Presidential

भियतनाममा विश्वका कम्युनिस्ट पार्टीको बैठक

भियतनाममा विश्वका कम्युनिस्ट पार्टीको बैठक

१२ कात्तिक । विश्वका कम्युनिस्ट तथा श्रमिक पार्टीहरुको अन्तर्राष्ट्रिय बैठकको वर्किङ ग्रुपले विश्वका विभिन्न मुलुकहरुमा कम्युनिस्ट पार्टीहरुमाथि भइरहेको दमनका बारेमा छलफल गरेको छ ।

भियतनामको राजधानी हनोईमा आयोजित विश्वका कम्युनिस्ट तथा श्रमिक पार्टीहरुको प्लेनरी बैठक अगाडि एजेन्डा तयार गर्न बसेको १५ सदस्यीय वर्किङ ग्रुपको बैठकले कजाकस्तानलगायतका मुलुकहरुका कम्युनिस्ट पार्टीमाथि भएको दमनका बारेमा ध्यानाकर्षण भएको जनाएको छ । वर्किङ ग्रुपमा नेकपा (एमाले) का बरिष्ठ नेता तथा विदेश विभाग प्रमुख माधवकुमार नेपाल सदस्य छन् । साथै, सिरिया तथा मध्यपूर्वमा भएको हिंसाका बारेमा पनि छलफल भएको बैठकमा भाग लिन पुगेका एमाले विदेश विभाग सदस्य मिलन तुलाधरले जानकारी दिए ।

DSC_0191

बैठकले प्लेनरीबाट पारित गर्ने घोषणापत्रको मस्यौदालाई अन्तिम रुप दिएको थियो । बैठकमा बरिष्ठ नेता नेपालले नेपालको अनुभव सुनाउँदै संसारभरका कम्युनिस्ट पार्टीहरुले आफूलाई जनता आधारित बनाउनुपर्नेमा जोड दिए ।

चिनियाँ टोलीसँग वर्किङ डिनर

बैठकमा भाग लिन आएको विश्वको सबभन्दा ठूलो कम्युनिस्ट पार्टी– चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डल र एमालेको प्रतिनिधिमण्डलबीच हनोइको होटल सेराटनमा वर्किङ डिनर बैठक भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्व दोङ वेइहुईले गरिरहेकी छन् ।

विश्वका ५० भन्दा बढी कम्युनिस्ट तथा श्रमिक पार्टीहरु सहभागी भएको उक्त बैठक आजबाट सुरु हुने कार्यक्रम छ ।

6 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार