Presidential

यस्तो छ अमेरिकी राष्ट्रपति ट्रम्पको सुविधायुक्त विमान

यस्तो छ अमेरिकी राष्ट्रपति ट्रम्पको सुविधायुक्त विमान

३ मंसिर । अमेरिकाका धनाढ्य व्यापारीसमेत रहेका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पबारे अनेक चर्चा परिचर्चा चल्ने क्रम जारी छ । उनले कस्तो विमान चढ्छन् ? कस्तो घरमा बस्छन्, कस्तो खाना खान्छन् ? यी सबै अहिले चर्चाको विषय बन्ने गरेको छ ।

तिनै राष्ट्रपति यस्तो सुविधायुक्त विमान सयर गर्छन्, जसलाई धेरै नै लक्जरी विमान मानिन्छ । सधैँभरि ऐस–आरामको जिन्दगी बिताएका ट्रम्पको सुविधायुक्त विमान कस्तो छ त ?

राष्ट्रपति ट्रम्पले चढ्ने गरेका विमान प्रतिघन्टा ५ सय ६३ माइलको गतिले उड्न सक्छ । यो बोइङ विमानमा राष्ट्रपतिको नाम अंकित छ ।
उक्त विमानमा एउटा यस्तो कोठा छ, जसमा प्रेसिडेन्सियल सल्लाहकारहरुको बैठक बस्न सक्छ । उक्त विमान तीन तहको रहेको छ, जसको ४ हजार वर्गफिट रहेको छ । साथै, उक्त विमानमा सुनको सिट बेल्ट, गोल्डेन वास मेसिनका साथै रेशमको तकिया रहेका छन् ।

आफ्नो चुनावी अभियानमा क्रममा ट्रम्पले यही विमान प्रयोग गरेका थिए । एक पटक पूर्वराष्ट्रपति वाराक ओवामालाई भेट्न जाँदा पनि उनले यही विमान नै प्रयोग गरेका थिए ।

8 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार