Presidential

हवाई आक्रमणमा परी अफगानिस्तानमा एकाइसको मृत्यु

हवाई आक्रमणमा परी अफगानिस्तानमा एकाइसको मृत्यु

३० मंसिर । अफगानिस्तानको उत्तरी क्षेत्रमा पर्ने बाल्खमा भएको हवाई आक्रमणमा परी २१ जनाभन्दा बढीको मृत्यु भएको छ ।

लुकेर बसेका तालिबानी लडाकुहरूलाई लक्षित गरी सरकारी सेनाले आक्रममण गर्दा उनीहरूको मृत्यु भएको गृह मन्त्रालयद्वारा जारी वक्तव्यमा जनाइएको छ ।

सुरक्षाकर्मीहरूले सुरक्षा कारबाहीका क्रममा तालिवानी लडाकूहरूले लुकाइराखेका हातहतियार पनि नष्ट गरेको मन्त्रालयले जनाएको छ ।

आतङ्कारीहरूलाई लक्षित गरी देशका अन्य ठाउँमा पनि सुरक्षा कारबाहीलाई निरन्तरता दिने गृह मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

1 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार