Presidential

बैंक तथा वित्तीय संस्थाहरुलाई पुँजी वृद्धिको चटारो


बैंक तथा वित्तीय संस्थाहरुलाई पुँजी वृद्धिको चटारो

११ कात्तिक । २०७४ असार मसान्तभित्र बैंक तथा वित्तीय संस्थाहरुले चार गुणा पुँजी वृद्धि गर्नुपर्ने भएपछि अहिले अधिकांश बैंक तथा वित्तीय संस्थाहरुलाई निकै चटारो छाएको छ । नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. चिरञ्जीवि नेपाल नियुक्त भएलगत्तै वाणिज्य एवं विकास बैंकलगायतले दुई वर्षभित्र चार गुणा पुँजी वृद्धि गर्नुपर्ने नीति ल्याएपछि बैंक तथा वित्तीय संस्थाहरु पुँजी वृद्धिका लागि प्रयासरत देखिएका छन् ।

अबको नौ महिनापछि राष्ट्र बैंकले तोकेअनुरुप चुक्ता पुँजी पु¥याउनुपर्ने भएपछि वाणिज्य तथा विकास बैंकहरु धमाधम मर्जर, हकप्रद सेयर निस्काशन र एक्विजिसनको बाटो अपनाउँदै पुँजी वृद्धि गर्नतिर लागेका छन् ।

कुन–कुन बैंकहरु मर्ज भए ?

राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई ८ अर्ब चुक्ता पुँजी पु¥याउनुपर्ने तोकिदिएको छ । तर, सरकारीबाहेक निजी क्षेत्रका अधिकांश वाणिज्य बैंकहरुको त्यति पुँजी नभएको हुँदा धेरैजसोले मर्जरको प्रक्रियामा अपनाएका छन् ।

पछिल्लो पटक, नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकमा अरु चार वटा विकास बैंकहरु मर्ज भएका छन् । एनसीसी बैंकसित मर्ज हुने विकास बैंकहरुमा सुप्रिम डेभलपमेन्ट बैंक, इन्टरनेशनल डेभलपमेन्ट बैंक, इन्फास्ट्रक्चर डेभलपमेन्ट बैंक र एपेक्स डेभपलपेन्ट बैंक रहेका छन् । ती सबै बैंकहरु गाभिएपछि उक्त बैंकको चुक्ता पुँजी ५ अर्ब ६६ करोड पुग्ने बताइएको छ । तर, मर्जर हुँदा पनि उक्त बैंकले राष्ट्र बैंकले तोके बमोजिमको पुँजी पु¥याउन नसक्ने भएको हुँदा ५० देखि ९० करोडसम्म हकदप्रद सेयर जारी गर्ने देखिएको छ ।

सुरुमा, एनसीसी बैंक र कुमारी बैंकबीच मर्जको प्रक्रिया अगाडि बढेको थियो । यी दुई बैंक र अरु विकास बैंकहरुबीच मर्ज हुँदा ८ अर्ब पुँजी पुग्ने देखिन्थ्यो । तर, एनसीसी र कुमारीबीचको मर्जर भाँडिएपछि अहिले कुमारी बैंकले भने पुँजी वृद्धिका लागि ५० प्रतिशत हकप्रद सेयर निस्काशन गर्ने भएको छ । कुमारीले कात्तिक मसान्तमा विशेष साधारणसभा बोलाएर हकप्रद सेयर निस्काशन गर्ने जनाएको छ ।

यसअघि, प्रभू बैंक लिमिटेड र ग्राण्ड बैंक लिमिटेडबीच पनि मर्ज भएर कारोबार अगाडि बढिसकेको थियो ।

विकास बैंकहरु पनि धमाधम मर्जरमा

अधिकांश विकास बैंकहरु वाणिज्य बैंकमा मर्जर भए पनि केही विकास बैंकहरु भने विकास बैंक र फाइनान्स कम्पनीहरुसित मर्ज गरी पुँजी वृद्धि गर्न चाहेको देखिएका छन् । अहिलेसम्म कैलास विकास बैंक, मेट्रो डेभलपमेन्ट बैंक र नेपाल एक्सप्रेस फाइनान्स मर्ज भएर कैलास विकास बैंक बनी एकीकृत कारोबार सुरु भइसकेको छ भने सिद्धार्थ विकास बैंकमा बिजनेस युनिभर्सल डेभलपमेन्ट बैंक गाभिएर एकीकृत कारोबार प्रारम्भ भएको छ । यसैगरी, टुरिजम डेभलपमेन्ट बैंकमा मातृभूमि विकास बैंक र कालिन्चोक विकास बैंक गाभिएका छन् । यसरी नै, बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंक र गौमुखी विकास बैंक पनि मर्ज हुन पुगेको छ ।

त्यस्तै, सिटी डेभलपमेन्ट बैंक र ओम फाइनान्स मर्ज भई ओम डेभलपमेन्ट बैंक र गोरखा डेभलपमेन्ट बैैंक र काठमाडौं फाइनान्स मर्ज भई गोर्खाज फाइनान्स बनेर एकीकृत कारोबार भइरहेको छ ।

मर्जमा नजानेहरु सेयर निस्काशनतिर

कतिपय बैंक तथा वित्तीय संस्थाहरुले पुँजी वृद्धिका लागि मर्जरको बाटो रोजे पनि ठूला वाणिज्य बैंकहरुले भने हकप्रद सेयर निस्काशन गरेर पुँजी वृद्धि गर्ने तयारी गरिरहेका छन् । हिमालयन बैंकले पनि सोही बाटो अपनाएको छ । सो बैंकले कात्तिकको अन्तिम साता हकप्रद सेयर निस्काशन गर्ने भएको छ । हकप्रद सेयर निस्काशन गरेपछि सो बैंकको चुक्ता पुँजी ५ अर्ब १४ करोड पुग्ने बताइएको छ ।

यसैगरी, कतिपय बैंक तथा वित्तीय संस्थाहरुले बोनस र हकप्रद सेयरमार्फत् पुँजी वृद्धि गर्ने योजना बनाएका छन् । ज्योति विकास बैंकले हकप्रद सेयर निस्काशन गर्ने भएको छ भने सिन्धु विकास बैंकले बोनस सेयरपश्चात् कायम हुने आउने चुक्ता पुँजीको ८० प्रतिशतको अनुपातमा हकप्रद सेयर निस्काशन गर्ने भएको छ ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार