Presidential

कञ्चनजंघा हिरक महोत्सव मंसिर ७ देखि ९ गतेसम्म सुकेटारमा

कञ्चनजंघा हिरक महोत्सव मंसिर ७ देखि ९ गतेसम्म सुकेटारमा

१ मंसिर । ताप्लेजुङ अञ्चलको उत्तरमा अवस्थित एक रमणीय हिमाली जिल्ला हो ।  ८ हजार ५ सय ८६ मिटर उचाइ रहेको विश्वकै तेस्रो अग्लो हिमशृंखला कञ्चनजंघासमेत यही जिल्लामा अवस्थित रहेका कारण पनि यो जिल्लाको महत्व अझ निकै बढी छ । मेची अञ्चलका चार जिल्लामध्ये ताप्लेजुङ क्षेत्रफलका हिसाबमा पनि सबैभन्दा ठूलो जिल्ला हो ।
पाथीभरा देवीको मन्दिरका कारण समेत बढी चर्चामा रहेको यो जिल्ला अहिले झन् बढी चर्चामा आएको छ । यही मंसिर ७ देखि ९ गतेसम्म ‘कञ्चनजंघा हिरक महोत्सव २०१६’ मनाउने अन्तिम तयारी भएसँगै यो जिल्लाको अहिले झन् बढी चर्चा हुन लागेको हो ।

कञ्चनजंघा हिमालमा मानव पाइला परेको ६० वर्ष पूरा भएको अवसरमा हिरक महोत्सव मनाउने तयारीसँगै अहिले ताप्लेजुङसँगै राजधानीमा पनि निकै चर्चा सुरु भएको छ । ६० वर्षअगाडि ब्रिटिस नागरिक सर चाल्स इभान्सको नेतृत्वमा जो ब्राउन र जर्ज क्रिष्टोफोर ब्याण्डले पहिलो पटक कञ्चनजंघाको सफल आरोहण गरेका थिए । त्यही मितिलाई आधार मानेर हिरक महोत्सव मनाउने तयारी गरेको कञ्चनजंघा हिरक महोत्सव २०१६ आयोजक समितिका सचिव बलबहादुर तामाङले जानकारी दिए ।

‘पर्यटन मन्त्रालय र नेपाल पर्वतारोहण संघको अग्रसरतामा मंसिर ७ देखि ९ गतेसम्म ताप्लेजुङको सुकेटारमा हीरक महोत्सव मनाउने तयारी भएको छ,’ तामाङले भने, ‘यो महोत्सवसँगै ताप्लेजुङ जिल्लासँगै कञ्चनजंघाको पनि महत्व बढ्ने छ ।’

६० वर्षको इतिहासमा स्वदेशी तथा विदेशी गरी ३ सय ८४ जनाले कञ्चनजंघा हिमाल आरोहण गरिसके पनि प्रचार–प्रसारको अभावमा छायाँ परेको भन्दै प्रचार–प्रसार उपसमितिका संयोजक रमेश बरालले भने– ‘यो महोत्सव ताप्लेजुङ चिनाउने अवसर पनि हो । महोत्सवमा विभिन्न देशका पर्वतारोहीसहित ५० हजारभन्दा बढीले अवलोकन गर्ने अनुमान छ ।’

ताप्लेजुङ जिल्लामा ७ हजार मिटरभन्दा अग्ला हिमाल १० वटाभन्दा बढी रहेको भन्दै बरालले प्रकृतिले नै उपहार दिएको जिल्लामा हिरक महोत्सव गर्न पाउँदा खुसी लागेको बताए । उनले ताप्लेजुङ जिल्ला हिमालको जिल्ला भएको पनि बताए । सो जिल्लाका यालुङकाङ ८ हजार ५ सय ५ मिटर, काङवाचेन ७ हजार ९ सय ३ मिटर, किराँत चुली ७ हजार ३ सय ६५ मिटर र कुम्भकर्ण ७ हजार ७ सय १० मिटर उचाइमा रहेको छ
कञ्चनजंघा हिमालको अवलोकन
महोत्सवसँगै प्रमुख अतिथि, विशिष्ठ अतिथि तथा स्वदेशी विदेशी पाहुनालाई कञ्चनजंघा हिमालको मनोरम दृश्य अवलोकन गराउने आयोजकको तयारी छ । महोत्सवमा वृत्तचित्र प्रदर्शन गर्ने, स्वास्थ्य शिविर सञ्चालन गर्ने, वेभसाईट उद्घाटन गर्ने, व्यापारिक मेला सञ्चालन गर्ने, पर्यटन प्रवद्र्धनका कार्यक्रमहरु गर्ने लगायतको तयारी रहेको पनि आयोजकले जानकारी दिएको छ ।
आयोजकले महोत्सवसँगै कञ्चनजंघाको मात्र नभई त्यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास, संरक्षण र सम्बद्र्धन र प्रवद्र्धन गर्ने  र अन्य हिमालहरुको प्रचार–प्रसार गर्ने पनि रहेको जानकारी दिएको छ ।
प्रधानमन्त्रीले उद्घाटन गर्ने
महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने तयारी भएको छ । महोत्सवमा पर्यटन, सञ्चार मन्त्री र एमाले सचिव योगेश भट्टराई पनि जाने तयारी भएको जनाइएको छ ।
यस्तो छ हेलिकप्टर प्याकेज

सुकेटारबाट पाथिभरा (सुकेटार ५ जना) प्रतिव्यक्ति रु. १७,००० धुम्ने र पूजा गर्ने समय २० मिनेट

सुकेटार–घुन्सा–सुकेटार (५ जना) रु. २९,००० (प्रति व्यक्ति) फोटो खिच्ने समय २० मिनेट

सुकेटार–कन्चनजंघा बेस क्याम्प –सुकेटार (५ जना) रु. ३८,००० (प्रति व्यक्ति) फोटो खिच्ने धुम्ने समय २० मिनेट
सुकेटार–ओलाङचोकगोला–सुकेटार (५ जना) फोटो खिच्ने भुम्ने समय २० मिनेट ३८,००००

यो सेक्टरको लागि गृह मन्त्रालयबाट स्वीकृति लिनु पर्ने भएकोले कम्तीमा ३ दिन अगाडि नै यात्रुहरुको नाम उपलब्ध गराउनु पर्ने आयोजकले बताएका छन् ।

यात्रा

हेलिकप्टर मार्फत हेलिकप्टर चार्टर काठमाडौँ –सुकेटार –काठमाडौँ ३,६०, ००० (सिट क्षमता ६ जना)
ताप्लेजुङ जानका लागि हवाइ तथा सडक मार्ग
काठमाडौँ –सुकेटार ताप्लेजुङ (गोमा,तारा,नेपाल एयरलाइन्स) भाडा दर ६५०० देखि ७५०० सम्म
काठमाडौबाट बिराटनगर (हवाइजहाज) त्यहाँबाट पक्की सडक बिराटनगर, इटहरी , धरान, धनकुटा , बसन्तपुर हुँदै बसन्पुरवाट कच्ची सडक बसन्तपुर, गुफा, ढुंगेसांघु, चांगे दोभान, हुँदै सुकेटार साघु देखि दोभनसम्म ७ कि.मी हिडनु पर्ने ।

काठमाडौँ —भद्रपुर (हवाई जहाज) ९ बिर्तामोड ,चाराली , इलाम , पाँचथर, ताप्लेजुङ सुकेटार

काठमाडौँ ताप्लेजुङ सिधा बस सेवा वा ,झापासम्म बस र त्यहाँबाट टयाक्सीमा ताप्लेजुङ

3 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार