Presidential

भीम रावलको आरोप– ‘निधिले संयम गुमाए अब गृहमन्त्रीको पद छाडेर घर जाँदा हुन्छ’

भीम रावलको आरोप– ‘निधिले संयम गुमाए अब गृहमन्त्रीको पद छाडेर घर जाँदा हुन्छ’

१२ मंसिर ।  नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले गृहमन्त्री भीम विमलेन्द्र निधिलाई राजिनामा दिएर घर जान सुझाव दिएका छन् । निधिले एक अन्र्तवार्तामा एमालेलाई महेन्द्र पथमा हिँडेको भन्ने आरोप लगाएको प्रसङ्ग झिक्दै रावलले भने– ‘महेन्द्रले चालेको कदमको एमालेले सशक्त विरोध गरेको थियो, यस्तो कुरा गर्न लाज लाग्दैन ?

आफ्नो संयम गुमाएर बोल्नु भन्दा यथाशीघ्र पदबाट राजिनामा दिएर घर जाँदा राम्रो हुन्छ ।  उनले जनताको राजस्वबाट तलबभत्ता खाएको व्यक्तिले संयम गुमाउनु राम्रो नहुने भन्दै पद छोडेर घरतिर जान सुझाव दिएका हुन् ।  रावलले  संविधान संशोधनको प्रस्ताव वर्तमान सरकारले आफ्नो विवेकले भन्दा पनि विदेशीको दिमागले गर्न खोजेको पनि आरोप लगाए ।

उनले प्रदेशको सीमांकनको विवाद समाधानको नाममा ५ नम्बर प्रदेशलाई तलमाथि गर्ने कार्य कुनै हालतमा स्वीकार्य नुहने पनि चेतावनी दिए । रावलले तराई र पहाडलाई छुट्याउनको लागि संविधान संशोधनको चलखेल गरेको भन्दै संविधान संशोधन प्रस्तावको डिजाईन कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका दुई नेताहरु बसेर नयाँ दिल्लीमा गरेको समेत आरोप लगाए ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा उनले भने– ‘संविधान संशोधन प्रस्ताव राष्ट्रघाती छ । यसको डिजाईन नेपालमा नभएर भारतमा भएको हो ।’  रावलले तराईका ९९ प्रतिशत जनता देशभक्त भएको भन्दै एक प्रतिशत नेताले  समस्या ल्याएको दाबी गरे ।  रावलले संविधानको व्यवस्था अनुसार प्रदेशको सीमांकन कुनै हालतमा हुन नसक्ने दाबी गर्दै संविधानको धारा २७४ को उपधारा ४ राम्रोसँग अध्ययन गर्न सुझाव दिए ।

0 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

  • आक्रोश

    आक्रोश

    सेतु वि.क. चोकबाट वीरेन्द्र चोक आउँदा मोडमा रोकिएर धनेले होसियारीपूर्वक चारैतिर हे¥यो र जुलुस, भीड नदेखेपछि रि..

  • दुई कविता

    दुई कविता

    अब त घरमुलीहरुलाई अरिङ्गाल यति प्यारो लाग्न थाल्यो धुरीमै पाल्न थालेका छन् तिनीहरुका सम्मानमा अगरबत्ती बाल्..

  • यिनी प्राज्ञ हुन् कि काँग्रेसको प्रचारक ?

    यिनी प्राज्ञ हुन् कि काँग्रेसको प्रचारक ?

    एकेडेमीको कुलपति गंगाप्रसाद उप्रेतीले भने प्राज्ञ परिषद्मा रहेकाहरु कुनै राजनीतिक दलको प्रचार कमिटीमा बस्न नमि..

  • जित्ने कृष्णचन्द्र

    जित्ने कृष्णचन्द्र

    चौध वर्ष साझा प्रकाशनको महाप्रबन्धक भएको कुरा, केदारमान व्यथितले तपाईंलाई दुईदुई पटक प्रज्ञा प्रतिष्ठानको सदस्..

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार