Presidential

नबिल बैंक बन्यो बढी कर तिर्ने वित्तीय संस्था

नबिल बैंक बन्यो बढी कर तिर्ने वित्तीय संस्था

३ मंसिर । नबिल बैंक आन्तरिक राजश्व विभागबाट सम्मानित भएको छ । आर्थिक वर्È २०७१÷७२ मा बैंक तथा वित्तीय संस्थामध्ये सबैभन्दा बढी कर दाखिला गरेबापत नबिल बैंक सम्मानित भएको हो । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले पा“चौ राष्ट्रिय कर दिवस २०७३ को उपलक्ष्यमा आन्तरिक राजस्व विभागद्वारा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रबाट बढी कर तिर्ने करदातालाई सम्मान गरेका थिए । सो कार्यक्रममा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत अनिलकुमार खनाललाई उक्त सम्मानपत्र प्रदान गरिएको थियो ।

सम्मानित भएपछि बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्थामध्ये सबैभन्दा बढी कर दाखिला गरेर राष्ट्र निर्माणको लागि योगदान पु¥याउन पाउ“दा बैंक परिवार निकै गौरवान्वित भएको छ । नबिल बैंंकले योभन्दा अगाडि पनि यस्तो सम्मान पाउँदै आएको छ । बैंकले गरेका व्यावसायिक कामका अतिरिक्त अन्य कार्यबाट, व्यवसाय प्रसारणमा वृद्धि, रोजगारी सृजना तथा सरकारी राजस्वमा योगदान जस्ता राष्ट्र निर्माणमा अहम् भूमिका रहने तथा समुन्नत एवं सुरक्षित समाज निर्माणका निम्ति भइरहेको देशको प्रयासमा केही मात्रामा भए पनि योगदान गर्न सकेकोमा आपूmले गर्वको अनुभुति गरेको छ ।’
सो बैंकले आधुनिक बैंकका नविनतम् सेवा देशमा प्रवेश गराउन अग्रणी भूमिका खेलेको बताउँदै भनिएको छ, ‘जसले न कि आर्थिक प्रणालीलाई मात्र चलायमान बनाएको छ, यसले नविनतम् सेवा वृहत् रुपमा आम जनतामाझ पु¥याई गुणस्तर जीवन यापनका निम्ति सघाएको छ ।’

नबिल बैंकले हालैमात्र फ्रस्ट ७ सलिभनद्वारा प्रदान गरिएको “बेस्ट प्राक्टीसेज अवार्ड ः २०१६ को उत्कृष्ट वित्तिय संस्था” बाट पनि सम्मानित भएको छ । साथै, बैंंकले अगष्ट १९, २०१६ मा “तेस्रो न्यूबिज बिजनेश कन्क्लेभ तथा अवार्ड २०१६” मा “सर्वोतकृष्ट वाणिज्य बैंक” सम्मान समेत प्राप्त गरेको थियो ।

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार