Presidential

अग्नीपीडितलाई जनसम्पर्क समिति क्यानाडाले गर्यो करिब तीन लाख सहयोग

अग्नीपीडितलाई जनसम्पर्क समिति क्यानाडाले गर्यो करिब तीन लाख सहयोग

janasamparkaक्यानाडा । जनसम्पर्क समिति क्यानाडाले अर्घाखाँची जिल्लाका विभिन्न स्थानमा भएको आगलागीबाट घरवार बिहिन भएका अग्निपीडितहरुलाई सहयोग गरेको छ ।

जनसम्पर्क समिति क्यानाडाका उपसभापति गुरुप्रसाद श्रेष्ठको पहलमा दुर्इ लाख पचहत्तर हज्जार रुपैयाँ सहयोग जुटेको हो । विभिन्न व्यक्तिहरुसँग संकलन गरेको सो रकम नेपाली कांग्रेस का जिल्ला सभापति श्री बिष्णु प्रसाद खनाल मुस्कानको रोहबर मा स्थानीय युवा व्यवसायी दीपक श्रेष्ठबाट उक्त रकम बराबरको चेक प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई हस्तान्तर गरिएको हो ।

लामो समयदेखि क्यानाडा बस्दै आएका समाजसेवी गुरुप्रसाद श्रेष्ठ हेरिटेज सेन्टर, एनआरएन क्यानाडा लगाएत विभिन्न संघ संस्थासँग आबद्ध भई समाजसेवामा सक्रिय छन् । उनको को बिशेष अनुरोधमा क्यानडाका विभिन्न व्यक्तिहरुले अग्निपीडितहरुका निम्ति सक्दो सहयोग गरी उक्त रकम संकलन गरिएको थियो।

1 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार