Presidential

चिनियाँ नेताले ओलीसँग सोधे– ‘हामीसँग भएको सम्झौता के हुन्छ ?’


चिनियाँ नेताले ओलीसँग सोधे– ‘हामीसँग भएको सम्झौता के हुन्छ ?’

४ मंसिर । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाओ नेतृत्वको टोलीले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग सोमबार भेटवार्ता गरेको छ ।

भेटका अवसरमा चिनियाँ प्रतिनिधिमण्डलले ओली प्रधानमन्त्रीका रुपमा चीन भ्रमण गर्दा दुई देशका बीच भएका सम्झौता तथा सहमतिहरु कार्यान्वयनका लागि चासो व्यक्त गरेको थियो ।  प्रतिनिधिमण्डलले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पनि जिज्ञासा राखेको थियो ।

भेटमा ओलीले नेपाल र चीनका बीचमा रआिएको प्रगाढ सम्बन्ध कसैले चाहेर पनि भत्काउन नसक्ने स्पष्ट पार्दै आगामी दिनमा यसलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए । उपमन्त्री येझाओले प्रतिनिधिमण्डलका नेता, चिनियाँ कम्युनिस्ट पार्टीका पोलिट्ब्युरो सदस्य तथा प्रचार विभाग प्रमुख लिउ छिपाओ स्वास्थ्यका कारण भेटमा सहभागी हुन असमर्थ रहेको जानकारी  गराएका थिए ।

‘भेटमा पार्टीका तर्फबाट उपाध्यक्ष भीम रावल, पोलिट्ब्युरो सदस्यद्वय महेन्द्रबहादुर पाण्डे र विष्णु रिमाल तथा केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ सहभागी थिए,’ एमाले प्रचार विभाग सचिव विष्णु रिजालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार