Presidential

एनआईसी एशिया बैंकका ७ नयाँ शाखा थपिए

एनआईसी एशिया बैंकका ७ नयाँ शाखा थपिए

२३ कात्तिक ।  एनआईसी एशिया बैंकको विभिन्न ७ स्थानमा नयाँ शाखाको विस्तार भएको छ । बट्टारस्थित ७० औं शाखाको उद्घाटन नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले गरेका थिए भने दाङको अत्तरियास्थित ७१ औं शाखाको उद्घाटन अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त रोकायाले गरे । लेखनाथस्थित ७२ औं शाखाको उद्घाटन लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले र बागलुङस्थिति ७३ औं शाखाको उद्घाटन बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष जयराम भारीले गरेका थिए ।

त्यसैगरी बिरौटास्थित ७४ औं शाखाको उद्घाटन पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्व शंकर पालिखेले, कावासोतीस्थित ७५ औं शाखाको उद्घाटन नवलपुर उद्योग वाण्ज्यि संघका अध्यक्ष  ओमप्रकाश पौडेल र  दलदलेस्थित ७६ औं शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले उद्घाटन गरेका थिए ।  नयाँ शाखा अत्तरियासहित बैंकको शाखा सञ्जाल ७६ तथा एटिएम संख्या ६९ पुगेको छ ।

बैकले गत त्रैमासिक अवधिमा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा कर्जा सापटीमा ३९ प्रतिशत तथा  निक्षेपमा ३४ प्रतिशतका साथै खुद मुनाफामा ६६ प्रतिशतको उल्लेख्य बृद्धि हासिल गर्न सफल भएको छ । बैंकको पूँजी पर्याप्तता अनुपात १२ दशमलब ५५ प्रतिशत रहेको छ जसले बैंकको पूँजीको अवस्था सुदृढ रहेको जनाउछ ।

बैंकको हालै सम्पन्न १९ औं वार्षिक साधारण सभाले बैंकका शेयरधनीहरुलाई २६ प्रतिशत बोनस शेयर तथा त्यसपछि कायम हुन आउने शेयरमा १५ प्रतिशत हकप्रद शेयर वितरण गर्ने प्रस्ताव समेत पारित गरिसकेको छ ।

2 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार