Presidential

कम्युनिष्ट नेताहरुप्रति यस्तो हेराइ थियो फिडेल क्यास्ट्रोको

कम्युनिष्ट नेताहरुप्रति यस्तो हेराइ थियो फिडेल क्यास्ट्रोको

१४ मंसिर । चार दिनअघि निधन भएका विश्व कम्युनिष्ट आन्दोलनका जनप्रिय नेता, क्युवाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोले आफ्नो कार्यकालभरि नै अमेरिकाको नाकाबन्दी झेले । अमेरिकाले नाकाबन्दी लगाएपछि तत्कालीन सोभियत संघसित सम्बन्ध बढाएर क्युवामा उत्पादन हुने चिनीलगायत अरु उत्पादनहरु सोभियत संघमा निर्यात गर्ने र सोभियत संघबाट पेट्रोलियम पदार्थ र कृषि औजारहरु आयात गरेर क्युवाको अर्थतन्त्रलाई समृद्ध तुल्याइरहे, क्यास्ट्रोले ।
९२ वर्षको उमेरमा निधन भएका क्यास्ट्रोले विश्वका अरु कम्युनिष्ट नेताहरुप्रति कस्तो धारणा राख्दथे ? खासगरी, सोभियत संघका कम्युनिष्ट नेताहरुप्रति उनको कस्तो धारणा थियो ? केही नेताहरुप्रति क्यास्ट्रोको धारणा प्रस्तुत गरिएको छ ।

कार्ल माक्र्स

माक्र्सको समयमा प्राकृतिक संशाधन असीमित प्रतीत हुन्थ्यो । कसैले पनि त्यस समयमा तेल र ग्यासको बारेमा जान्दैनथे, केवल कोइलाको प्रयोग गरिन्थ्यो । माक्र्सका लागि यो ग्रहमा संशाधन असीमित थियो ।

माक्र्स आजको समयको साम्राज्यवादको विषयमा जान्दैनथे । उनी उद्योगीकरण र पुँजीवादको विषयमा जान्दथे, जसबारे उनले इंगल्याण्ड र जर्मनीमा अध्ययन गरेका थिए । उनले अमेरिकाका बारेमा पनि सम्मानजनक रुपले नै बोलेका थिए । उनी प्रायः अमेरिकाको पुँजीवादको विषयमा चर्चा गर्दथे । तर, माक्र्स एक विश्वकृत विश्वको अवधारणामा सहमत थिए । उनी एक देशमा समाजवादको सम्भावनाबारे विश्वास राख्दैनथे ।

भी.आई. लेनिन

लेनिन धेरै नै प्रतिभासम्पन्न र विशिष्ट व्यक्तित्वका धनी थिए । सापेक्षिक रुपले उनको मृत्यु युवावस्थामै भयो । तर, यदि उनी केही वर्ष जीवित रहेका भए सोभियत संघमा अरु महत्वपूर्ण कामहरु हुन्थ्यो । उनी सक्षम व्यक्ति थिए । सिद्धान्तले सधैँभरि मद्दत गर्दैन । तत्कालीन समयमा जब समाजवादी राज्यको निर्माण भइरहेको थियो, लेनिनले निर्भीकतापूर्वक १९२१ मा नवीन आर्थिक कार्यक्रम लागू गरे । हामीबीच यसबारे धेरै कुराकानी भयो । चे (ग्वेभारा) ले पनि स्वयं नवीन आर्थिक कार्यक्रमलाई मन पराएका थिएनन् ।

लेनिनले वास्तवमै धेरै महत्वपूर्ण विचार प्रस्तावित गरेका थिए, सर्वहाराको अधिनायकत्वमा पुँजीवादको निर्माण । स्मरण रहोस्, उक्त समय सबै ठूला शक्तिहरु बोल्सेभिक क्रान्तिलाई नष्ट गर्न चाहन्थे । हरेकले बोल्सेभिक क्रान्तिमाथि हमला गरेका थिए । रुस पूरै युरोपमा सबभन्दा कम विकसित देश थियो । जबकि त्यतिबेला सबभन्दा जटिल सैद्धान्तिक विचार के थियो भने, क्रान्ति एउटा देशमा मात्र हुन सक्दैन ।

जोसेफ स्टालिन

स्टालिन एक व्यवहारवादी नेता थिए । उनी एक सिद्धान्तवादी विचारकभन्दा पनि षड्यन्त्रकारी थिए । यद्यपि, केही समयपछि उनले एकजना विचारकको रुपमा आफूलाई उभ्याउने प्रयत्न गरे ।

मलाई केही त्यस्ता पुस्तिकाहरुको याद आउँछ, जसमा स्तालिनले द्वन्द्ववादी भौतिकवादको सारको व्याख्या गर्ने प्रयास गरेका थिए र यसमा उनले पानीको उदाहरणसमेत प्रस्तुत गरेका थिए । यसरी स्टालिनलाई विचारक सावित गर्ने प्रयास गरिएको थियो ।

उनी धेरै नै क्षमतावान संगठनकर्ता थिए । मेरो विचारमा उनी एक क्रान्तिकारी थिए । मैले सोचेको थिइनँ कि, उनी कुनै बेला जारको सेना पनि थिए । तर, यी सबैका बाबजूद उनले गल्तीहरु गरे । जसको बारेमा हामी जान्दछौं– दमन, शुद्धिकरण अभियान र यसभन्दा पनि धेरै नै ।

बोरिस यल्तसिन

मैले बोरिस यल्तसिनलाई भेटेको थिएँ । उनी मास्कोमा एकजना प्रतिभासम्पन्न पार्टी सचिव थिए । उनीसँग केही ठूला विचार र योजनाहरु थिए । उनको उद्देश्य सहरको आवश्यकताप्रति ध्यान दिने थियो । साथै, उनी सहरको विकासमा पनि ध्यान दिन चाहन्थे । मलाई सहरका ऐतिहासिक सम्पदाहरुलाई सुरक्षित राख्नुपर्छ भन्ने रुचि थियो र मैले उनलाई त्यही सुझाव दिए ।

येल्तसिनको विचार के थियो भने, मास्कोमा आपूर्ति गर्नका लागि ग्रिनहाउस बनाउनुपर्छ । उनी धेरै ठूला आलोचक थिए र पूरै तन्त्रमा उनको जवरजस्ती माग थियो । त्यस कारण, हामीले उनका सबै भाषणहरुलाई प्रकाशित ग¥यौं । उनले आफ्नो भाषणमा धेरै नै क्षुद्रताहरु, असफलता र समस्याहरुबारे चर्चा गरेका थिए । यी सबै भएपछि मैले उनलाई भने, ‘ऐतिहासिक धरोहरहरुको हेरचाह गर्नुस्, किनकि तपाईहरु पुरानो मास्कोलाई विलुप्त गर्न गइरहनुभएको छ । तपाईहरु एउटा अर्को सहर बनाउँदै हुनुहुन्छ ।’ मैले उनलाई निकारागुवामा जाँदा भेटेको थिएँ । त्यहाँ उनीसँग कैयौं मुद्दामा मेरो कुराकानी भएको थियो ।

मिखाइल गोर्वाचोभ

गोर्वाचोभसँग मेरो राम्रो सम्बन्ध थियो । राउलले उनलाई कयौं वर्षदेखि जान्दथे । उसले आफ्नो सोभियत संघको यात्राका बेला गोर्वाचोभलाई भेटेका थिए र धेरै नै मित्रवत सम्बन्ध कायम राखेका थिए ।

मैले पनि उनीसँग कुराकानी गरेको थिएँ । हामीबीच प्रायः विचारहरु आदानप्रदान हुन्थे । गोर्वाचोभ धेरै नै बौद्धिक व्यक्ति थिए । यो उनको चरित्रको एउटा गुण थियो । उनले हामीलाई एउटा मित्रलाई गर्नुपर्नेजस्तै व्यवहार गर्दथे र कुनै पनि सामान्य रुपले क्युवाली क्रान्तिप्रति उनको हृदयमा विद्यमान सम्मान देख्न सकिन्थ्यो । जति समय उनी सोभियत संघमा सत्तामा रहे, उनले क्यवाको हितमा जे गर्नुपथ्र्यो, त्यो गरे । उनले हाम्रो सम्बन्धमा आघात पुग्ने कुनै पनि काम गरेनन् । उनी राम्रो भावना भएको अत्यधिक क्षमतावान व्यक्ति थिए । किनकि, मलाई पूरा विश्वास थियो कि, गोर्वाचोभको उद्देश्य उत्कृष्ट समाजवाद निर्माणका लागि थियो ।

तर, देशका सामु उपस्थित समस्याहरुको उनले कुनै हल खोज्न सकेनन् । र, गैर–प्रश्नांकित रुपले उनले सोभियत संघमा भएका परिघटनाहरुमा एउटा धेरै महत्वपूर्ण भूमिका निभाए र पछि प्रत्यक्ष असफलतामा पनि उनको स्पष्ट भूमिका रह््यो । उनी सोभियत विघटनलाई कुनै पनि तरिकाले रोक्न सक्दैनथे । उनले जानेका थिएनन् कि, एउटा महान राष्ट्र र महान शक्तिको विघटनलाई कसरी रोक्नुपर्छ ?

2 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार