Presidential

चामेमा प्रभू बैंकको नयाँ शाखा

चामेमा प्रभू बैंकको नयाँ शाखा

४ पुस । नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवि नेपालले मनाङको चामेमा प्रभू बैंकको शाखा उद्घाटन गरेका छन् । आइतबार गभर्नर डा. नेपालले एक समारोहका बिच उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।

चामेमा युके एड “सक्षम” को सहकार्यमा बैंकले नयाँ शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याएको छ । यसका साथै धारापानी, अपर मनाङ, ताल, ढुकुरपोखरी र पिसाङमा शाखारहित बैंकिङ्ग सेवा पनि सञ्चालनमा ल्याइएकोे छ ।

मनाङमा बैंकको शाखा र शाखारहित सेवा विस्तार भएको हुँदा उक्त क्षेत्रका स्थानीय बासिन्दाहरुले सरल, सहज रुपमा सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गरी लाभान्वित हुने भएकाले यसबाट स्थानीयहरु पनि उत्साहित भएका छन् ।

0 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार