Presidential

गायिका राणाद्वयलाई नारायण गोपाल सम्मान

गायिका राणाद्वयलाई नारायण गोपाल सम्मान

१६ मङ्सिर । नारायण गोपाल सङ्गीत कोषले यस वर्ष गायिकाद्वय मीरा राणा र ज्ञानु राणालाई ‘नारायण गोपाल स्मृति सम्मान प्रदान गर्ने भएको छ ।

उक्त सम्मानस्वरुप नगद २५÷२५ हजार तथा दोसल्लासहित कदरपत्र प्रदान गरिनेछ ।म महाराजगन्जस्थित नारायण गोपाल बस्दै आउनुभएको घरमा यही मङ्सिर १९ गते स्मृति दिवसको अवसर पारेर विशेष कार्यक्रम गरी उक्त सम्मान प्रदान गरिनेछ ।

गायिका ज्ञानु र मीराले नेपाली गीत तथा सङ्गीत क्षेत्रको विकासमा योगदान गरेकाले सो सम्मान दिन लागिएको कोषका महासचिव उषा शेरचनले जानकारी दिइन् । गायिकाद्वयले नारायण गोपालसँग समेत युगल गीत गाएकी थिइन् ।

नारायण गोपालको विसं २०४७ मङ्सिर १९ गते ५१ वर्षको उमेरमा निधन भएको थियो । नारायण गोपालको निधनपछि नेपाली सुगम गीतसङ्गीतको विकासमा क्रियाशील गायक तथा सङ्गीतकर्मीलाई प्रत्येक वर्ष मङ्सिर १९ गतेका दिन सो पुरस्कार प्रदान गरिँदै आएको छ ।

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार