Presidential

वरिष्ठ पत्रकार किशोर श्रेष्ठले कहिल्यै बिर्सन नसक्ने १४ घटना

वरिष्ठ पत्रकार किशोर श्रेष्ठले कहिल्यै बिर्सन नसक्ने १४ घटना

किशोर श्रेष्ठ नेपाली पत्रकारितामा नयाँ प्रयोग र अभ्यासका कारण चिरपरिचित नाम हो । २५ वर्षको उमेरदेखि ०५१ सालमा ‘जनआस्था’ साप्ताहिक शुरु गरेका उनले त्यसलाई नेपालको नम्बर एक साप्ताहिक पत्रिका मात्र बनाएनन्, अहिले दैनिक पत्रिका, रेडियो र टेलिभिजनको नेतृत्वमा पुगेका कैयौँ पत्रकार पनि उत्पादन गरे । प्रेस काउन्सिल नेपालको सदस्यका साथै विश्व प्रेस काउन्सिलको उपाध्यक्ष रहेका श्रेष्ठ सानै उमेरदेखि वामपन्थी राजनीतिमा लागेर दुःख–कष्ट उठाउनेमध्ये पर्छन् । राजनीति छाडेर पत्रकारितामा सक्रिय रहे पनि त्यही कारण विगतका प्रसंग आउनासाथ उनी ‘नोस्टाल्जिक’ बनिहाल्छन् । स्रोतसँगको व्यापक पहुँच, ‘एक्स्क्लुसिभ’ समाचार खोज्ने रुचि र त्यसलाई अरूले भन्दा भिन्न शैलीमा पस्किने कलाका लागि पत्रकारिता क्षेत्रमा स्थापित छन् । विश्वका ४६ देश घुमिसकेका श्रेष्ठसँग पहिलोन्युज डटकमका कार्यकारी सम्पादक मोहन बाँस्तोलाले गरेको कुराकानीका आधारमा तयार पारिएको उनको जीवनका बिर्सिन नसकिने १४ घटना :

आफू जेलमा हुँदा बुबाको मृत्यु

मेरो जीवनमा सबैभन्दा बढी पीडादायी घटना बुबाको मृत्यु हो । सानै उमेरदेखि राजनीतिमा सक्रिय थिएँ । बुबाले मलाई ‘कि यो मर्छ कि राजनीतिमा केही गर्छ’ भनेर स्वतन्त्ररूपले लाग्न प्रेरणा दिनुहुन्थ्यो । जेलमा थिएँ, बुबा विरामी हुनुभएछ । ०४३ मंसिरमा धादिङको मलेखुबाट काठमाडौं ल्याउँदा बाटैमा मृत्यु भएछ । ९ कक्षामा अध्ययन गर्दैगर्दा मलाई तत्कालीन पञ्चायती शासकले राजकाज मुद्दा चलाएर जेलमा कोचेको थियो ।

क्रूर भनौँ कि नरम, यो खबर पुगेपछि मलाई पञ्चायती शासकले छाडे । तर, दुर्भाग्य मैले बुबाको मुख देख्न पाइनँ । म जेलबाट आउँदा अन्त्येष्टि भइसकेछ । त्यो क्षण सम्झिँदा अहिले पनि कताकता मन अमिलो हुन्छ । छोराले केही गरेको देख्ने सपना पूरा नहुँदै कलिलो उमेरमै बुबा बितेको घटना अविस्मरणीय छ ।

पञ्चायतविरोधी निबन्ध लेख्दा फेल

एक कक्षादेखि नै प्रथम हुँदै आएको हुँ । कक्षाको फस्र्ट ब्वाई भएकाले गुरुबा–गुरुआमाहरूको प्रिय थिएँ । सबैले माया गर्नुहुन्थ्यो । एक दिन विद्यालय छुट्टीपछि मलेखु खोलामा पौडी खेल्दै थिएँ । शिक्षकहरू हतार–हतार गर्दै आउनुभयो र भन्नुभयो, ‘लौ किशोर छिटो जानुपर्ने भयो ।’ आश्चर्यचकित हुँदै सोधँे– ‘कहाँ जाने ?’ उहाँहरूले भन्नुभयो– ‘जिल्लामा एउटा जाँच दिनुपर्ने भयो, लौ हिँड ।’

पछि बुझ्दा बूढानीलकण्ठ स्कुलले जिल्ला–जिल्लाबाट अध्ययनशील विद्यार्थीलाई छानेर ल्याउने रहेछ । मलाई शिक्षकहरूले त्यसैका लागि बोलाउनुभएको रहेछ । म परीक्षामा सहभागी भएँ । जिल्ला प्रथम पनि भएँ ।

पछि एउटा निबन्ध लेख्न भनियो । म एक कक्षादेखि नै राजनीतिमा सक्रिय । पञ्चायती व्यवस्थाको विरोध गरेर निबन्ध लेखँ। त्यसमा उत्तीर्ण भइनँ । म त्यतिवेला उत्तीर्ण भएको भए पूर्वयुवराज दीपेन्द्रको सहपाठी हुने रहेछु । त्यसपछि मेरो जीवन नै अन्तैतिर मोडिने थियो होला । तर, उत्तीर्ण नभएका कारण त्यस्तो भएन । अहिले सम्झिँदा खुशी लाग्छ ।

७ कक्षासम्म प्रथम, ८ मा पास मात्रै

कक्षा सातसम्म गाउँकै विद्यालयमा अध्ययन गरँे । आठ कक्षा पढ्न गजुरी आउनुपथ्र्यो । आदर्श माध्यमिक विद्यालयमा भर्ना भएँ । त्यहाँ कोही कांग्रेसनिकट, कोही मालेनिकट त कोही जनमोर्चानिकट थिए । राजेन्द्र पाण्डे भूगोल शिक्षक हुनुहुन्थ्यो । त्यसैवेला राजेन्द्र पाण्डे, गंगालाल तुलाधरहरू जेल जानुभयो । मलाई पनि राजकाज मुद्दा लगाइयो । म करिब चार महिना भूमिगत भएँ ।

फर्केर आउँदा परीक्षा छुटिसकेको थियो । त्यतिवेला वसन्त घिमिरे सर हुनुहुन्थ्यो । जनमोर्चानिकट उहाँले मलाई चौरमा बसालेर चर्को घाममा निकै अपमानित ढंगले पञ्चायतसम्बन्धी प्रश्न सोध्नुभयो । ७ कक्षासम्म प्रथम भएको विद्यार्थीलाई राजनीतिक प्रतिशोधकै कारण पासमार्क मात्र दिनुभयो । त्यसपछि म त्यो विद्यालय छाडेर अध्ययनका लागि काठमाडौं आएँ । काठमाडौंमा अध्ययन गरिरहेकै बेला जेल परें र त्यसैवेला बुबाको मृत्यु भयो । सधैँ प्रथम हुने मलाई राजनीतिक प्रतिशोधकै कारण पास मात्र बनाएको त्यो घटना कहिल्यै बिर्सिन सक्दिनँ ।

महाकाली सन्धिको विरोध गर्दा पत्रकार महासंघमा हार

म कुनै समय अनेरास्ववियुमा योगेश भट्टराई, भानुभक्त ढकाल, रवीन्द्र अधिकारीहरू भन्दा अलिक ‘सिनियर’ नेता थिएँ । तर, नख्खु जेलबाट दोस्रोचोटि ०४६ सालमा छुटेदेखि नै राजनीतिको ‘ट्र्याक’ छाडेर पत्रकारितातिर लागेँ ।

भारतसँग भएको महाकाली सन्धि गलत हो भन्ने पक्षमा उभिएकै कारण पछिसम्म राजनीतिक पूर्वाग्रहको शिकार बन्नुप-यो । त्यही कारणले नेपाल पत्रकार महासंघको महासचिवमा हराउन पार्टीकै साथीहरू सक्रिय भएर लागे । आन्तरिक गञ्जागोलका कारण ११ मत नपुगेर महासचिव हार्न पुगेँ, तारानाथ दाहालले जिते ।

म ‘प्रकाश’ साप्ताहिकबाट सक्रिय पत्रकारितामा संलग्न भएँ । त्यतिवेलादेखि निरन्तर वामपन्थी पत्रकारितामा लाग्नेमा गोपाल थपलियापछि मै हुँ । मैले जेलबाटै ९ कक्षाको परीक्षा दिएको हुँ । आस्था र विचारका हिसाबमा वामपन्थी, त्यसमा पनि तत्कालीन नेकपा (माले) र नेकपा (एमाले) मै थिएँ । मालेको त पार्षदसम्म रहेँ । भारतसँग भएको महाकाली सन्धि गलत हो भन्ने पक्षमा उभिएकै कारण पछिसम्म राजनीतिक पूर्वाग्रहको शिकार बन्नुप-यो । त्यही कारणले नेपाल पत्रकार महासंघको महासचिवमा हराउन पार्टीकै साथीहरू सक्रिय भएर लागे । आन्तरिक गञ्जागोलका कारण ११ मत नपुगेर महासचिव हार्न पुगेँ, तारानाथ दाहालले जिते । मेराविरुद्ध त्यसवेला तीर्थ कोइरालालाई ‘डमी’ उम्मेदवार बनाइएको थियो । मैले १९३ मत पाएँ, उनले ७२ मत ल्याए ।

सदस्यता नवीकरण गर्न स्थायी समिति बैठक

०५४ सालमा विभाजित माले र एमालेबीच ०५८ सालमा एकता भयो । पार्टी फुटाउने अभियानको नेतृत्व गर्ने वामदेव गौतम, सहाना प्रधानहरूले एकतापछि जिम्मेवार पद पाउनुभयो । तर, मेरो पार्टी सदस्यता नै नवीकरण भएन ।

मैले सदस्यता नवीकरण नगरे एमाले लोकतान्त्रिक पार्टी हो कि हैन भन्ने जिकिरसहित सर्वोच्च अदालत जाने धम्की दिएँ । त्यसपछि स्थायी समितिको बैठकबाट मेरो र कैलालीका पूर्वसांसद हिमाञ्चलराज भट्टराईको सदस्यता नवीकरण भयो । नेपालमा कम्युनिस्ट पार्टीको इतिहासमा सायद यो नयाँ घटना होला ।

परीक्षा नभएको भए मदनसँगै जान्थेँ

जननेता मदन भण्डारीसँग मेरो धेरै ठूलो सम्बन्ध होइन । ०४६ साल भदौमा सम्पन्न नेकपा (माले)को चौथो महाधिवेशनबाट उहाँ महासचिव भएर आउनुभएको रहेछ । म त्यतिबेला ‘प्रकाश’ साप्ताहिकमा काम गर्थें । त्यो पत्रिका सुनकोशी छापाखाना, कालिमाटीमा छापिन्थ्यो । उहाँलाई मैले त्यसअघिसम्म मदन भण्डारी नामले चिनेको थिइनँ । पार्टी खुला राजनीतिमा आएपछि र माले–माक्र्सवादी एकीकरण भएर एमाले बनेपछि उहाँसँग सम्बन्ध झन् राम्रो भयो । उहाँले मलाई त्यतिवेला किन मन पराउनुभयो ? थाहा छैन । म स–सानो मान्छे । उहाँले विस्तारै जहाँ जाँदा पनि साथमै लिएर जान थाल्नुभयो । उहाँसँग भारत, कम्बोडिया र भियतनामका दूतावास पनि गएँ । मुलुकभित्रका विभिन्न ठाउँमा साथै रहेँ ।

त्यस दिन मेरो परीक्षा नपरेको भए ! म गएको भए त्यो घटना नहुन सक्थ्यो कि ! वा मैले पनि मदन भण्डारी र जीवराज आश्रितसँगै दासढुंगामा मृत्युवरण गर्ने थिएँ कि ! बाँचेको भए म त्यो घटनाबारे सबैभन्दा जानकार व्यक्ति पनि बन्न सक्थेँ वा त्यो घटनाको सबैभन्दा शंकास्पद व्यक्ति पनि बन्न सक्थेँ कि !

अहिले पनि याद छ, मदन भण्डारी चीनबाट फर्किएको एक हप्तापछिको घटना हो, दासढुंगा । उहाँको मृत्यु हुनुभन्दा एक दिनअघि साँझ पनि मेरो टेलिफोनमा कुराकानी भएको थियो । उहाँले मलाई पोखरा जाऔँ भन्नुभएको थियो । तर, त्यही दिन मेरो बीएको जाँच भएकाले जान सकिनँ । उहाँले ‘त्यसो भए उतैबाट अमर लामाले समाचार टिपाउँछन्’ भन्नुभयो ।

अहिले सम्झना हुन्छ, त्यस दिन मेरो परीक्षा नपरेको भए ! म गएको भए त्यो घटना नहुन सक्थ्यो कि ! वा मैले पनि मदन भण्डारी र जीवराज आश्रितसँगै दासढुंगामा मृत्युवरण गर्ने थिएँ कि ! बाँचेको भए म त्यो घटनाबारे सबैभन्दा जानकार व्यक्ति पनि बन्न सक्थेँ वा त्यो घटनाको सबैभन्दा शंकास्पद व्यक्ति पनि बन्न सक्थेँ कि !

केपी ओलीलाई संवाददाता बनाउँदा…

एकपटक मदन भण्डारीसँगै माधवकुमार नेपाल, केपी ओली, अमृत बोहरा, हरि पाण्डे, सानु मिश्रलगायतको टोली चीन जाने भयो । त्यो टोलीमा मेरो नाम पनि थियो । त्यतिवेला प्रचार विभाग प्रमुख केपी ओली । उहाँले ‘प्रचार विभाग प्रमुख नै जाने भएपछि पत्रकार किन जानुप-यो ?’ भन्नुभयो र मेरो नाम काटियो ।

मैले त्यो समाचार त्यतिवेला पार्टीको आधिकारिक पत्रिका ‘दृष्टि साप्ताहिकका लागि एमाले प्रचार विभाग प्रमुख केपी ओलीले चीनबाट पठाउनुभएको समाचार’ भनेर छापेँ । चीन जाने टोलीमा मेरो नाम कटाए पनि केपी ओलीलाई पत्रिका संवाददाता बनाउन पाएकोमा खुशी लाग्यो ।

चेङ्दुबाट उहाँले फोन गरेर समाचार टिपाउनुभयो । मैले त्यो समाचार त्यतिवेला पार्टीको आधिकारिक पत्रिका ‘दृष्टि साप्ताहिकका लागि एमाले प्रचार विभाग प्रमुख केपी ओलीले चीनबाट पठाउनुभएको समाचार’ भनेर छापेँ । चीन जाने टोलीमा मेरो नाम कटाए पनि केपी ओलीलाई पत्रिका संवाददाता बनाउन पाएकोमा खुशी लाग्यो । त्यो मलाई पूर्वाग्रही भएर नेतृत्व तहमै रहेका नेताले गरेको अपमानको एउटा श्रृंखला थियो ।

अपमान पिएर चीनमा

खङ स्युयिङ भन्ने मेरो एक जना मित्र हुनुहुन्छ । दार्जिलिङमा जन्मिएकी उहाँ चिनियाँ कम्युनिस्ट पार्टीमा कार्यरत । मैले एकदिन ‘लौ दिदी, एमाले प्रचार विभागको टोलीलाई चाइना घुमाउनुप-यो’ भनेँ । उहाँले ‘हुन्छ’ भनेपछि सात जनाको टोली चीन जाने भयो ।

प्रचार विभाग प्रमुख आरके मैनाली हुुनुहुन्थ्यो । प्रोटोकोलमा मेरो नाम दुई वा तीन नम्बरमा थियो । मैले मिलाएको टोली जाने बेलामै मेरो नाम काट्ने कोशिश भयो । तर, आरकेले ‘जसले मिलाएको हो, त्यसैलाई नलैजाने भए म पनि जान्नँ’ भनेपछि मेरो नाम फेरि हालियो । चीन गएपछि पनि अपमानको हद भयो । ल्हासा पुग्दा थाहा भयो, मेरो नाम त अन्तिममा रहेछ । बस्नलाई सिँढीछेउको कोठा । बोधराज त्रिपाठी, हरि रोका, सूर्य थापाहरूको नाम मेरोभन्दा माथि । भ्रमण मिलाउने मलाई त गाडीको खलासीजस्तो बनाएछन् । मैले आरकेलाई सोधेँ । उहाँले पनि टालटुले कुरा गर्नुभयो ।

चेङ्दु पुग्दा पनि त्यस्तै अपमान भएपछि ‘किन यस्तो गरेको ? म विदेश जान नपाएर मरेको छैन, नेपाल फर्किन्छु’ भनेर कराएँ । अग्निशिखाले ‘आज मेरो जन्मदिन हो, कस्तो घटना आइलाग्यो, तपाईं नेताहरूको आग्रह–पूर्वाग्रहको शिकार हुनुभयो, सबै कुरा नेपाल फर्किएर गरौँला’ भनेपछि म थच्चिएँ र अपमानको घुँट पिएर यात्रालाई निरन्तरता दिन बाध्य भएँ ।

मेरो कार्डमा रघु पन्तले दरबार जान खोजेपछि…

०५१ सालमा नेकपा (एमाले) को सरकार बन्ने भयो । ‘दृष्टि’मा काम गर्थें । नाम कमल कोइराला वा अरू कसैको भए पनि सबै काम गर्ने म नै थिएँ । समाचार खोज्ने, लेख्ने, छाप्ने, पत्रिकाको कार्यालयमै सुत्ने– सबै मै गर्थें । दरबार र सेनाको समाचार मै लेख्थेँ ।

मैले ‘कार्ड मेरो नाममा आएको छ, म जान्छु’ भनेँ । त्यहीँ कुटाकुट होलाजस्तो भयो । अन्ततः उहाँको केही लागेन । मनमोहनको शपथमा सामेल हुने अवसर मैले नै पाएँ ।

०५१ मंसिर १३ गते मनमोहन अधिकारी प्रधानमन्त्री नियुक्त हुनुभयो । उहाँले शपथ लिँदा ‘दृष्टि’लाई पनि शपथग्रहणमा सहभागी हुन दरबारबाट मेरो नाममा निमन्त्रणा आयो । म सोमनाथ प्यासीको दौरा–सुरुवाल लगाएर दरबार जान ठिक्क परेर बसेँ ।

त्यसैवेला रघुजी पन्त आएर ‘म आज मनमोहनको शपथमा दरबार जानुपर्ने, खोइ कार्ड ?’ भन्दै उफ्रिनुभयो । उहाँको शपथमा जाने मात्र होइन, मनमोहन अधिकारीको सल्लाहकार हुने ध्येय थियो । मैले ‘कार्ड मेरो नाममा आएको छ, म जान्छु’ भनेँ । त्यहीँ कुटाकुट होलाजस्तो भयो । अन्ततः उहाँको केही लागेन । मनमोहनको शपथमा सामेल हुने अवसर मैले नै पाएँ ।

घोडी बलात्कारको समाचारले हंगामा

एक पटक ‘दृष्टि’मा घोडी बलात्कार भएको समाचार आयो । वीरगञ्जबाट गया यादवले पठाएको त्यो समाचार अग्निशिखाले प्रथम पृष्ठमा बक्स बनाएर छाप्नुभयो । तर, रघुजी पन्तले ‘त्यो समाचार शम्भु र किशोरले छापेका हुन्’ भनेर हामीलाई समस्यामा पार्नुभयो । समाचार राम्रा आए मैले भन्ने र केही गलत भए हामीलाई दोष दिने उहाँको शैलीले हामी थुप्रै पटक समस्यामा परेका छौँ ।

रमेशनाथ पाण्डेले यसरी फँसाए

त्यतिबेला गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो । दासढुंगा काण्डपछि रमेशनाथ पाण्डेले राति ९ बजे ‘दृष्टि’मा मलाई टेलिफोन गरेर ‘श्री ५ महाराजाधिराजले संविधानको यति धाराअनुसार प्रधानमन्त्रीलाई हटाउन चाहिबक्सेको छ’ भने । दरबारकै मान्छेले भनेको कुरा नपत्याऊँ कसरी ? त्यति राति संविधान खोजौँ भने कतै थिएन । थप केही नसोची उनको विश्वासमा त्यो समाचार छापेँ ।

त्यतिबेला गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो । दासढुंगा काण्डपछि रमेशनाथ पाण्डेले राति ९ बजे ‘दृष्टि’मा मलाई टेलिफोन गरेर ‘श्री ५ महाराजाधिराजले संविधानको यति धाराअनुसार प्रधानमन्त्रीलाई हटाउन चाहिबक्सेको छ’ भने । दरबारकै मान्छेले भनेको कुरा नपत्याऊँ कसरी ? त्यति राति संविधान खोजौँ भने कतै थिएन । थप केही नसोची उनको विश्वासमा त्यो समाचार छापेँ ।

म कार्यालयमै सुतेको थिएँ । बिहानै ६ बजे अग्नि खरेलको फोन आयो । उहाँले ‘यो कुरा संविधानको कुन धारामा छ ?’ भनेर सोधेपछि जिल खाएँ । पछि संविधान पल्ठाउँदा त त्यस्तो धारा कहीं, कतै रहेनछ । रमेशनाथ पाण्डेले केही स्वार्थका लागि त्यो समाचार टिपाएका रहेछन् । त्यो समाचार छापिएपछि दरबार पनि कम्युनिष्टभित्र खेल्न पाएकोमा रमायो होला, त्यसबाट रमेशनाथलाई पनि फाइदा भयो होला ।

वामदेवले टेबुल ठटाएपछि ‘जनआस्था’ जन्मियो

०५१ सालमा एमाले सरकारमा गएको वेला वामदेव गौतम पार्टीको उपमहासचिव हुनुहुन्थ्यो । उहाँसँग हामीले तीनवटा कुरा राख्यौँ । पहिलो, व्यक्ति मालिक भएको ‘दृष्टि’ साप्ताहिकलाई कम्पनीमा परिणत गर्नुपर्छ । होइन भने हाम्रो भविष्य खोइ ? दोस्रो, कहिले भीम रावल, कहिले कमल कोइराला, कहिले देवी ओझालाई सम्पादक भनेर थुपारेको थुपा-यै गर्ने ? हाम्रो पालो खोई ? तेस्रो, आलोचनाको सीमा कति राख्ने ? ‘दृष्टि’लाई गोरखापत्र बनाउने कि ‘विमर्श’ ? ‘दृष्टि’लाई ‘नवयुग’ नबनाऔँ, नयाँ बजार खोजौँ ।

हामीले यति भन्नेबित्तिकै वामदेव गौतमले ड्याङ्ग टेबुल ठोकेर ‘पार्टीको गोरखापत्र नै बनाउने हो’ भनेपछि एमाले सरकारमा रहेकै बेला त्यसको फाइदा नहेरी प्रकाशक शम्भु श्रेष्ठबाहेक हामी सबैले हात झिक्यौँ ।

हामीले यति भन्नेबित्तिकै वामदेव गौतमले ड्याङ्ग टेबुल ठोकेर ‘पार्टीको गोरखापत्र नै बनाउने हो’ भनेपछि एमाले सरकारमा रहेकै बेला त्यसको फाइदा नहेरी प्रकाशक शम्भु श्रेष्ठबाहेक हामी सबैले हात झिक्यौँ ।

त्यसको दुई महिनापछि आठ मार्चको सन्दर्भ पारेर ‘जनआस्था’ निकालेका हौँ । अहिले अख्तियारका कार्यवाहक प्रमुख आयुक्त दीप बस्न्यात त्यतिवेला सूचना विभागका महानिर्देशक थिए । हामीले प्रकाशन गरेको तीन महिनामै ‘यो पत्रिका २९ हजार छापिँदो रहेछ, ‘क’ श्रेणीमा प¥यो’ भनेर उनैले प्रमाणित गरेका छन् । यो हाम्रा लागि पनि गौरवको कुरा हो । त्यतिवेला चल्लाले माउ निलेजस्तो भयो । ‘दृष्टि’ मंगलबार भाग्यो, हामी बुधबार नै निरन्तर आयौँ ।

मदनले चासो लिएका दुई समाचार

०४९ सालतिरको कुरा हो । निकै ठूलो बाढी आएको थियो । त्यसवेला भारतले पह्रारको भूकम्पका वेलामा जस्तै उद्धारका लागि भनेर हेलिकोप्टर पठाएको थियो । तर, नेपाली सेनाले अनुमति नलिई ल्याएको भनेर उड्न दिएन । ‘नेपाली सेनाको स्थापना विस्तारवादको सेवा गर्न होइन’ भन्ने सन्दर्भ उल्लेख गरेर नेपाली सेनाले प्रकाशन गरेको ऐतिहासिक ग्रन्थ मैले प्राप्त गरेको थिएँ । त्यसैलाई आधार बनाएर भारतसँग नेपाली सेना नझुक्ने आशयको समाचार प्रकाशन गरेँ । त्यसले हंगामा मच्चायो । मदन भण्डारीले ‘यो साँच्चै हो ?’ भनेर सोध्नुभयो । मैले फोटोकपी नै पठाएपछि खुशी हुनुभयो ।

एकपटक ‘रानी ऐश्वर्य दिल्ली गइन्’ भनेर समाचार छापेको थिएँ । मदनले ‘भाषामा चाहिँ अलिक ख्याल गर्नुपर्छ कि !’ भनेर बिहानै फोनमा सम्झाउनुभयो ।

श्रीषा कार्की प्रकरण

मैले सधैँ सम्झिरहने घटनामध्ये एक हो– श्रीषा कार्की प्रकरण । यो घटनाले मलाई बारम्बार घोचिरहन्छ । मैले गरेका राम्रा कामको भन्दा बढी श्रीषा कार्की प्रकरण जोडेर मलाई हेर्ने गरिन्छ । तर, त्यो समाचारको ‘सिक्वेन्स’ लाई किन हेरिन्न ? कृष्ण सेन ‘इच्छुक’लाई जेलमा कुटेर मारियो भनेर समाचार लेख्ने मै हुँ । त्यतिवेलाका आइजीपी प्रदीपशमशेर जबराका छोराको आनीबानीका कारण चार महिनामै थापा परिवारकी बुहारीले छाडेर हिँडिन् भनेर समाचार लेख्ने पनि मै हुँ । मंगलसेन जलिरहँदा शशि भवनमा चरु होम गर्ने प्रधानसेनापति प्रज्वलसमशेर जबराको समाचार लेखेबापत उनले होटल -याडिसनको एक पार्टीमा मलाई ‘आइ विल सुट यू’ (म तिमीलाई गोली ठोक्छु)’ भनेकै हुन् ।

तत्कालीन राजा ज्ञानेन्द्रले ०५९ असोज १८ गते सत्ता हातमा लिएका थिए । पाँच दिनपछि असोज २३ गते ‘जनआस्था’मा मैले लोकमानसिंह कार्की, खुमबहादुर खड्का, केशव स्थापितलगायत ४५ जनाले श्रीषा कार्कीलाई भोग्छन् भनेर छापेको छु । सबैका निम्ति टाउको दुखाइको कारक बनेका ‘जनआस्था’ले नाम छापेकाहरू एकातिर छन्, मण्डले कलाकारले सडकमा जुलुस निकाले । दरबार, सेना, प्रहरी सबै मेरो विपक्षमा । समाचार छापेको चार दिनपछि श्रीषा बाबु दलबहादुर र भाइ राजेन्द्रसहित खण्डन छपाइदिन मेरो कार्यालयमा आए । तर, श्रीषाले आत्महत्या गरेको छ दिनपछि ममाथि सार्वजनिक मुद्दा चलाइयो । अचम्मको कुरा, त्यसको सात दिनपछि त्यो मुद्दालाई ज्यान मुद्दामा बदलियो ।

०४६ सालको परिवर्तनले हामीलाई बेरोकटोक प्रेस स्वतन्त्रता दिएको छ । यदि त्यो स्वतन्त्रता नदिएको भए त्यसैवेला मेरो पत्रिका बन्द हुने थियो । सिधै पत्रिका बन्द गर्न नमिल्ने भएपछि उनीहरूले ‘जनआस्था’का हस्तीहरूलाई ज्यानमुद्दा लगाएर पत्रिका बन्द गराउने प्रयास गरेका हुन् । आतंकवादीको आरोपमा फसाइदिने धम्कीसहित सहसम्पादक सीताराम बराललाई त्यही बेला वक्तव्यमार्फत पत्रिका छाड्न लगाएकै हुन् । त्यतिवेला मेरो पक्षमा कोही थिएनन् । सँगै सात वर्षभन्दा बढी काम गरेका साथीहरूले समेत मलाई जेल हाल्नुपर्छ भनेर अन्तर्वार्ता दिँदै हिँडे । म त्यही काण्डले दुई वर्ष भूमिगत भएँ । तर, पत्रिका जसोतसो निकालेँ ।

यस्तो अवस्थामा पनि म कसरी बाँचेँ हुँला ? मैले कसरी पत्रिका सबैसामु पु-याएँ हुँला ? घटना ठूलो होइन, ती नानीको तस्बिर छापिएको हो । मैले गरेको त्यति मात्र हो, बाँकी उनी आफैँले गरेकी हुन् । त्यस घटनाले मलाई कति यातना दिइयो ? त्यसको लेखाजोखा खोई ?

19 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार