Presidential

सर्वसाधारणको करोडौँ रकम ठगी गर्ने घरजग्गा व्यवसायी बस्नेत पक्राउ

सर्वसाधारणको करोडौँ रकम ठगी गर्ने घरजग्गा व्यवसायी बस्नेत पक्राउ

१३ पुस । बैंक तथा वित्तीय संस्था, र सर्वसाधारणबाट करोडौँ रकम हिनामिना र ठगी गरेको आरोप लागेका सुधीर बस्नेत पक्राउ परेका छन् । वित्तीय संस्था र सर्वसाधारणको करोडौँ रकम हिनामिना गरेको आरोपमा उनलाई प्रहरीले धापासीस्थित आफ्नो घरमा बसिरहेको अवस्थामा पक्राउ गरेको हो ।

उनलाई मंगलबार पक्राउ गरेको महानगरीय अपराध महाशाखाका प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले जानकारी दिए ।  प्रहरी आएको चाल पाएपछि बस्नेत भाग्न लाग्दा उनको हातमा सामान्य चोट लागेको छ । अदालतको फैैसला कार्यान्वयनको क्रममा उनलाई पक्राउ गरिएको खनालले जानकारी दिए ।

बस्नेतमाथि काठमाडौँ जिल्ला अदालतबाट छ महिना कैद, भक्तपुर अदालतबाट दुई वर्ष कैद र करिब रु १२ लाख जरिवाना सुनाईएको छ ।

4 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार