Presidential

माओवादी छाडेर राप्रपा प्रवेशपछि रेखा थापाले भनिन्– ‘मैले कहिल्यै माओवादीको सदस्यता लिइनँ’

माओवादी छाडेर राप्रपा प्रवेशपछि रेखा थापाले भनिन्– ‘मैले कहिल्यै माओवादीको सदस्यता लिइनँ’

२७ मसिर ।  गायिका कोमल वलीले राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेको केही हप्तापछि अभिनेत्री रेखा थापाले पनि राप्रपा प्रवेश गरेकी छिन् । राजधानीमा आयोजित एक कार्यक्रममा पार्टी प्रवेशको गरेकी थापाले आफू किन राप्रपामा प्रवेश गरेँ भन्ने थाहा पाउन दर्शकलाई आफ्ना विगत चलचित्र हेर्न आग्रह गरेकी छिन् । कुनै सयम माओवादी अध्यक्ष प्रचण्डसँग सडकमै कम्बर जुधाएर नाचेपछि चर्चामा आएकी थापा खाँटी माओवादी बनेकी थिइन् । संविधान सभाको दोस्रो विर्नाचनमा पर्सा जिल्लाबाट सभासद्का लागि टिकट समेत पाएकी उनी अन्तिममा मतदाता नामावलीमा आफ्नो नाम नभएपछि जिल्ल परेकी थिइन् ।

केही समय माओवादीका कार्यक्रममा समेत सहभागी भएकी थापाले देश परिवर्तन गर्ने पार्टी माओवादी मात्र भएको दाबी समेत गरेकी थिइन् । तर, अहिले उनी त्यही पार्टी छाडेर राप्रपामा प्रवेश गरेकी हुन् । पार्टी प्रवेशपछि उनले भनिन्, ‘म कहिले दुर्गा बनेँ कहिले काली बने त कहिले रामप्यारी बनेँ ।’

उनले अन्यार र अत्याचारकोविरुद्व त्यही भूमिकामार्फत आवाज उठाइरेको भन्दै आफ्नो भूमिका अनुसारको पार्टी राप्रपा भएकाले प्रवेश गरेका बताइन् । आफू हिन्दु राष्ट्रवादी नारी भएको भन्दै थापाले आफूलाई आफ्नै घर फर्किएको जस्तो महसुस भएको बताइन् । प्रवेश कार्यक्रममा उनले आफूले कहिल्यै माओवादी पार्टीको सदस्यता नदिएको पनि दाबी गरिन् । माओवादीको जनलहर देखेर कलाकारका रुपमा आफूले माओवादीलाई सहयोग मात्र गरेको उनको जिकिर थियो ।

1 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

  • निरोगीलाई नर्सको भान्सा !

    निरोगीलाई नर्सको भान्सा !

    दुईजना बूढा च्युँडोमा हात लगाएर धुँवा उडाइरहेका थिए मोडको कान्लामा । तोरी, गहुँ र फापरका रङ्गीबिरङ्गी रुपमा आँ..

  • दिपेश गौतमको म्युजिक भिडियो बजारमा

    दिपेश गौतमको म्युजिक भिडियो बजारमा

    दिपेश गौतमको ‘मलाई मन पर्यो’ नामक नेपाली आधुनिक गीतको म्युजिक भिडियो बजारमा आएको छ । मिन गुरुङको शब्द र संगीत ..

  • बुद्धिसागरका दुई कविता

    बुद्धिसागरका दुई कविता

    बुढो कालिकोट सपना पोखिएका बाटोहरुमा हिँड्छ अभावको पोको बोकेर आशाको लौरो टेकेर बुढो युगबाट फर्केजस्तो बु..

  • हङकङ ततायो नेपथ्यले

    हङकङ ततायो नेपथ्यले

    ‘आज होलीको दिन म तपाइँहरुसँग रंग खेल्नको निम्ति आइपुगेको छु,’ कार्यक्रमको प्रारम्भमै गायक अमृत गुरुङले टनाटन भ..

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार