Presidential

नबिलका कर्मचारीहरुद्वारा रक्तदान

नबिलका कर्मचारीहरुद्वारा रक्तदान

३० मंसिर । नबिल बैंक कर्मचारी सघंले आफ्नो २२ औं वार्षिक उत्सव मनाउने क्रममा नबिल बैंकको केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रममा बैंकका ७० जना कर्मचारीहरु तथा कर्मचारीका परिवारहरुले रक्तदान गरेका थिए । रक्तदाताहरुलाई नबिल बैंक कर्मचारी सघंबाट प्रशंसापत्र प्रदान गरिएको थियो ।

देशमा रहेको विद्ममान रक्त अभावलाई ध्यानमा राख्दै नबिल बैंक कर्मचारी सघंले आफ्नो वार्षिक उत्सवको दिन हरेक वर्ष रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । नबिल बैंक कर्मचारी सघंले भविष्यमा पनि यस्तो कार्यक्रम काठमाडौं उपत्यकामा मात्र सीमित नभई उपत्यका बाहिरका बैंकका शाखाहरुमार्फत पनि निरन्तरता दिने योजना बनाएको छ । नेपाल रेडक्रस सोसाइटीले संघले निरन्तर रुपमा रक्तदान कार्यक्रम राख्दै आएकोमा उक्त योगदानको प्रशंसा गरेको छ ।

0 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार