Presidential

१३औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा प्रविधि प्रदर्शनी हुँदै

१३औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा प्रविधि प्रदर्शनी हुँदै

१३ पुस ।  नेपाल १३औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा प्रविधि प्रदर्शनी–२०७४’ हुने भएको छ ।  आगामी ०७४ वैशाख  ७ देखि ११ गतेसम्म सो प्रदर्शनी काठमाडौको भृकुटीमण्डपमा हुने नेपाल घरेलु तथा साना उद्योग महासंघले जानकारी दिएको छ ।

मेलामा प्रद्धर्शन गर्न लायकका सबै खोज, अनुसन्धान तथा आविष्कारहरूलाई प्रद्धर्शित गराउने आयोजकको तयारी छ । छिमेकी मुलुक चीन, भारत, बंगलादेश, पाकिस्तान लगायतका मुलुकहरूमा विकास गरिएका प्रविधिहरूलाई पनि मेलामा सहभागि गराइनेछ महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले जानकारी दिए ।

‘यसबाट नेपालका अनुसन्धानकर्ताहरूलाई थप ज्ञान र सीप प्राप्त हुनेछ भन्ने अपेक्षा गरिएको छ,’ उनले भने, ‘मेलामा औद्योगिरणका लागि उपयुक्त हुने प्रविधिका आविष्कारकहरूलाई पुरस्कृत र सम्मान गर्ने कार्यक्रम समेत राखिनेछ । यसका लागि नेपाल सरकार विज्ञान तथा प्रविधि मन्त्रालय, उद्योग मन्त्रालय, कृषि मन्त्रालय, राष्ट्रिय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, नेपाल कृषि अनुसन्धान परिषद्, रिकास्ट र विश्वविद्यालयहरूसँग सहकार्य गरिनेछ ।’

मेला औद्योगिक व्यापार मेलासमेत भएको भन्दै उनले मेलामा नेपालका  तुलनात्मक लाभका क्षेत्रमा रहेका उद्योगहरूको उत्पादनको प्रदर्शनी र व्यापार समेत गरिने जानकारी दिए ।  ‘मुलुकको औद्योगिकरणले वर्तमान अवस्थालाई उजागर गर्न नेपालमा सञ्चालित सबै खाले उद्योगको उत्पादनलाई समावेश गरिनेछ,’ उनले भने, ‘उद्यमी र उद्यमी, अन्वेषणकर्ता र उद्यमीबीच अन्तरक्रिया एवं छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव प्रदर्शनीका थप आकर्षण हुनेछन् ।’

प्रदर्शनीमा ७५ जिल्लाबाटै उद्यमीहरू एवं उपयुक्त प्रविधि प्रयोगकर्ता उद्यमीहरू, प्रविधि अन्वेषणकर्ताहरूको सहभागिता रहने छ ।  प्रदर्शनीमा ३०० वटा स्टल रहनेछन् भने एक लाख भन्दा बढी अवलोकनकर्ताहरूले अवलोकन गर्ने महासंघले अपेक्षा गरेको छ ।

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार