Presidential

पूर्वप्रम भियतनाम प्रस्थान

पूर्वप्रम भियतनाम प्रस्थान

८ कात्तिक । नेकपा (एमाले) का विदेश विभाग प्रमुख तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल भियतनाम प्रस्थान गरेका छन् । विश्वका कम्युनिस्ट तथा श्रमिक पार्टीहरुको अन्तर्राष्ट्रिय बैठकमा भाग लिन त्यसतर्फ प्रस्थान गरेका हुन् ।

बरिष्ठ नेता नेपाल विश्वका ५० भन्दा बढी मुुलुकका कम्युनिस्ट तथा श्रमिक पार्टीको सहभागिता रहने उक्त बैठकको कार्य समितिका सदस्य हुन् । समितिमा १५ पार्टी सदस्य छन् ।

उक्त बैठकमा कम्युनिस्ट तथा श्रमिक पार्टीहरुको अवस्थालगायतका बारेमा छलफल हुने कार्यक्रम छ । बरिष्ठ नेता नेपालले सम्बोधन गर्नेछन् । एमाले विदेश विभागका सदस्य मिलन तुलाधर पनि साथै गएका छन् ।

बरिष्ठ नेता नेपाललाई विदाइ गर्न एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठलगायतका नेता–कार्यकर्ता विमानस्थल पुगेका थिए । उनी कात्तिक १५ गते स्वदेश फर्किनेछन् ।

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार