Presidential

अमेरिकामा निर्वाचनको तरङ्ग

अमेरिकामा निर्वाचनको तरङ्ग

७ कार्तिक । अमेरिकी राष्ट्रपतिको निर्वाचनले यस वर्ष विश्वकै ध्यान केन्द्रित गरेको छ । यहाँको प्रतिनिधि सभा र सिनेटमा कसले प्रभाव जमाउने भन्ने सवाल अहिले अर्काे चर्चाको बिषय हो । अमेरिकी कङग्रेसको निर्वाचन परिणामले अमेरिकी राष्ट्रपतिको एजेण्डा निर्धारण गर्ने हँुदा यसलाई पनि विशेष महत्वका साथ हेरिएको छ ।

अमेरिकामा राष्ट्रपतिसँग सम्पूर्ण शक्ति निहित हुन्छ । अमेरिकी एक सय सदस्यीय सिनेटले अन्तर्रा्ष्ट्रिय सन्धि, सम्झौता, राष्ट्रपतिको नियुक्ति र व्यवस्थापकीय प्रस्तावको निर्णय लिन्छ । अमेरिकी ४ सय ३५ सदस्यीय सदनसँग १ सय सदस्यीय सिनेटको बराबर शक्ति त हुँदैन तर ह्वाइट हाउस सिनेट र सदनमा उही दलको नियन्त्रणले अमेरिकी शासन प्रणाली दुर्बल देखिएको अवस्थामा पछिल्ला वर्षमा भने गत्यावरोधलाई सहजीकरण गरेको पाइन्छ ।

अमेरिकामा दलीय नीतिमा आधारित चुनाव हँुदैन त्यसकारण मतदाताहरूले कि सत्तासीन दललाई यसका उम्मेदवारहरू विरुद्ध मत दिएर दण्डित गर्छन् वा आफ्ना मत राष्ट्रपतीय उम्मेदवारमा एक जनालाई र कङ्ग्रेस उम्मेदवारको रुपमा अर्को दलका उम्मेदवारलाई विभाजित गरेर प्रतिनिधि छान्ने गर्दछन् ।

अमेरिकी रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पले केही महिलामाथि यौनजन्य दुव्र्यवहार देखाएको भनी एघार वर्ष पूरानो रेकर्डका बारेमा वासिङ्टन पोष्टले समाचार छापेपछि चुनावी अभियान डेमोक्र्याटको पोल्टामा पर्न गएको देखिन्छ ।

डेमोक्र्याटले सिनेटमा सुधार ल्याउने मौका मात्र नभई यस काण्डले सदनमा पनि आफूलाई बलियो गरी उभ्याउन पाउने सौभाग्य मिलेको छ । यौन दुराचारसम्बन्धि रेकर्ड सार्वजनिक हुनुपूर्व रिपब्लिकन पार्टीका पक्षमा जस्तो लहर देखिएको थियो त्यो परिवर्तन हुन्छ भनेर सायद कसैले पनि कल्पना गरेका थिएनन् ।

टेप रेकर्ड सार्वजनिक भएपछि मत सर्वेक्षणमा ट्रम्पको शक्तिलाई कमजोर बनाइदियो र ट्रम्पको महिलामाथिको दुराचारले उनको दललाई कमजोर अवस्थामा झा¥यो । किनकि रिपब्लिकन उम्मेदवार ट्रम्प आफूले महिलाप्रति त्यस्तो व्यवहार नगरेको भने पनि पीडित भनेका महिलाले आफूमाथि अन्याय भएको दावी गरिरहे । यो समाचार ट्रम्पका लागि दुर्भाग्यपूर्ण थियो ।

अझै पनि सदनमा विजय हासिल गर्न डेमोक्र्याट्सलाई त्यति सजिलो छैन । किनकि क्षेत्रगत तहमा डेमोक्र्याट्सका लागि निकै गोलमालपूर्ण नतिजा रहनसक्ने देखिएको छ । रिपब्लिकनको गभर्नर तथा प्रान्तीय विधान सभामा अझै राम्रो पकड देखिन्छ । ट्रम्पबाट अलग्गिएका सिनेटका उम्मेदवारहरू ट्रम्पको लागि बढी प्रत्युत्पादक हुने देखिएको छ । उदाहरणको लागि ट्रम्पको यौन दुराचारसम्बन्धि टेप प्रकरणभन्दा पहिले ओहायो राज्यमा अगाडि देखिएका ट्रम्प पछिल्ला मत सर्वेक्षणमा हिलारी क्लिन्टनभन्दा पछि देखिएका छन् ।

टेप प्रकरण सार्वजनिक भएलगत्तै ओहायोमा राम्रो पकड भएका सिनेटर रब पोर्टम्यान लगायतका नौँजना सिनेटरले ट्रम्पको साथ छोडिदिएका छन् । यद्यपि ट्रम्पको साथ छोडेका र पब्लिकनहरूमाथि ट्रम्प समर्थकहरू आक्रामक हुँदै जाने तथा अन्य केहीले उनलाई अझ दृढ सहयोग गर्ने क्रम भने अहिले पनि देखिन्छ ।

चुनावी दौडलाई निर्वाचनका मुख्य प्रतिस्पर्धिहरूले पनि प्रभाव पार्छन् । यस्तो प्रभाव कुन हदसम्म हुन्छ भन्ने कुरा प्रष्ट नभए पनि (चुनावी लहरको रुपमा) सन् १९८० मा रोनाल्ड रेगन र जिम्मी कार्टरबीच भएको प्रतिस्पधामा जस्तो कहिलेकाहीं निर्णायक प्रभाव देखिन सक्छ । सन् १९८० को निर्वाचनमा रेगनले कार्टरलाई परास्त गर्दै रिपब्लिकनहरूले सिनेटलाई पुनः कब्जा गर्नुभएको थियो ।

सदनमा रिपब्लिकनहरूका औपचारिक बहुमत नभए पनि दक्षिणका थुप्रै डेमोक्र्याट मतदाताले आफ्नो पक्षमा मतदान गरेका कारणले तत्कालीन राष्ट्रपति रेगनलाइ काम गर्न आवश्यक बहुमत प्राप्त भएको थियो । बाँकी तीन हप्तामा चुनावी अभियान कसको पक्षमा जान्छ भन्ने यसै भन्न नसकिए पनि अमेरिका सन् १९८० को दशकमा जस्तै अर्को ‘चुनावी लहर’ बाट फेरि प्रभावित हुनसक्ने देखिएको छ ।

सिनेटका निश्चित सिटहरू डेमोक्र्याटको पक्षमा उहिल्यैदेखि आइसकेको ठानिएको छ । वसकान्सनमा पूर्व सिनेटर रस फेनगोल्ड वर्तमान सिनेटर रोन जोनसनभन्दा निर्णायक रुपमा अगाडि देखिएका छन् । स्मरणीय कुरा के छ भने यहाँबट छ वर्ष पहिले जोनसनले फेनगोल्डमाथि विजय प्राप्त गरेका थिए ।

इलिनोइका मत सर्वेक्षणहरूले रिपब्लिकन सिनेटर मार्क कर्क कमजोर अवस्थामा रहेको देखाएका छन् । न्यू ह्याम्सायर, नेवादा, नर्थ क्यारोलिना, सिल्भानिया लगायतका ठाउँमा पहिले तीव्र प्रतिस्पर्धा रहने मानिएका सिनेट सिटहरू टेप प्रकरणपछि डेमोक्र्याटको पक्षमा आउन थालेको देखिएको छ । चुनाव जित्ने लगभग निश्चितजस्तै देखिएका तथा ट्रम्पविरुद्ध पार्टीको प्रारम्भिक निर्वाचनमा प्रतिस्पर्धा गरेका फ्लोरिडाका सिनेटर मार्को रुविओको अवस्था पनि अहिले चुनावी दौडमा कमजोर देखिएको छ ।

अमेरिकी ‘चुनावी लहर’ को प्रभाव रहेमा सुरक्षित ठानिएका एरिजोनाका सिनेटर जोन म्याकक्यान जस्तै अन्य रिपब्लिकन सिनेटरहरूको समेत चुनावी परिणाम उल्टिएर आउन सक्छ । चुनावी लहर आफ्नो विपक्षमा देखिए पनि रिपब्लिकनहरूले क्लिन्टनविरुद्ध अप्ठ््यारो स्थिति ल्याउन सक्छन् ।

सिनेटमा भएका अल्पसंख्यक रिपब्लिकनहरूले समेत तार्किक बहसद्वारा क्लिन्टनका एजेण्डालाई संकुचित बनाउन सक्छन् । मतदानको लागि विधेयक पेश गर्न आवश्यक ६० सिनेट भोटको अभावमा रिपब्लिकनहरूले क्लिन्टनलाई यदि उनको विजय भएमा पनि चुनौति कडा गरिदिन र अलमलमा पारिदिन सक्छन् ।

यदि रिपब्लिकनहरूले सदनमाथिको पकड कायम राखेमा सन् २०२० को राष्ट्रपतीय चुनावको लागि रिपब्लिकन आकांक्षी वर्तमान सभामुख पउल रायनले आफूलाई सक्षम देखाउन राष्ट्रपतिसँग मिलेर केही एजेण्डाहरू पारित गराउन कोसिस गर्नेछन्, जबकि पुरातनवादी रिपब्लिकन सदस्यले यसप्रति असहमति जनाउँदै विद्रोह गर्नेछन् ।

सामान्यतः नौ सदस्यीय रहने गरेको सर्वोच्च अदालतमा आठ मात्रै सदस्यहरू रहेका छन्, जसले महत्वपूर्ण मुद्दाहरूमा मत विभाजनबाट पर्नसक्ने अप्ठ्यारोको सम्भावनालाई बोकिरहेको छ । भरपर्दो न्यायाधिश एन्टोलियन स्कालियाको सन् २०१६ को फेब्रुअरीमा भएको निधनपछि अदालतको सैद्धान्तिक छवि कायम राख्ने विषयमा रिपब्लिकनहरू थप चिन्तित छन् । यसै कारण अमेरिकी राष्ट्रपति बाराक ओबामाद्वारा प्रस्तावित उदार छविका मेरिक गारल्यान्डको नियुक्तिलाई रिपब्लिकन समूहले गत मार्चदेखि लगातार अवरोध गर्दै आएको छ ।

यसरी सन् २०१७ को जनवरीदेखि डेमोक्र्याटले सिनेटमा पकड जनाउन सफल भए पनि सर्वोच्च अदालतमा नियुक्ति लगायत नीति तथा कार्यक्रममा रिपब्लिकनहरूले यदि क्लिन्टन राष्ट्रपतिमा निर्वाचित भए पनि उहाँलाई अवरोध पु¥याइरहन सक्ने देखिन्छ ।

सदनमा डेमोक्रयाटहरूको विजय सुनिश्चित नभएकाले वासिङ्टनको भविश्य सम्बन्धि गतिहिनता कायम रहने देखिन्छ ।

रासस÷प्रोजेक्ट सिन्डिकेट– अनुवादः दिलीप शर्मा (एलिजावेथ ड्रिउ वासिङ्टन जर्नल रिपोर्टिङ वाटरगेट एण्ड रिचार्ड्निक्सन्स डाउनफलकी लेखिका तथा द न्यूयोर्क रिभ्यू अफ बुक्सकी नियमित स्तम्भकार हुनुहुन्छ ।)

5 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार