Presidential

उज्यालो अभियानमा अवरोध खडा गर्नेलाई कारवाही गर्छुः ऊर्जा मन्त्री


उज्यालो अभियानमा अवरोध खडा गर्नेलाई कारवाही गर्छुः ऊर्जा मन्त्री

२८ मंसिर । ऊर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले जलविद्युत आयोजनाहरुमा जनतालाई शेयर दिने ‘मोडालिटी’ केही दिनमै सार्वजनिक गर्ने जानकारी दिएका छन् । प्रेस सेन्टर नेपाल मोरङ शाखाले विराटनगरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले यस्तो बताएका हुन् ।

‘जलविद्युत आयोजनाहरुमा जनतालाई के कसरी सहभागी गराउन सकिन्छ भन्ने विषयमा ऊर्जा मन्त्रालयले मोडालिटी तयार गरिरहेको छ, त्यो छिट्टै सार्वजनिक गरिनेछ,’ मन्त्री शर्माले भने ।  ‘नेपालको पानी जनताको लगानी’ कार्यक्रम अन्र्तरगत सरकारले निर्माण गर्ने जलविद्युत आयोजनाहरुमा जनतालाई ३० प्रतिशत शेयर दिने नीति रहेको उनको भनाइ थियो ।  मन्त्री शर्माले लोडसेडिङ फेरी नफर्काउने गरी मन्त्रालय र विद्युत प्राधिकरणले काम गरिरहेको पनि जानकारी दिए ।

प्राधिकरणभित्रको अनियमितता र भद्रगोल अन्त्य गरी लोडसेडिङ हटाइएको भन्दै मन्त्री शर्माले यसलाई निरन्तरता दिन मन्त्रालय लागिपरेको जानकारी दिए ।

लोडसेडिङ अन्त्य भएपछि व्यापार–व्यवसाय, शान्ति–सुरक्षा र समग्र अर्थतन्त्रको क्षेत्रमा उत्साहजनक सुधार आएको उनको भनाइ थियो । उनले अँध्यारोविरुद्ध उज्यालो ल्याउने अभियानमा बाधा हाल्ने कसैलाई पनि नछाड्ने चेतावनी समेत दिए ।

मन्त्रालयले स्पष्टीकरण सोधेका ३ जना प्राधिकरण संचालकहरुतर्फ संकेत गर्दै मन्त्री शर्माले उज्यालो अभियानमा अवरोध खडा गर्नेलाई कारवाही गरेरै छाड्ने चेतावनी दिए ।  प्राधिकरणले विद्युत उत्पादन कम्पनीमार्फत अपर अरुण निर्माण गर्ने प्रस्ताव अघि सारेपछि प्राधिरणका सञ्चालकहरु लक्ष्मणप्रसाद अग्रवाल, मनोज मिश्र र सुरज लामिछानेले त्यसको विरोध गरेका थिए ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार