Presidential

मधेसकेन्द्रित अभियानका क्रममा नेपाल सिरहामा, संविधानमा मधेस विरोधी दफा देखाउन मधेसवादी दललाई चुनौती


मधेसकेन्द्रित अभियानका क्रममा नेपाल सिरहामा, संविधानमा मधेस विरोधी दफा देखाउन मधेसवादी दललाई चुनौती

 २९ कात्तिक । नेकपा (एमाले) का नेता माधवकुमार नेपाल पछिल्लो समय लगातार मधेसकेन्द्रित अभियानमा सक्रिय भएका छन् । २७ कात्तिकमा  काठमाडौँमा एमालेको भ्रातृ संगठन ‘लोकतान्त्रिक आदिवासी जनजाती महासंघ’को महाधिवेशनमा सहभागी भएपछि त्यसै दिन तराई झरेका नेपाल अहिले पनि तराईका विभिन्न जिल्लाका कार्यक्रममा सहभागी भएका छन् ।

चार महिने अभियानअन्र्तरगत तराईका विभिन्न जिल्लाका आम सभा र प्रशिक्षणमा सहभागी भएका नेपालले  सोमबार सिरहाको लहानमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले अहिलेको संविधान विश्वमै उत्कृष्ट रहेकाले संविधानमा मधेस विरोधी कुनै दफा भए देखाउन मधेसवादी दलहरुलाई चुनौतीसमेत दिए । ‘छिमेकी देश भारत, अमेरिकालगायतका देशको संविधानभन्दा पनि अहिलेको संविधान उत्कृष्ट छ,’ उनले भने, ‘यदि संविधानमा मधेसविरोधी कुनै दफा, उपदफाहरु छन् भने मधेसवादी दलहरुले देखाउन् ।’

उनले सम्बोधनका क्रममा अमेरिकामा ५५ प्रतिशतले संविधान बनाएको र भारतमा ६० प्रतिशतले बनाएको स्मरणसमेत गराएका थिए । ‘तर नेपालमा ९० प्रतिशतले संविधानलाई मन पराएका छन्,’ उनले भने, ‘संविधान बन्दा केही असन्तुुष्टि हुनु स्वाभाबिक हो, पछि सबैको चित्त बुझिहाल्छ ।’

एमालेलाई मधेसविरोधी पार्टी भन्ने प्रचारबाजी गर्नु गलत भएको भन्दै उनले एमाले मधेसविरोधी पार्टी कसरी भयो भन्ने प्रमाणित गरेर देखाउन चुनौती समेत दिए ।
अङ्गीकृत नागरिकता पाएका व्यक्तिले प्रधानमन्त्री र राष्ट्रपतिमा जान पाउनुपर्ने माग गलत भएको टिप्पणी गर्दै उनले अङ्गीकृत नागरिकता लिएकालाई राष्ट्राध्यक्ष, प्रधानमन्त्री बनाउने माग कुुनै पनि हालतमा स्वीकार्य नहुुने बताए ।

नेपाल मंगलबार जनकपुर पुग्ने कार्यक्रम छ । उनले त्यहाँ एमालेका नेता–कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम छ । उनी बुधबार रौतहटको विकास–निर्माण सम्बन्धि महत्वपूर्ण बैठकमा सहभागी हुनेछन् । त्यसैगरी मंसिर १ गते वीरगञ्जमा आयोजना गरिएको खेलकूद प्रतियोगिताको उद्घाटन कार्यक्रममा नेपाल सहभागी हुनेछन् ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार