Presidential

बम राखिएको भनिएको विमान सकुशल अवतरण

बम राखिएको भनिएको विमान सकुशल अवतरण

२६ मङ्सिर । संयुक्त राज्य अमेरिकाको एउटा निजी क्षेत्रको विमान कम्पनी बोस्टन सेल्टिक्सको एक विमानमा बम राखिएको हल्ला चले तापनि सो विमान ओक्लाहोमा सिटीमा सकुशल अवतरण गरेको छ । ओक्लाहोमा सिटीमा आइतबार आयोजना हुन गइरहेको “थन्डर” नामक खेलमा सहभागी हुन खेलाडीको टिम र कार्यकारीहरु चढेको उक्त विमान प्राइभेट चार्टर उडानमा म्यासाच्युसेट्स राज्यको बेडफोर्ड बिमानस्थलबाट ओक्लाहोमा सिटीका लागि शनिबार बेलुकीपख प्रस्थान गरेको थियो ।

विमानमा बम राखिएको भनी विमान उडिरहेकै अवस्थामा कसैले चलाइ दिएको हल्ला चालक दल र टिमका केही कार्यकारीहरुको मात्र जानकारीमा रहेको थियो । खेलाडीहरु भयभित हुन नपाउन भनी अरु कसैलाई पनि थाहा दिइएको थिएन । अन्ततः विमान विल रोजर्स विमानस्थलमा बेलुका पाँच बजे सकुशल अवतरण ग¥यो ।

विमान अवतरण भएपछि मात्र बम राखेको भनिएको हल्ला सबै यात्रुलाई जानकारी गराइएपछि दौडादौड मच्चिन गयो । विमानस्थल अधिकारीहरुले विमानमा राखिएका सबै ब्यागेज, सरसामान नियन्त्रणमा लिई यात्रुहरुलाई मात्र बाहिर निस्कने अनुमति दिए ।

पछि, अमेरिकी फेडेरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबिआई), ओक्लाहोमा सिटी फिल्ड अफिसका सम्बन्धित अधिकारीहरु आई शनिबार राति विमानभित्र सबैतिर सम्पूर्ण जाँच गर्दा कहिँ कतै पनि बम वा विस्फोटक पदार्थ फेला परेन ।

बम राखिएको हल्ला कुन बदमासले कहाँबाट फैलाएको हो यसबारे एफबिआईले थप अनुसन्धान गरिरहेको पनि बोस्टन ग्लोबले जनाएको छ ।

3 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार