Presidential

नबिल बैंकका अध्यक्ष सम्मानित

नबिल बैंकका अध्यक्ष सम्मानित

६ मंसिर । नबिल बैंंकका अध्यक्ष शम्भुप्रसाद पौड्याल नेपाल बैंकर्स संघबाट सम्मानित भएका छन् । मुलुकको बैंकिङ्ग तथा वित्तीय क्षेत्रको प्रबद्र्धनमा लामो अवधिदेखि क्रियाशील रही महत्वपूर्ण योगदान पु¥याएकाले पौड्याललाई संघले आफ्नो ३० औं वार्षिक साधारण सभामा सम्मान गरेको हो । संघले आगामी दिनहरुमा समेत बैंकिङ्ग क्षेत्रले पौड्यालबाट सहयोग प्राप्त गर्नेछ भन्ने अपेक्षा राखेको जनाएको छ । संघका अध्यक्ष उपेन्द्र पौडेल तथा नवनिर्वाचित अध्यक्ष अनिलकेशरी शाहले पौड्याललाई सम्मान–पत्र प्रदान गरेका थिए ।

सम्मानित हुने पौड्याल निजी तथा वैदेशिक लगानीबाट प्रबद्र्धित मुलुककै पहिलो नबिल बैंंकको सञ्चालक समितिमा लामो अवधिदेखि रही अहिले सोही बैंकको अध्यक्षको रुपमा नेतृत्व गर्दै आइरहेका छन् । नेपाल राष्ट्र बैंक सेवाबाट बैंकिङ क्षेत्रमा प्रवेश गर्नुभएका पौड्यालले बैंकिङ्गका साथै बिमा, उद्योगलगायत विभिन्न संस्थाहरुको सञ्चालक समितिहरुमा योगदान पु¥याउँदै आएको बताइएको छ ।

2 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार