनन् सगरमाथा आरोही प्रथम महिला तावेई

७ कार्तिक । विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने पहिलो महिला जुनको तावेईको मृत्यु भएको छ । शनिबार जापानका सञ्चारमाध्यमहरुले ७७ वर्षिया पहिलो महिला सगरमाथा आरोहीको मृत्यु भएको जनाएका हुन् ।

पारिवारिक स्रोतलाई उद्धृत गर्दै जापानको सरकारी समाचार संस्था क्योडो र सरकारी टेलिभिजन एनएचकेले तावेईको जापानी सहर साइतामास्थित एक अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको जनाएका छन् । ‘पेरिटोनियल क्यान्सर’बाट ग्रसित भई तावेई विगत केही समयअघि बिरामी भएपछि उपचारका लागि भर्ना गरिएको थियो ।

उनले विश्वका महिलाको प्रतिनिधित्व गर्दै सबैभन्दा पहिले दक्षिणपूर्वी बाटोबाट सन् १९७५ मा सगरमाथाको सफल आरोहण गरेकी थिइन् । तावेईले विश्वको सर्वोच्च शिखर सगरमाथा, तान्जिनियाको किलिमान्जारो, अमेरिकाको माउन्ट म्याककिन्ली, अन्टार्टिकाको भिन्सन म्यासिफलगायत विश्वका दर्जनौँ उच्च शिखरको सफल आरोहण गरेको जनाइएको छ ।

उनले संसारको सर्वोच्च शिखरमाथि नेपाली शेर्पा पथप्रदर्शकको सहयोगमा नेपाली भूभागबाट विजय प्राप्त गरेपछि जापानी तथा अन्य देशका हिमालहरुको साहसिक तथा सफल आरोहणलाई निरन्तरता दिएकी थिइन् ।

तावेईले सन् २००३ मा एएफपीलाई अन्तर्वार्ता दिँदै भनेकी थिइन्, ‘मैले सगमाथामाथि विजय प्राप्त गरिसकेकाले अब स्वास्थ्य, समय र सम्पत्तिले साथ दिएमा आरोहण गर्नेछु’ । जापानी टेलिभिजन एनएचकेले बताएअनुसार तावेईले आफ्नो आरोहणको अन्तिम चुनौती जापानी विद्यार्थीसँग जुलाईमा माउन्ट फुजीको आरोहणका क्रममा सामना गरेकी थिइन् ।

6 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार